Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १६, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कर्णाली

कर्णालीले पदक जित्ने तयारी गरोस्, बजेटको समस्या हुँदैनः मुख्यमन्त्री शाही

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले उत्कृष्ट खेलाडी छानेर पदक जित्ने तयारीमा जुट्न कर्णाली प्रदेश खेलकुद विकास परिषद्लाई आग्रह गर्नुभएको छ ।
रासस ६५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १६, आईतबार (४५ मिनेट अघि)
Post Thumbnail

कर्णाली, १५ कात्तिकः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले उत्कृष्ट खेलाडी छानेर पदक जित्ने तयारीमा जुट्न कर्णाली प्रदेश खेलकुद विकास परिषद्लाई आग्रह गर्नुभएको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका सम्बन्धमा बसोबास व्यवस्थापन उपसमितिद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णाली सामु प्रतियोगिता जटिल चुनौति र स्वर्णीम अवसर दुवै भएको बताउनुभयो । उहाँका अनुसार यसलाई सबै मिलेर चुनौतीको सामना तथा अवसरको उपयोग गर्न एकजुट भएर अगाडि बढ्नुपर्छ ।

मुख्यमन्त्री शाहीले भन्नुभयो, “तपाईहरु निष्पक्ष भएर राम्रा खेलाडी छनोट गर्नुस् । राम्रा प्रशिक्षक ल्याउनुस् र पदक जित्ने तयारीमा लाग्नुस्, बजेटको कुनै समस्या हुँदैन । माग भन्दा बढी बजेट दिन प्रदेश सरकार तयार छ ।”

दशौँ राष्ट्रिय खेलकुदको व्यवस्थापनका लागि प्रदेश सरकार, परिषद् वा सरकारी निकायले मात्र सम्भव नभएकाले सबै सरोकारवालाको उत्तिकै सहयोग र सहकार्य जरुरी रहेको मुख्यमन्त्री शाहीले औँल्याउनुभयो । प्रतियोगिताको आयोजक सङ्घीय सरकार भए पनि कर्णाली प्रदेशमा हुने भएकाले कुनै कमीकमजोरी नहुने गरी सबै निकायबीच समन्वय हुनुपर्ने भनाइ राख्दै उहाँले अब पनि प्रतियोगिता स्थगित हुन्छ की भनेर आशंका नगर्न सबैलाई अपिल गर्नुभयो ।

छलफलमा प्रदेशका सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले कर्णाली प्रदेशले जिम्मेवारी पाएका चारवटै उपसमितिले हालसम्म सन्तोषजनक कामहरु गरेको धारणा राख्नुभयो । “बाँकी उपसमितिले के–कति काम गरिरहेका छन् । त्यसमा हाम्रो पनि चासो छ”, उहाँले भन्नुभयो, “प्रतियोगिता व्यवस्थापनको ठूलो जिम्मेवारी हाम्रो काँधमा आएकाले कुनै कसर बाँकी नराखी काम गरौँ ।”

छलफल कार्यक्रममा कर्णाली प्रदेश सरकारका प्रमुख सचिव राधिका अर्याल, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, प्रदेश प्रहरी प्रमुख जयराज सापकोटा, होटल व्यवसायी महासङ्घका पदमबहादुर शाही, तर्कबहादुर शाही, नेपाल पत्रकार महासङ्घका अध्यक्ष मधुवन बिसीलगायतले सुझाव दिएका थिए । प्रतियोगिता आगामी मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा हुँदैछ ।

  • कर्णाली
  • सुर्खेत
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    पोलियो पूर्ण उन्मूलन गर्ने उद्देश्यले वीरगञ्जमा जनचेतनामूलक र्‍याली

  • Post Thumbnail

    पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

  • Post Thumbnail

    देशभर ४३ विपद्का घटना, १३ जना घाइते

  • Post Thumbnail

    ‘सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरीको भूमिका महत्वपूर्ण’

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    स्थानीय जनशक्ति नभएपछि तराईका जिल्लाको भर पर्दै हेटौँडाका किसान

    Post Thumbnail

    दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

    Post Thumbnail

    Free OnlyFans Canada: 2026 Guide to Watching Content Without Paying

    Post Thumbnail

    1xbet mobil guide: Mobile betting, casino bonuses, app & security review

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution