Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १७, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
जनकपुरधाम

चाडपर्वमा चम्किन्छ माटाका भाँडाको बजार, वर्षभरि सुस्ताउँछ कारोबार

दीपावली र छठको पूर्व सन्ध्यामा जनकनन्दनी गाउँपालिका–४ खजुरीका कुमाल दियो, कलश, घैँटो, हाँडी, धुपौरो, हात्ती, कोसिया, कुर्वार, मट्का बनाउन व्यस्त छन् ।
रासस १५०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १६, आईतबार (१ दिन अघि)
Post Thumbnail

जनकपुरधाम, १५ कात्तिकः दीपावली र छठको पूर्व सन्ध्यामा जनकनन्दनी गाउँपालिका–४ खजुरीका कुमाल दियो, कलश, घैँटो, हाँडी, धुपौरो, हात्ती, कोसिया, कुर्वार, मट्का बनाउन व्यस्त छन् ।

बिहान सखारैदेखि साँझ अबेरसम्म उनीहरु माटो र चक्रमै व्यस्त भेटिन्छन् । कसैका हात माटो मुछ्नमा जुटेका छन् भने कसैले चक्र घुमाउँदै माटाका डल्लालाई आकार दिइरहेका छन् । चाडपर्वको रौनकसँगै सो बस्तीका कुम्हाल समुदायका घरआँगनमा माटाका सामग्री बनाएको हेर्नेहरु पनि भेटिन थालेका छन् ।

वर्षभरि सुस्त रहने माटाका सामग्रीको कारोबार दीपावली र छठको समयमा केही बढ्ने आशाले उहाँहरू अहिले उनीहरु उत्पादनमा केन्द्रित छन् । “कारोवार वर्षभरि सुस्त रहन्छ, चाडपर्वको समयमा मात्र बिक्री हुन्छ”, खजुरीका पृतम पण्डितले भन्नुभयो, “त्यसैले अहिले पाला बनाउन हामी व्यस्त छौँ ।”

उहाँहरूका लागि यो समय केवल चाडपर्वको तयारी मात्र होइन, वर्षभरि थन्किएको पेसाबाट केही आम्दानी गर्ने अवसर पनि हो । ‘‘यो हाम्रो पसिना र मेहनतसँग परिवारको जीविका तथा पुख्र्यौली पेसाको निरन्तरता पनि जोडिएको हो”, स्थानीय सुन्दर पण्डिलले भन्नुहुन्छ, “हाम्रो लागि माटो केवल कच्चा पदार्थ होइन, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सीप, संस्कृति र पहिचानको आधार हो ।”

“दसैँ सकिएलगत्तै माटोका भाँडा बनाउने काममै लागेकै हुन्छु,” अयोधि पण्डितले भन्नुभयो, “अहिले माटोको भाँडा बेचेर राम्रै आम्दानी हुने भएकाले अरू काम थाती राखेर यसमा लागेका हौँ ।” दसैँदेखि छठसम्ममा माटोको भाँडा बेचेर खबै खर्च कटाउँदा रु एक लाखसम्म आम्दानी हुने उहाँले बताउनुभयो ।

चाडपर्वमा माटाका सामग्रीको माग बढे पनि वर्षभरि यसै पेसाबाट परिवारको खर्च धान्न सहज नभएको कुमाल समुदायका अगुवा रामनारायण पण्डितले बताउनुभयो ।

प्लास्टिक, स्टिल, आल्मुनियम र अन्य आधुनिक सामग्रीले बजारमा स्थान विस्तार गर्दै जाँदा परम्परागत माटाका भाँडाकुँडाको प्रयोग घट्दै गएको छ । यसले गर्दा माटोसँग जीवन बिताएका कुमाल समुदायलाई आफ्नो पेसा जोगाउने र नयाँ पुस्तालाई यसप्रति आकर्षित गर्ने चुनौती थपिएको उहाँको कथन छ ।

“कुनै समय घरघरमा माटाका भाँडाकुँडा प्रयोग गर्ने चलन थियो, पानी राख्न घैँटो, खाना पकाउन हाँडी, पूजा गर्न कलश र दीपावलीमा घरआँगन उज्यालो बनाउन दियो अनिवार्यजस्तै मानिन्थ्यो,” रामनारायणले भन्नुभयो, “तर, अहिले ती स्थान क्रमशः आधुनिक सामग्रीले लिन थालेका छन् । चाडपर्वमा पनि माटाका सामग्रीको प्रयोग सीमित हुँदै जानुले परम्परागत पेसामा निर्भर परिवारको आम्दानी प्रभावित हुन थालेको छ ।”

बजारमा प्लास्टिकका सामग्रीको चमक बढ्दै गर्दा माटोसँग जोडिएको परम्परागत पेसाको उज्यालो निभ्न नदिन राज्य, स्थानीय सरकार र उपभोक्ता सबैको साथ आवश्यक देखिएको कुमाल समुदायको भनाइ छ ।

  • जनकपुरधाम
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    राप्ती नदी : दिगो नदी व्यवस्थापनका लागि वैज्ञानिक अध्ययन

  • Post Thumbnail

    सिँचाइ कुलो निर्माणले लेखर्कमा धान उत्पादन बढाउन सहज

  • Post Thumbnail

    1xbet Download App Store Guide: Install, Register, Claim Bonus & Troubleshoot

  • Post Thumbnail

    Guide complet du bonus 1xbet. com : exigences de mise, conditions et astuces

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्र सबै स्थानीय तहबाट हुनेछ: प्रधानमन्त्री

    म्याग्दीमा मनसुनजन्य विपद्बाट करिब आठ सय घरपरिवार प्रभावित

    म्याग्दीमा मनसुनजन्य विपद्बाट करिब आठ सय घरपरिवार प्रभावित

    Post Thumbnail

    भारतीय पर्यटकको हेलिकोप्टरद्वारा उद्धार

    धरानबाट दुई सय नौ केजी गाँजासहित पाँच जना पक्राउ

    धरानबाट दुई सय नौ केजी गाँजासहित पाँच जना पक्राउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution