Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १४, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
सुनसरी

सिँचाइ गर्न विद्युत् सेवा विस्तार

सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पु¥याउँदै कृषि उत्पादनको लागत घटाउने उद्देश्यले खेतखेतमा विद्युत् विस्तारको कामलाई अन्तिम चरणमा पु¥याएको छ ।
रासस ६२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १५, शनिबार (१ घण्टा अघि)
Post Thumbnail

सुनसरी, १४ कात्तिकः सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पु¥याउँदै कृषि उत्पादनको लागत घटाउने उद्देश्यले खेतखेतमा विद्युत् विस्तारको कामलाई अन्तिम चरणमा पु¥याएको छ ।

नेपाल विद्युत् प्राधिकरण र गाउँपालिकाको साझेदारीमा करिब रु ३० करोडको लगानीमा सञ्चालन भइरहेको कृषि सिँचाइ विद्युतीकरण आयोजना सम्पन्न भएपछि किसानले विद्युतीय मोटरमार्फत कम खर्चमा सिँचाइ सुविधा उपयोग गर्न पाउने भएका छन् ।

देवानगञ्ज गाउँपालिका–६ का कृषक हिरा मेहताले तीन बिघाभन्दा बढी क्षेत्रफलमा धान खेती गर्दै आउनुभएको छ । विगत चार वर्षदेखि धानको बीउवृद्धि गर्दै आउनुभएका उहाँले यसअघि डिजेल पम्पसेटबाट सिँचाइ गर्दा प्रतिघण्टा करिब रु ३०० खर्च हुने गरेको बताउनुभयो । विद्युत्बाट सिँचाइ गर्दा प्रतिघण्टा रु ५० भन्दा कम खर्च हुने उहाँले जानकारी दिनुभयो ।

गाउँपालिका–२ का अर्का कृषक रमेश मेहताले आठ बिघा जमिनमा धान, मकै, गहुँ, तोरी र जुटलगायतका बाली लगाउँदै आउनुभएको छ । डिजेल पम्पसेटबाट सिँचाइ गर्दा खर्च बढी लाग्ने र समयमै पानी लगाउन नसक्दा उत्पादनमा असर पर्ने गरेको उहाँले बताउनुभयो ।

सिँचाइका लागि नियमित खर्च गर्नुपर्ने भएकाले खेतीको लागत बढ्ने गरेको उहाँको भनाइ छ । गाउँपालिकाले सञ्चालन गर्न लागेको कृषि विद्युतीकरण योजनाबाट किसानलाई राहत पुग्ने छ । उहाँले भन्नुभयो, आफ्नै पम्पसेट नभएका किसानले अरूको पम्पसेट प्रयोग गर्दा डिजेल खर्चबाहेक प्रतिघण्टा करिब रु २०० तिर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।

किसानको सिँचाइ खर्च घटाउने लक्ष्यसहित गाउँपालिकाले खेतखेतमा विद्युत्का पोल र तार विस्तार गरी विद्युतीय मोटरबाट पानी तान्ने व्यवस्था मिलाउन कामलाई तीव्रता दिएको छ । गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताका अनुसार आयोजना अन्तिम चरणमा पुगेको छ । बाँकी क्षेत्रमा विद्युत्का पोल गाड्ने र तार विस्तार गर्ने काम भइरहेको छ । आगामी मङ्सिरदेखि आयोजनाको औपचारिक शुभारम्भ गर्ने तयारी रहेको उहाँले बताउनुभयो ।

गाउँपालिकाका सातवटै वडाका खेतीयोग्य क्षेत्रमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । हाल वडा नम्बर ४, ६ र ७ मा विद्युतीकरणको काम भइरहेको छ भने अन्य क्षेत्रमा पनि काम अघि बढाइएको छ । आयोजना सम्पन्न भएपछि किसानले सिँचाइका लागि डिजेल पम्पसेटमा निर्भर हुनुपर्ने बाध्यता हट्ने उहाँको भनाइ छ ।

यसअघि गाउँपालिकाले सिँचाइका लागि किसानलाई विद्युतीय मोटर वितरण गर्दै आएको छ । आर्थिक वर्ष २०८३÷८४ मा एक हजार १६ वटा मोटर वितरण गरिएको छ भने अब करिब ५० वटा वितरण गर्न बाँकी रहेको अध्यक्ष मेहताले बताउनुभयो ।

गाउँपालिकाको कृषि शाखाका अनुसार देवानगञ्जमा ६ हजार ४५ परिवार कृषि पेसामा आबद्ध छन् । यहाँ चार हजार ६२५ हेक्टर खेतीयोग्य जमिन रहेकामा तीन हजार ५८२ हेक्टरमा धान, तीन हजार ३४६ हेक्टरमा हिउँदे मकै र एक हजार ३२ हेक्टरमा गहुँ खेती हुने गरेको छ ।

गाउँपालिकाका करिब ९० प्रतिशत बासिन्दा कृषि पेसामा निर्भर छन् । यहाँ धान, मकै, गहुँ, जुट, उखु, केरा तथा काउली, बन्दा, ब्रोकाउली, टमाटर र करेलालगायतका तरकारी खेती हुने गरेको छ । विद्युतीय सिँचाइ सुविधा विस्तार भएपछि उत्पादन लागत घट्नुका साथै वर्षभरि खेती गर्न र कृषि उत्पादन बढाउन सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ ।

  • सुनसरी
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    निरन्तर वर्षाले खेतमा पाकेको धान ढलेपछि…

  • Post Thumbnail

    ‘अब नारायणीमा मोटरबोट सञ्चालनको शैली बदल्नुपर्छ ‘

  • Post Thumbnail

    सामाजिक समस्यासँग जुधिरहनुभएकी पार्वतीले नागरिकता पाएपछि …

  • Post Thumbnail

    खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    आवासीय विद्यालय सञ्चालन गर्न महायज्ञ आयोजना

    Post Thumbnail

    निरन्तर वर्षाले खेतमा पाकेको धान ढलेपछि…

    Post Thumbnail

    कञ्चनपुरमा धान उत्पादनमा वृद्धि हुने प्रक्षेपण

    Post Thumbnail

    सिँचाइ गर्न विद्युत् सेवा विस्तार

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution