Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन ३०, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

दसैँमा नयाँ लुगा नलाइ चित्तै बुझ्दैन…

बडादसैँलगायत चाडपर्व मनाउन काठमाडौँ उपत्यका बाहिर घर फर्कनेक्रमसँगै लत्ताकपडासहित घरायसी सामाग्री तथा उपहारका सामान खरिदका लागि मुख्य सहर र बजारमा उपभोक्ताको भीड लागेको छ ।
रासस ७२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २९, बिहिबार (१ दिन अघि)
Post Thumbnail

काठमाडौँ, २९ असोजः बडादसैँलगायत चाडपर्व मनाउन काठमाडौँ उपत्यका बाहिर घर फर्कनेक्रमसँगै लत्ताकपडासहित घरायसी सामाग्री तथा उपहारका सामान खरिदका लागि मुख्य सहर र बजारमा उपभोक्ताको भीड लागेको छ ।

दसैँ, तिहार र छठलगायत महत्वपूर्ण पर्व नजिकिएसँगै काठमाडौँ उपत्यकाका बजारमा किनमेल गर्नेको भीडभाड बढेको हो । विगतमा झैँ अहिले काठमाडौँको मुख्य व्यापारिक क्षेत्र, सपिङ मल, डिपार्टमेन्टल स्टोर तथा स्थानीय पसलमा ग्राहकको आवागमन बढेको छ ।

रोजगारी, अध्ययन तथा विभिन्न कामको सिलसिलामा काठमाडौँमा बस्दै आएका मानिस चाडपर्व मनाउन घर फर्कने तयारीमा जुटेका छन् । नयाँ लुगा लगाउने रहरले गुल्मी घर भएकी जानकी ज्ञवालीलाई काठमाडौँको न्युरोडमा पु¥याएको छ ।

दसैँका लागि लत्ताकपडा खरिद दसैँमा बजारसम्म पुगेकी ज्ञवालीले भन्नुभयो, “दसैँमा नयाँ लुगा नलगाए चित्तै बुझ्दैन, सस्तो र राम्रो लुगा खोज्दै छु । दसैँको रमाइलो नै यही त हो ।”

काठमाडौँको बजारमा १०० देखि लाखौँ मूल्यसम्मका सामग्री उपलब्ध हुने भएकाले उपभोक्ताले आफ्नो आर्थिक क्षमताअनुसार किनमेल गरिरहेको उहाँको अनुभव छ । “काठमाडौँमा गरिबदेखि धनीसम्म सबैले आफ्नो क्षमताअनुसार सामान किन्नसक्ने बजार छ । यो राम्रो पक्ष हो”, ज्ञावलीले भन्नुभयो ।

चाडपर्व लक्षित छुट तथा विशेष अफरले पनि बजारमा उपभोक्तालाई आकर्षित गरेको छ । शङ्खमूल टावरमुनि कपडाको सेल बजार सञ्चालन गरिरहनुभएकी व्यापारी आन्सिका थापाले चिसो मौसम सुरु हुन लागेकाले जाडोमा लगाउने कपडा छुटमा बिक्री गरिरहेको बताउनुभयो ।

दसैँ, तिहार र छठमा उपत्यका बाहिर जाने आफ्नो पसलका मुख्य ग्राहक रहेको उहाँको भनाइ छ । दसैँको घटस्थापनादेखि सुरु भएको व्यापार अष्टमीसम्म मानिसको चहलपहल हुने गरेको थापाले बताउनुभयो ।

चाडपर्वमा घरपरिवार र आफन्तका लागि कोसेली लैजाने चलनले पनि बजारमा किनमेल बढाएको छ । न्युरोडमा घर लैजान पुष्टकारी किन्दै गर्नुभएका डोटीका मोहन पनेरुले दसैँका लागि आवश्यक मसलासमेत काठमाडाँैबाटै किनेर लैजाने गरेको बताउनुभयो ।

तुलनात्मक रुपमा सस्तो पर्ने भएकाले काठमाडौँबाटै किनेर लैजाने गरेको बताउनुभयो । गाउँघरमाभन्दा तुलनात्मक रुपमा सस्तो पर्ने भएकाले काठमाडौँबाटै सामान किन्ने गरेको उहाँको भनाइ छ ।

“मसला लगेपछि घरमा बाआमा खुसी हुनुहुन्छ, “दसैँ आएको महसुस गर्नुहुन्छ”, पनेरुले भन्नुभयो । यता, ललितपुरको लगनखेलस्थित मङ्गलबजारमा पनि चाडपर्व लक्षित किनमेल गर्नेको चहलपहल निकै बाक्लो छ । सामान्य अवस्थामा पनि व्यस्त रहने त्यस बजारमा अहिले ग्राहकको भीड थेगिनसक्नु छ ।

लतितपुरको मङ्गलबजारमा तीन दशकदेखि कपडा व्यापार गर्दै आउनुभएका घनश्याम रौनियारले यस वर्षको दसैँमा विगतको तुलनामा व्यापारिक उत्साह कम रहेको अनुभव सुनाउनुभयो । बाढी पहिरोलगायत विपद्को प्रभाव, बढ्दो महँगी र आर्थिक सङ्कटका कारण उपभोक्ताले खुलेर खर्च गर्न नसकेको उहाँको भनाइ छ । “सामानको मूल्य चर्को छ”, उहाँले भन्नुभयो, “विशेष छुटमा राखेका सामानसमेत बिक्री गर्न चुनौती छ ।”

चाडपर्वमा बजारमा चहलपहल बढे पनि उपभोक्ताको क्रयशक्ति र व्यवसायीको व्यापारिक अपेक्षाबीच तालमेल देखिन्न ।

  • काठमाडौँ
  • गुल्मी
  • डोटी
  • ललितपुर
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • आलेखः दसैँले बाँचेका गुणबहादुरहरू

    आलेखः दसैँले बाँचेका गुणबहादुरहरू

  • विचार : दसैँ : आत्मजागरण र धर्मविजय

    विचार : दसैँ : आत्मजागरण र धर्मविजय

  • आलेखः विपद् जोखिम थाहा छ, तयारी कहाँ छ ?

    आलेखः विपद् जोखिम थाहा छ, तयारी कहाँ छ ?

  • Post Thumbnail

    बेसहारा महिलालाई घर

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    कार दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

    Post Thumbnail

    एनएफएल आगामी फागुनदेखि

    परराष्ट्रमन्त्री खनालसँग सार्क महासचिव सरवारको बिदाइ भेट

    परराष्ट्रमन्त्री खनालसँग सार्क महासचिव सरवारको बिदाइ भेट

    उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

    उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution