
काठमाडौँ, ३० असोज : दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव मोहम्मद गोलम सरवारले परराष्ट्रमन्त्री शिशिर खनालसँग बिदाइ भेट गर्नुभएको छ ।
मन्त्रालयमा आज भएको भेटमा सार्कको महत्त्व तथा क्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । त्यसअवसरमा जलवायु परिवर्तन र विपद् प्रतिकार्यलगायतका क्षेत्रमा क्षेत्रीय सहयोग अभिवृद्धि गर्नुपर्ने आवश्यकतामा जोड दिइएको थियो ।
सो अवसरमा परराष्ट्रमन्त्री खनालले महासचिव सरवारले आफ्नो कार्यकालमा सार्कको संस्थागत विकास तथा क्षेत्रीय सहकार्य प्रवर्द्धनमा पुर्याउनुभएको योगदानको प्रशंसा गर्दै उहाँलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |