Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १५, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कर्णाली

कर्णालीको रैथाने उत्पादन र माटो दुवै जोगाउनुपर्छः मुख्यमन्त्री

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले कर्णालीको रैथाने उत्पादन र माटो दुवै जोगाउनुपर्ने बताउनुभएको छ ।
रासस ६७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १५, शनिबार (१ घण्टा अघि)
Post Thumbnail

कर्णाली, १४ कात्तिकः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले कर्णालीको रैथाने उत्पादन र माटो दुवै जोगाउनुपर्ने बताउनुभएको छ ।

लेकबेसी नगरपालिका सुर्खेतमा अवस्थित कृषि अनुसन्धान केन्द्र दशरथपुरको आजको निरीक्षण भ्रमणपछि त्यहाँका अधिकारीहरूसँगको छलफलमा मुख्यमन्त्री शाहीले कर्णालीका रैथाने बीउबिजन र माटोको संरक्षणमा आवश्यक भएको बताउनुभयो । उहाँले कर्णालीमा जैविक (कम्पोष्ट) मलको प्रयोग बढाएर रासायनिक मल र विषादीलाई पूर्ण रूपमा विस्थापित गर्ने नयाँ प्रविधिको विकास गर्न अनुरोध गर्नुभयो ।

कर्णालीका रैथानेबाली र बीउबिजनलाई निरन्तरता दिँदै प्राङ्गारिक उत्पादन, माटोको उर्वराशक्ति र यहाँका परम्परागत कृषि उपजहरू संरक्षण अपरिहार्य भएको बताउनुभएका मुख्यमन्त्री शाहीले कृषि अनुसन्धान टोलीले ठूलो मात्रामा जैविक मल उत्पादन, बिक्री तथा वितरण गर्ने गरी अध्ययन र अनुसन्धान अगाडि बढाउन पनि निर्देशन दिनुभयो । रैथाने र प्राङ्गारिक उत्पादन वृद्धिका लागि प्रदेश सरकार कृषि अनुसन्धान केन्द्रसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको उहाँको भनाइ थियो ।

मुख्यमन्त्री शाहीले भन्नुभयो, “कर्णालीका रैथाने कृषि उत्पादनहरू लोप हुने अवस्थामा पुग्नु दुर्भाग्यपूर्ण हो । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा परेको असर न्यूनीकरण गर्ने र रैथाने बाली जोगाउने उपायबारे केन्द्रले विस्तृत अध्ययन गर्नुपर्छ । केन्द्रले रासायनिक मल प्रयोग नभएको शुद्ध प्राङ्गारिक बीउ उत्पादनमा ध्यान केन्द्रित गर्नुपर्छ ।”

छलफलमा कृषि अनुसन्धान निर्देशनालय, दशरथपुरका निर्देशक देविनिधि तिवारीले केन्द्रले भोग्नुपरेको समस्याबारे जानकारी गर्नुभयो । उहाँका अनुसार निर्देशनालयको कार्यक्षेत्र कर्णाली प्रदेशका १० वटै जिल्ला भए तापनि आवश्यक जनशक्तिको अभावका कारण सबै क्षेत्रमा प्रभावकारी रूपमा काम गर्न सकिएको छैन । बीउ उत्पादन कार्यमा प्रदेश सरकारको थप लगानी भएमा अझ धेरै र प्रभावकारी काम गर्न सकिन्छ ।

  • कर्णाली
  • सुर्खेत
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    पाल्पामा विपद्ः दश वर्षमा १०२ जनाको मृत्यु

  • Post Thumbnail

    अविरल वर्षाले बेथानचोकमा दुई घर र गोठमा क्षति

  • Post Thumbnail

    जलवायु सङ्कटसँग जुध्न विद्यार्थीलाई जागरुक बनाउँदै सभामुख यादव

  • पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन

    पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    सुदूरपश्चिममा लगानीका लागि उद्यमीलाई मुख्यमन्त्री भट्टको आग्रह

    Post Thumbnail

    चौबीस स्वर्ण पदक जितेर सगरमाथा स्वीमिङको अग्रता

    Post Thumbnail

    देशभरका विपद्का घटनामा एकको मृत्यु, दुई घाइते, लाखौँको क्षति

    एनपिएलः सुदूरपश्चिम रोयल्सविरुद्ध विराटनगर किङ्सको सहज जित

    एनपिएलः सुदूरपश्चिम रोयल्सविरुद्ध विराटनगर किङ्सको सहज जित

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution