Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १६, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
नारायणगढ

धान नफलेपछि माडीका किसान चिन्तित

गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि विभिन्न रोग देखिनु, पाक्ने बेलासम्म बाला नलाग्नु र थन्क्याउने समयमा खोक्रा बाला (टाटला) मात्रै भेटिएपछि चितवनको माडीका किसान चिन्तित बनेका छन् ।
रासस ७०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १६, आईतबार (१ घण्टा अघि)
Post Thumbnail

नारायणगढ (चितवन), १५ कात्तिकः गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि विभिन्न रोग देखिनु, पाक्ने बेलासम्म बाला नलाग्नु र थन्क्याउने समयमा खोक्रा बाला (टाटला) मात्रै भेटिएपछि चितवनको माडीका किसान चिन्तित बनेका छन् ।

नयाँ जातको धान लगाउँदा उत्पादनमा कमी आएपछि वर्षभरि खाने अन्न जुटाउनसमेत समस्या हुने चिन्ता थपिएको हो । धानखेतीमा भएको क्षति र समस्याको समाधान खोज्दै किसान अहिले दिनहुँजसो नगरपालिकाको कृषि शाखा पुग्ने गरेका छन् ।

माडी नगरपालिका-७, ६, ५ लगायत क्षेत्रका स्थानीयद्वारा एग्रोभेटबाट बीउ किनेर लगाएको ‘बायोसीड ३०१’ जातको धानमा समस्या देखिएको हो । धानमा विभिन्न रोग देखिनुका साथै बाला नलाग्ने, बाला लागे पनि सानो हुने र दाना नलागी टाटला मात्रै रहने समस्या देखिएपछि किसानले अपेक्षित उत्पादन लिन सकेका छैनन् ।

माडी नगरपालिका कृषि शाखाका अनुसार उक्त जातको धानमा वनस्पतिक अवस्थामा मरुवा (ब्लास्ट) र खैरो थोप्ले रोग देखिएको थियो । रोग नियन्त्रणका लागि कृषि शाखा तथा स्थानीय एग्रोभेटको सल्लाहमा विषादी प्रयोग गरे पनि समस्या नियन्त्रण हुन नसकेको कृषि शाखा प्रमुख सुरेश सिँखडाले बताउनुभयो ।

उहाँका अनुसार पछि धान पसाउने र बाला लाग्ने समयमा समेत बाला नलाग्ने तथा दाना नलाग्ने समस्या देखिएको हो । किसानको गुनासोपछि गरिएको स्थलगत अनुगमनमा उक्त जातको धानमा बाला नलागेको तथा बाला लागेका खेतमा पनि घाँटी मरुवा, खैरो थोप्ले र मर्चट ब्लाइटजस्ता रोग व्यापक मात्रामा देखिएको उहाँले जानकारी दिनुभयो ।

कृषि शाखा प्रमुख सिँखडाले भन्नुभयो, “नगरको कृषि शाखामा धानमा समस्या आएको गुनासो प्राप्त भएपछि कृषकको धानबारीमा स्थलगत अनुगमन गर्दा सो जातको बालीमा बाला नलागेको तथा बाला लागेको बारीमा पनि घाँटी मरुवा, खैरो थोप्ले र मर्चट ब्लाइटजस्ता रोगको सङ्क्रमण देखिएको थियो । अहिले पाक्ने बेलामा दाना नलाग्ने समस्या देखियो । नगरपालिकामा आएर समस्या समाधान गरिदिन आग्रह गर्दै किसानहरू आउनुहुन्छ ।”

स्थानीय एग्रोभेटसँग कुराकानी गर्दा माडी क्षेत्रमा उक्त जातको करिब तीन हजार किलो बीउ बिक्रीवितरण भएको र करिब १०० हेक्टर क्षेत्रफलमा खेती गरिएको पाइएको कृषि शाखाले जनाएको छ । बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रको पञ्जीकरण विवरणअनुसार उक्त धान १२९ दिनमा पाक्ने उल्लेख छ ।

असार १५ देखि असार मसान्तसम्म रोपिएको धानमा असोज मसान्तसम्म धेरै किसानको खेतमा बाला ननिस्किएपछि बीउको गुणस्तरमाथि प्रश्न उठेको कृषि शाखा प्रमुख सिँखडाले बताउनुभयो । उक्त धान लगाएका अधिकांश किसानको खेतमा समान प्रकृतिको समस्या देखिएकाले बीउमै कैफियत हुन सक्ने आशङ्का गरिएको उहाँको भनाइ छ ।

उहाँका अनुसार समस्याबारे कृषि शाखाले कृषि विकास कार्यालय, भरतपुर र प्रदेश बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रलाई जानकारी गराएको छ । केन्द्रबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षणसमेत भएको छ । अहिले कृषि शाखाले किसानबाट क्षतिको विवरण सङ्कलन गरिरहेको छ भने बीउ कम्पनीका प्रतिनिधिलाई बोलाएर क्षतिलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल भइरहेको सिँखडाले बताउनुभयो ।

नयाँ जातको धान लगाउँदा घाटा

माडी–७ कीर्तनपुरका गोविन्द भण्डारीले गत वर्षसम्म एक कठ्ठामा पाँच मुरीसम्म धान उत्पादन गर्दै आउनुभएको थियो । यस वर्ष भने नयाँ जातको धान लगाउँदा उहाँको खेतमा बाला नै राम्रोसँग लागेन । खाँदा मिठो र मसिनो चामल दिने नयाँ जातको धान हुने भन्दै उहाँले बीउ किनेर रोप्नुभएको थियो ।

रोपाइँपछि धानमा क्रमशः रोग देखिन थालेपछि उहाँले रोग नियन्त्रणका लागि पटकपटक विषादी प्रयोग गर्नुभयो । तर, धान काट्ने बेला हुँदासम्म खेतमा बोट र खोक्रा बाला मात्रै देखिए । वर्षभरि खान पुग्ने धान उत्पादन हुने अपेक्षामा खेती गर्नुभएका उहाँ अहिले उत्पादन नहुँदा चिन्तित हुनुहुन्छ ।

“अहिले नयाँ जातको धान लगाउने भनेर लगाएको, नफलेर बर्बाद भइयो । धान काट्दा टाटला (खोक्रा बाला) मात्रै भए, दाना केही भएन”, भण्डारीले भन्नुभयो । उहाँले समस्या बीउमै भएको दाबी गर्नुभयो । आफूले लगाएको धानसँगै आसपासका खेतमा सोही जातको धान लगाएका किसानले पनि उस्तै समस्या भोग्नुपरेका उहाँको भनाइ छ । रोपेपछि धानको बोट मर्ने, बाँकी रहेका बोटमा बाला सेतो हुने र दाना नलाग्ने समस्या देखिएको उहाँले बताउनुभयो ।

परम्परागत रूपमा लगाउँदै आएको सावित्री, गोरखनाथलगायत धानमा यसअघि यस्तो समस्या नदेखिएको भन्दै भण्डारीले दुःख व्यक्त गर्नुभयो । नयाँ जातको धान लगाउने निर्णयले यस वर्षको खेती खेर गएको उहाँको भनाइ छ । उहाँले कृषि कार्यालय र बीउ बिक्रेतासँग समस्याबारे जानकारी गराइसक्नुभएको छ ।

माडी–६ कल्याणपुरकी सावित्री चापागाईंको पीडा पनि उस्तै छ । विदेशमा रहेका श्रीमान्लाई स्वदेशमै फर्केर आफ्नै माटोमा केही गर्न सकियोस् भन्ने उद्देश्यले उहाँले यस वर्ष आफ्नै खेतमा धानखेती गर्नुभएको थियो । पहिले अरूलाई ठेक्कामा दिने गरेको जग्गामा आफैँ खेती गर्दा परिवारका लागि अन्न जुटाउने र आम्दानी गर्ने उहाँको अपेक्षा थियो । तर, धानको अवस्थाले उहाँलाई निराश बनाएको छ ।

“धान रोपेपछि रातो भयो । पछि बोट मरेर बाला नलाग्ने र पोटा मात्रै आयो । यस्तो समस्या आजसम्म भएको थिएन । न धान भयो, न पराल”, चापागाईंले भन्नुभयो । करिब १६ कठ्ठा क्षेत्रफलमा लगाइएको धानबाट दुई-चार बोरामात्रै उत्पादन भएको जनाउँदै उहाँले यो पनि खानयोग्य अवस्थामा नरहेको बताउनुभयो । सामान्य अवस्थामा उक्त खेतबाट राम्रो उत्पादन हुने अपेक्षा गरे पनि यस वर्ष लगानी र मेहनत खेर गएको उहाँको भनाइ छ ।

नयाँ जातको धान लगाउने भनेर आसपासका धेरै किसानले बीउ किनेको र उनीहरूको खेतमा पनि उस्तै समस्या देखिएको चापागाईंले बताउनुभयो । नयाँ बीउ पर्याप्त नभएका ठाउँमा लगाइएको केही धानमा भने सामान्य उत्पादन भएको देखिएकाले बीउकै गुणस्तरमा समस्या भएको हुन सक्ने उहाँको आशङ्का छ ।

यस घटनाले उहाँलाई नयाँ बीउ छनोट गर्दा थप सचेत हुनुपर्ने पाठ सिकाएको छ । अबदेखि बीउ कम्पनीको प्रचार वा एग्रोभेटको सल्लाहमा मात्रै भर नपरी कृषि प्राविधिक र कृषि कार्यालयको सल्लाह लिएर खेती गर्ने उहाँले बताउनुभयो ।

अनुसन्धानपछि क्षतिको यकिन गरिने

कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले माडीका केही क्षेत्रमा नयाँ जातको धानमा समस्या देखिएको जानकारी प्राप्त भएको बताउनुभयो । किसानको गुनासो र स्थानीय कृषि शाखाबाट प्राप्त जानकारीका आधारमा समस्याको अनुसन्धान गरी बीउ कम्पनीबारे बुझ्ने काम भइरहेको उहाँले बताउनुभयो ।

बीउ बिक्री गर्ने एग्रोभेटले कहाँबाट बीउ ल्याएको हो भन्ने विवरण सङ्कलन गरी आवश्यक प्रक्रिया अघि बढाइने उहाँको भनाइ छ । किसानले बीउ खरिद गर्दा त्यसको स्रोत, गुणस्तर र उपयुक्तताबारे ध्यान दिनुपर्ने उल्लेख गर्दै उहाँले एग्रोभेटको सल्लाहमा मात्रै भर नपरी कृषि प्राविधिक तथा सम्बन्धित कृषि कार्यालयसँग परामर्श गरेर खेती गर्न सुझाव दिनुभयो ।

धानमा देखिएको समस्या रोगका कारण मात्रै हो वा बीउको गुणस्तरमा समेत कैफियत छ भन्ने विषय अनुसन्धानबाट स्पष्ट हुने उहाँले बताउनुभयो । प्रभावित किसानले व्यहोरेको क्षतिको विवरण सङ्कलन र बीउको गुणस्तर परीक्षणबाट मात्रै समस्याको वास्तविक कारण तथा क्षतिको परिमाण यकिन हुनेछ ।

  • चितवन
  • नारायणगढ
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    पुच्छर नभएको हात्तीमा रेडियोकलर जडान गरिँदै

  • Post Thumbnail

    चाडपर्वमा चम्किन्छ माटाका भाँडाको बजार, वर्षभरि सुस्ताउँछ कारोबार

  • Post Thumbnail

    कर्णालीको रैथाने उत्पादन र माटो दुवै जोगाउनुपर्छः मुख्यमन्त्री

  • Post Thumbnail

    पाल्पामा विपद्ः दश वर्षमा १०२ जनाको मृत्यु

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

    Post Thumbnail

    एनपिएलः पोखरा टस जितेर फिल्डिङमा

    Post Thumbnail

    धान नफलेपछि माडीका किसान चिन्तित

    Post Thumbnail

    प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution