Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १६, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कञ्चनपुर

पुच्छर नभएको हात्तीमा रेडियोकलर जडान गरिँदै

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेको पुच्छर नभएको ‘लिणे’ हात्तीमा रेडियो कलर (जिपिएस) जडानको तयारी भइरहेको छ । निकुञ्ज छेउछाउका बस्तीमा गएर मानवीय क्षति पुर् याउनुका साथै स्थानीयको घर, भान्सा र गोठ भत्काएर धनमालमा क्षति पुर् याउन थालेपछि निकुञ्ज प्रशासनले चितवनबाट रेडियो कलर मगाएर केही दिनभित्रै जडान गर्ने गृहकार्य गरेको हो ।
रासस ९०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १६, आईतबार (४० मिनेट अघि)
Post Thumbnail

कञ्चनपुर, १५ कात्तिकः कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेको पुच्छर नभएको ‘लिणे’ हात्तीमा रेडियो कलर (जिपिएस) जडानको तयारी भइरहेको छ । निकुञ्ज छेउछाउका बस्तीमा गएर मानवीय क्षति पुर्‍याउनुका साथै स्थानीयको घर, भान्सा र गोठ भत्काएर धनमालमा क्षति पुर्‍याउन थालेपछि निकुञ्ज प्रशासनले चितवनबाट रेडियो कलर मगाएर केही दिनभित्रै जडान गर्ने गृहकार्य गरेको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत नुरेन्द्र अर्यालले चितवनबाट शनिबार साँझ रेडियोकलर शुक्लाफाँटा आइपुगेको बताउनुभयो । गत वर्षअघि लालझाडीको ढक्का र भीमदत्त नगरपालिकाको बनकट्टीमा गरी दुई जनाको ज्यान लिएको थियो । पछिल्लो समय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको रणसिंह दल गणले सुरक्षा सक्रियता कारण उक्त हात्तीले मानवीय क्षति भने गर्न सकेको छैन ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अर्यालले रेडियो कलर जडानपछि लिणे हात्तीमाथि निगरानी बढाएर बस्तीमा क्षति हुन नदिने रणनीति अपनाइने बताउनुभयो । “प्राविधिक टोलीसहित छलफल गरेर हात्तीलाई लोकेट गरेर बेहोस बनाएर रेडियो कलर जडान गर्नेछौँ”, उहाँले भन्नुभयो, “त्यसअघि प्राविधिकसहितको टोली बसेर आवश्यक छलफल गरिनेछ ।”

संरक्षण अधिकृत अर्यालले जनधनको क्षति गर्न थालेपछि वन्यजन्तुमा यहाँ पहिलो पटक रेडियो कलर जडान गर्न लागिएको बताउनुभयो । “पाटेबाघ र गैँडा गणनाकाबेला विगतमा पनि रेडियो कलर जडान गरिन्थ्यो”, उहाँले भन्नुभयो, “जनधनकै क्षति पुर्‍याएर दुःख दिने थालेपछि हात्तीमाथि जडान गर्न थालिएको हो । स्थानीयले नै पुच्छर नभएकाले हात्तीको नाउँ ‘लिणे’ राखेका हुन् ।”

तीन सय पाँच वर्ष किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउछाउका बस्तीमा हरेक वर्ष हात्तीले क्षति पुर्‍याउँदै आएका छन् । निकुञ्ज प्रशासनले मानव–वन्यजन्तु नियन्त्रणका लागि मानवीय क्षति न्यूनीकरणका लागि अभियान सञ्चालनको तयारीसमेत गरिरहेको छ ।

एक साताअघि कञ्चनपुरको बेल्डाँडीमा आयोजित कार्यक्रममा कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले शुक्लाफाँटा वरपरका बस्तीमा पुगेर क्षति पुर्‍याइरहेको जङ्गली हात्तीलाई रेडियो कलर जडान गर्ने प्रक्रिया अघि बढाएको जानकारीसमेत स्थानीयलाई गराउनुभएको थियो । मन्त्री चौधरीकै पहलमा यहाँ रेडियो कलर तत्काल जडान गर्नेगरी अघि बढेको निकुञ्ज प्रशासनको भनाइ छ ।

  • कञ्चनपुर
  • चितवन
  • नेपाली सेना
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    धान नफलेपछि माडीका किसान चिन्तित

  • Post Thumbnail

    चाडपर्वमा चम्किन्छ माटाका भाँडाको बजार, वर्षभरि सुस्ताउँछ कारोबार

  • Post Thumbnail

    कर्णालीको रैथाने उत्पादन र माटो दुवै जोगाउनुपर्छः मुख्यमन्त्री

  • Post Thumbnail

    पाल्पामा विपद्ः दश वर्षमा १०२ जनाको मृत्यु

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    धान नफलेपछि माडीका किसान चिन्तित

    Post Thumbnail

    प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

    Post Thumbnail

    पुच्छर नभएको हात्तीमा रेडियोकलर जडान गरिँदै

    Post Thumbnail

    बेनी-दरवाङ सडक सञ्चालन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution