Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १६, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
पाल्पा

पाल्पामा विपद्ः दश वर्षमा १०२ जनाको मृत्यु

पाल्पामा पछिल्लो १० वर्षमा विपद्जन्य घटनामा परी १०२ जनाको मृत्यु भएको छ । जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार २०७४ साउनदेखि गत असारसम्म ९७ जनाको मृत्यु भएको थियो ।
रासस १०५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १५, शनिबार (१ दिन अघि)
Post Thumbnail

पाल्पा, १४ कात्तिक: पाल्पामा पछिल्लो १० वर्षमा विपद्जन्य घटनामा परी १०२ जनाको मृत्यु भएको छ । जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार २०७४ साउनदेखि गत असारसम्म ९७ जनाको मृत्यु भएको थियो ।

गत महिनाको बाढीपहिरो र वर्षाका कारण थप पाँच जनाको ज्यान गएको उहाँले जानकारी दिनुभयो । यस अवधिमा ३५८ जना घाइते हुनुका साथै पाँच जना बेपत्ता भएका छन् । गत असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षा, बाढी र पहिरोले जिल्लामा ठूलो भौतिक तथा आर्थिक क्षति पुर्याएको प्रजिअ पाण्डेले बताउनुभयो । उहाँका अनुसार प्रारम्भिक विवरणअनुसार सडक, सिँचाइ, तटबन्ध, खानेपानी, कृषि तथा पशुपन्छी क्षेत्रमा गरी करिब रु ३७ करोड ७५ लाख ३६ हजार ६९२ बराबरको क्षति भएको छ ।

प्राकृतिक विपद्को प्रहार कृषि, पशुपन्छी, सडक, सिँचाइ, तटबन्ध र खानेपानीका संरचनासम्म पुगेको छ । कृषि बालीमा मात्रै करिब रु एक करोड ५० लाख र पशुपन्छी तथा मत्स्य क्षेत्रमा रु ४५ लाख ७५ हजार बराबरको क्षति भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार बगनासकाली गाउँपालिकामा सबैभन्दा बढी रु २७ लाख ७० हजार, तानसेन नगरपालिकामा रु १० लाख ८५ हजार र माथागढी गाउँपालिकामा रु सात लाख २० हजार बराबरको क्षति भएको छ ।

बाढीपहिरोले १२९ घर तथा संरचनामा क्षति पुर्याएको छ भने ७० वटा खानेपानी आयोजनामा असर परेको छ । खानेपानी संरचना मर्मतका लागि रु दुई करोड ४० लाख आवश्यक पर्ने खानेपानी तथा सरसफाइ कार्यालयले जनाएको छ । यस्तै, १४ वटा सिँचाइ आयोजनाको पुनःनिर्माणका लागि रु तीन करोड ९५ लाख र माडीफाँटमा तटबन्ध निर्माणका लागि रु आठ करोड ८६ लाख रुपैयाँभन्दा बढी आवश्यक देखिएको छ ।

सडक सञ्जाल पुनःनिर्माणमा करोडौँको भार

बाढीपहिरोले सङ्घीय तथा प्रादेशिक सडक संरचनामा समेत ठूलो क्षति पुर्‍याएको छ । डिभिजन सडक कार्यालय पाल्पाअन्तर्गतका छ वटा सडक आयोजनाको मर्मतका लागि रु १६ करोड ८३ लाख लाग्ने अनुमान गरिएको छ । सिद्धार्थ राजमार्ग, बर्तुङ-तानसेन-रिडी सडक, रुद्रवेणी-वामीटक्सार-खर्वाङ सडक, मदनभण्डारी राजमार्ग र कालीगण्डकी करिडोरका विभिन्न खण्डमा पहिरो, सडक भासिने र कटानका समस्या देखिएका छन् ।

भिमाद-रामपुर-मित्याल-अरुणखोला सडकको केलादीघाटस्थित पुलमा समेत क्षति पुगेपछि यातायात अवरुद्ध भएको छ । त्यसैगरी, प्रादेशिक सडकअन्तर्गतका आठ वटा सडक मर्मत तथा पुनः सञ्चालनका लागि रु तीन करोड ७५ लाख आवश्यक पर्ने सडक पूर्वाधार कार्यालयले जनाएको छ । तानसेन-रानीमहल, हुमिन-सिमल्दी-पूर्वखोला, रामपुर-कपुरकोटलगायतका सडकमा पहिरो, कटान र सडक भासिने समस्या देखिएको छ ।

सम्भावित विपद् रोक्न प्रशासनको सतर्कता

आगामी दिनमा हुन सक्ने बेमौसमी वर्षा र त्यसबाट उत्पन्न जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले नागरिकलाई सतर्क रहन आग्रह गरेको छ । सम्बन्धित सरकारी निकायलाई आवश्यक पूर्वतयारी अवस्थामा रहन पनि निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो ।

सङ्घीय सांसद, जिल्ला समन्वय समिति, राजनीतिक दल, जिल्लाका १० वटै स्थानीय तहका प्रमुख तथा अध्यक्ष र सरकारी कार्यालयका प्रमुखहरूको बैठकले विपद्बाट हुन सक्ने थप क्षति न्यूनीकरण गर्न सबै पक्षलाई जिम्मेवार भएर कार्यक्षेत्रमा खटिन र सावधानी अपनाउन निर्णय गरेको छ । विपद्का कारण जनधनको क्षतिसँगै जिल्लाको पूर्वाधार पुनःनिर्माणमा ठूलो आर्थिक भार थपिएको उहाँको भनाइ छ ।

  • पाल्पा
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    धान नफलेपछि माडीका किसान चिन्तित

  • Post Thumbnail

    पुच्छर नभएको हात्तीमा रेडियोकलर जडान गरिँदै

  • Post Thumbnail

    चाडपर्वमा चम्किन्छ माटाका भाँडाको बजार, वर्षभरि सुस्ताउँछ कारोबार

  • Post Thumbnail

    कर्णालीको रैथाने उत्पादन र माटो दुवै जोगाउनुपर्छः मुख्यमन्त्री

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    कर्णालीले पदक जित्ने तयारी गरोस्, बजेटको समस्या हुँदैनः मुख्यमन्त्री शाही

    Post Thumbnail

    पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

    Post Thumbnail

    देशभर ४३ विपद्का घटना, १३ जना घाइते

    Post Thumbnail

    ‘भक्तपुरमा क्याथल्याबसहित मुटु रोगको उपचार सेवा सञ्चालन गर्न आवश्यक’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution