Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १५, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
म्याग्दी

आवासीय विद्यालय सञ्चालन गर्न महायज्ञ आयोजना

जिल्लाको मंगला गाउँपालिका–१ कुहुँमा रहेको दिपशिखा माध्यमिक विद्यालयलाई आवासीयमा रुपान्तरण गर्ने उद्देश्यले आर्थिक स्रोत जुटाउन महायज्ञ आयोजना गरिएको छ ।
रासस ८२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १५, शनिबार (१ घण्टा अघि)
Post Thumbnail

म्याग्दी, १४ कात्तिकः जिल्लाको मंगला गाउँपालिका–१ कुहुँमा रहेको दिपशिखा माध्यमिक विद्यालयलाई आवासीयमा रुपान्तरण गर्ने उद्देश्यले आर्थिक स्रोत जुटाउन महायज्ञ आयोजना गरिएको छ ।

यही कात्तिक २६ देखि आगामी मङ्सिर ३ गतेसम्म कुहुँस्थित विद्यालय परिसरमा सञ्चालन हुने ‘म्याग्दी मालिका टोड्के, शैक्षिक एवं धार्मिक महोत्सव, श्रीमद्भागवत धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञ’ स्थलमा पूर्वाधार निर्माण सुरु, प्रचारप्रसार र व्यवस्थापकीय तयारी तीव्र पारिएको हो ।

विद्यालयलाई आवासीयमा रुपान्तरण, स्मार्ट विद्यालयको अवधारणाअनुसार सूचना प्रविधिको प्रयोग गरी पठनपाठन, सिकाई उपलब्धि र गुणस्तर वृद्धि गराउने तथा खेलमैदान निर्माणका लागि जग्गा खरिद गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको प्रअ नन्दबहादुर खत्रीले जानकारी दिनुभयो ।

“विपन्न, भौगोलिक रूपमा विकट र अपायक पर्ने ठाउँका साथै कमजोर विद्यार्थीलाई आवासीय सुविधा दिएर अतिरिक्त कक्षा सञ्चालन गरी सिकाई उपलब्धि वृद्धि गर्ने उद्देश्य राखेका छौँ,” उहाँले भन्नुभयो, “प्रविधिको प्रयोग र शैक्षिक गुणस्तर वृद्धि गरेर अध्ययनका लागि बालबालिकालाई सहर बजार लैजाने समस्या न्युनीकरण गर्ने पनि उद्देश्य हो ।”

पण्डित दीनबन्धु पोखरेलले कथाबाचन गर्नुहुने महायज्ञबाट रु तीन करोड जुटाउने र रु दुई करोड बचत गर्ने लक्ष्य राखिएको सहायक प्रअ हरिकृष्ण भट्टराईले बताउनुभयो । भागवत पाठ–पारायण, पुजाआजा, भजनकिर्तन, कशलयात्रा, आरती, झाकी प्रर्दशनि गरिने उहाँले बताउनुभयो ।

कक्षा १ देखि १२ सम्मको पठनपाठन हुने विद्यालयमा हाल १९६ जना विद्यार्थी छन् । विसं २०१७ मा स्थापना भएको विद्यालयले विसं २०४७ देखि माध्यमिक र विसं २०६५ देखि दश जोड दुई तहको पठनपाठन सञ्चालन गर्दै आएको व्यवस्थापन समितिका अध्यक्ष डेकबहादुर घर्ती क्षेत्रीले बताउनुभयो ।

  • म्याग्दी
  • प्रतिक्रिया दिनुहोस
    शिक्षा सम्बन्धि थप
  • Post Thumbnail

    भक्तपुरमा रोटरी पुस्तक प्रदर्शनी जारी

  • Post Thumbnail

    डा केसीसँगको सहमति कार्यान्वयनको प्रक्रियामाः शिक्षा मन्त्रालय

  • Post Thumbnail

    काठमाडौँ महानगरद्वारा संस्कृत शिक्षा प्रवर्द्धनमा सहयोग

  • सामूहिक प्रयासमा फूलखेती

    सामूहिक प्रयासमा फूलखेती

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    आवासीय विद्यालय सञ्चालन गर्न महायज्ञ आयोजना

    Post Thumbnail

    निरन्तर वर्षाले खेतमा पाकेको धान ढलेपछि…

    Post Thumbnail

    कञ्चनपुरमा धान उत्पादनमा वृद्धि हुने प्रक्षेपण

    Post Thumbnail

    सिँचाइ गर्न विद्युत् सेवा विस्तार

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution