Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन ३०, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
उदयपुर

बेसहारा महिलालाई घर

विदेशिएका मनकारी नेपालीले बेसहारा बनेकी महिलालाई घर बनाइदिएका छन् । जङ्गली हात्तीले घर भत्काइदिएपछि बेसहारा बनेकी उदयपुरकी ७६ वर्षीया एकल वृद्धालाई कतारमा रहेका उदयपुरका युवाहरूले आर्थिक सहयोग जुटाएर घर बनाइदिएका हुन् ।
रासस ७०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन ३०, शुक्रबार (१ घण्टा अघि)
Post Thumbnail

उदयपुर, ३० असोजः विदेशिएका मनकारी नेपालीले बेसहारा बनेकी महिलालाई घर बनाइदिएका छन् । जङ्गली हात्तीले घर भत्काइदिएपछि बेसहारा बनेकी उदयपुरकी ७६ वर्षीया एकल वृद्धालाई कतारमा रहेका उदयपुरका युवाहरूले आर्थिक सहयोग जुटाएर घर बनाइदिएका हुन् ।

त्रियुगा नगरपालिका–७ तिलबारीकी दलमाया रिखाम मगरको गत माघमा जङ्गली हात्तीले घर भत्काइदिएको थियो । घरविहीन बन्नुभएकी दलमायाका लागि प्रवासी सेवा समाज कतार उदयपुरले आर्थिक सहयोग सङ्कलन गरेर घर बनाइदिए पछि उहाँ दङ्ग पर्नुभएको छ ।

प्रवासी सेवा समाज कतार उदयपुरका महासचिव सञ्जीप कटुवालका अनुसार कतारमा वैदेशिक रोजगारीमा रहेका उदयपुरका युवाहरूबाट रु दुई लाख सङ्कलन गरी जस्ताको छाना भएको घर निर्माण गरिदिएका हुन् ।

सङ्कलन गरिएको रकमबाट आवश्यक निर्माण सामग्री खरिद गरिएको थियो भने स्थानीयवासीले काठपात, ढुङ्गा, गिट्टी र बालुवा सहयोग गरेका थिए । “कतारमा रहेका उदयपुरे युवाहरूबाट रु दुई लाख सङ्कलन ग¥यौँ । त्यसबाट आवश्यक निर्माण सामग्री किन्यौँ । स्थानीयवासीले पनि सामग्री सहयोग गर्नुभयो । सबैको सहयोगमा घर निर्माण गरेर हस्तान्तरण गर्न सफल भएका छौँ,” कटुवालले भन्नुभयो ।

दलमायाले १५ वर्षअघि श्रीमान् गुमाउनुभएको थियो । उहाँका एक छोरा भए पनि उहाँ काठमाडौँमा मजदुरी गर्दै आएका छन् । एक्लै बस्दै आउनुभएकी दलमायाको दैनिकी एकल महिला भत्ताको रकम र आफन्तको सहयोगमा चल्दै आएको छ ।

आर्थिक अभावबीच जीवन गुजार्दै आएकी उनलाई जङ्गली हात्तीले पुरानो घरसमेत भत्काइदिएपछि बसोबासको थप समस्या परेको थियो । समाजका पूर्वअध्यक्ष होमबहादुर बस्नेतका अनुसार दलमायाको पुरानो घर थाकल र माटोले बनेको फुसको घर थियो ।

हात्तीले घर भत्काएपछि उनलाई सुरक्षित आवासको आवश्यकता महसुस गरी संस्थाको पहलमा नयाँ घर निर्माण गरिएको हो । नयाँ घर पाएपछि दलमाया पनि खुसी भएकी छन् । अभावबीच जीवन बिताउँदै आएकी उनले अब सुरक्षित घरमा दसैँ मनाउन पाउनुभएको छ ।

“एकल महिला भत्ता र आफन्तको सहयोगमा खाद्यान्नको जोहो गर्दै आएकी छु । अब नयाँ घरमा दसैँ मनाउने छु,” खुसी हुँदै दलमायाले भन्नुभयो ।

  • उदयपुर
  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • आलेखः विपद् जोखिम थाहा छ, तयारी कहाँ छ ?

    आलेखः विपद् जोखिम थाहा छ, तयारी कहाँ छ ?

  • Post Thumbnail

    दसैँमा करिब १० लाख सर्वसाधारण गाउँघर फर्किदैछन्

  • मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

    मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

  • आलेखः न आफन्त रहे, न घरः छैन दसैँको रौनक

    आलेखः न आफन्त रहे, न घरः छैन दसैँको रौनक

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    आलेखः विपद् जोखिम थाहा छ, तयारी कहाँ छ ?

    आलेखः विपद् जोखिम थाहा छ, तयारी कहाँ छ ?

    Post Thumbnail

    ‘प्रहरी ब्याटन’को विजेता बन्यो लुम्बिनी प्रदेश प्रहरी कार्यालय

    Post Thumbnail

    खुलातर्फको केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनलाई सर्वाधिक मत

    Post Thumbnail

    बिचौलियाको मारमा किसान

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution