Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन ३०, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

एनएफएल आगामी फागुनदेखि

नेपाली फुटबललाई व्यावसायिक बनाउने उद्देश्यसहित नेपाल फुटबल लिग (एनएफएल) आगामी फागुन महिनामा हुने भएको छ ।
रासस २७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन ३०, शुक्रबार (१ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, ३० असोजः नेपाली फुटबललाई व्यावसायिक बनाउने उद्देश्यसहित नेपाल फुटबल लिग (एनएफएल) आगामी फागुन महिनामा हुने भएको छ ।

विभिन्न सात टोली सहभागी यस प्रतियोगितामा होम एन्ड अवेका आधारमा संचालन हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा एनएफएलका अध्यक्ष कल्याण गुरुङले जानकारी दिनुभयो । उहाँले नेपाली फुटबलमा नयाँ अध्याय सुरु गर्ने लक्ष्यसहित यस प्रतियोगिता आयोजना गर्न लागिएको बताउनुभयो ।

नेपाली फुटबलको इतिहास लामो भए पनि सफलता हासिल गर्ने क्रममा विभिन्न चुनौती रहेको उल्लेख गर्दै ती चुनौतीलाई अवसरमा बदल्न एनएफएलको अवधारणा अघि सारिएको अध्यक्ष गुरुङले उल्लेख गर्नुभयो । लिगलाई पूर्ण व्यावसायिक प्रतियोगिताका रूपमा विकास गर्ने आयोजकको लक्ष्य रहेको उहाँले बताउनुभयो ।

करिब चार महिना सञ्चालन हुने उक्त प्रतियोगितामा काठमाडौँ रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन फुटबल क्लब, पोखरा थन्डर्स, बुटवल लुम्बिनी फुटबल क्लब, झापा एफसी र धनगढी एफसी सहभागी हुनेछन् ।

लिग सञ्चालनका लागि आवश्यक रङ्गशालाको उपलब्धता र अन्य तयारीलाई ध्यानमा राखेर प्रतियोगिता अघि बढाइने जनाइएको छ । अधिकांश रङ्गशाला सरकारको स्वामित्वमा रहेकाले एनएफएल सञ्चालनका लागि सरकारसँगको स्वीकृतिको प्रक्रिया अघि बढाइसकेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

  • काठमाडौँ
  • चितवन
  • झापा
  • ललितपुर
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • Post Thumbnail

    ‘प्रहरी ब्याटन’को विजेता बन्यो लुम्बिनी प्रदेश प्रहरी कार्यालय

  • Post Thumbnail

    आईएसएफ फुटबल वल्र्ड कपमा सहभागी हुन नेपाली टोली चीन जाने

  • Post Thumbnail

    दशौँ राष्ट्रिय खेलकुदमा कर्णालीका २१ जना तेक्वान्दो खेलाडी छानिए

  • Post Thumbnail

    कञ्चनपुर यु–१९ प्रादेशिक छनोट प्रतियोगिताको फाइनलमा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    नवरात्रः कात्यायनीको पूजा सम्पन्न

    Post Thumbnail

    शुक्र अस्तले दसैँका कर्म रोकिँदैनः पञ्चाङ्ग निर्णायक समिति

    राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

    राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

    Post Thumbnail

    कार दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution