Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १४, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कञ्चनपुर

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि हुने प्रक्षेपण

कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा वृद्धि वृद्धि हुने प्रक्षेपण गरिएको छ ।
रासस ६५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १५, शनिबार (१ घण्टा अघि)
Post Thumbnail

कञ्चनपुर, १४ कात्तिकः कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा वृद्धि वृद्धि हुने प्रक्षेपण गरिएको छ ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी धर्मबहादुर साउँदले यस वर्ष कञ्चनपुरमा १ दशमलव १९ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको जानकारी दिनुभयो । गत वर्ष धानको उत्पादकत्व ० दशमलव २ ले बढेको थियो । गत वर्ष धानको उत्पादकत्व ४ दशमलव २ प्रति हेक्टर रहेकोमा यस वर्ष उत्पादकत्व वृद्धि भएर ४ दशमलव २५ पुगेको उहाँले बताउनुभयो ।

“जिल्लामा धानको उत्पादकत्वमा वृद्धि हँुदै गएकोे छ ।” सूचना अधिकारी साउँदले भन्नुभयो, “यस वर्ष मौसम अनुकुल हु्नु, उन्नत जातको बीउ बिजन र सिँचाइ सुविधाका कारण उत्पादनमा वृद्धि भएको हो ।” उहाँका अनुसार यस वर्ष दुई लाख छ हजार १०८ मेट्रिकटन धान उत्पादन भएको छ । गत वर्ष दुई लाख तीन हजार ६८३ मेट्रिकटन धान उत्पादन भएको थियो । त्यसअघि कञ्चनपुरमा धानको उत्पादन एक लाख ९३ हजार ९८४ मेट्रिकटन रहेको थियो । कञ्चनपुरमा ४८ हजार ४९६ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।

केन्द्रले हरेक वर्ष सिँचाइ सुविधा विस्तार गर्दै गएकाले पनि उत्पादनमा वृद्धि भएको उहाँको भनाइ छ । “ज्ञान केन्द्रबाट हरेक वर्ष किसानका लागि उन्नत जाँतको बीउ अनुदानमा उपलब्ध हुँदै आएको छ ।” उहाँले भन्नुभयो, “सिञ्चित क्षेत्र पनि हरेक वर्ष विस्तार हुँदै गएको छ ।” उहाँका अनुसार ज्ञान केन्द्रबाट किसानका लागि हरेक वर्ष साना सिँचाइ (ट्युबेल) जडान गरी सिँचाइ सुविधा उपलब्ध गराउदै आएको बताउनुभयो । “गत वर्ष जिल्लामा किसानलाई ७५० बोरिङ उपलब्ध गराएको मा यस वर्ष ४९५ बोरिङ सिँचाइका लागि उपलब्ध छ ।” साउँदले भन्नुभयो,“जसका कारण यहाँ धान उत्पादनमा वृद्धि हुँदै गएको छ ।” उहाँले आधुकि कृषि यन्त्रका कारण पनि उत्पादनमा वृद्धि भएको बताउनुभयो । ज्ञान केन्द्रले किसानलाई पचास प्रतिशत अनुदानमा बीउ बिजन र साना सिँचाइ (ट्युबेल) उपलब्ध गराउँदै आएका छौँ ।

पछिल्लो समय कृषिमा प्रयोग हुने कृषि उपकरण र उन्नत बीउको उपलब्धताले खेती गर्न सहज भएका किसान बताउँछन् । “कमको लागतमा धान र गहुँ उत्पादन गर्न हामीलाई सहज भएको छ ।” कञ्चनपुरको बेदकोट नगरपालिका–७ का राजेश्वरी जोशीले भन्नुभयो, “नहरबाट सिँचाइ उपलब्ध नभएको ठाउँमा ज्ञान केन्द्रबाट आउने साना सिँचाइ (ट्युबेल)ले राहत भएको छ ।” सरकारले खेतीको समयमा रासायनिक मल सहज रूपमा उपलब्ध गराउनसके उत्पादकत्व अझै बढ्ने किसानको अपेक्षा छ । “खेती गर्नका लागि सबै कुरा सहज बन्दै गएको छ सरकारले रासायनिक मल समय मै उपलब्ध गराउनुपर्छ ।” यहाँका किसान हरिराम चौधरीले भन्नुभयो, “धान र गहुँ उत्पादनका लागि कञ्चनपुर अन्नभण्डार नै हो अहिले आधुनिकिकरणले किसानलाई खेतीगर्न सहज भएको छ ।”

कञ्चनपुरमा ३९ हजार ६५० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध हुँदै आएको छ । कञ्चनपुरमा हाल साना सिँचाइ बाहेक महाकाली सिँचाइ आयोजना पहिलो र दोस्रो चरणबाट ११ हजार ६०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध छ ।

विसं २०४२ मा सुरु भई ०४८ मा सम्पन्न भएको महाकाली सिँचाइ पहिलो चरणबाट चार हजार ८०० हेक्टर र ०५२ मा सम्पन्न भएको दोस्रो चरणबाट ६ हजार ८०० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ । पहिलो र दोस्रो चरणको सिँचाइबाट यहाँको भीमदत्त, बेदकोट नगरपालिका र बेलडाँडी गाउँपालिकासम्म सिँचाइ सुविधा उपलब्ध छ । सुदूरपश्चिमको कैलाली र कञ्चनपुरलाई अन्न भण्डारको रूपमा चिनिन्छ । यहाँको उत्पादनले सुदूरका पहाडी जिल्लामा खाद्य आपूर्ति हुने गरेको छ ।

  • कञ्चनपुर
  • कैलाली
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण

  • Post Thumbnail

    निर्माणाधीन दमक–चिसापानी सडकको नयाँ ठेक्का स्वीकृत

  • म्याग्दीमा निजी आवास पुनःनिर्माण कार्ययोजना तयार

    म्याग्दीमा निजी आवास पुनःनिर्माण कार्ययोजना तयार

  • Post Thumbnail

    बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    आवासीय विद्यालय सञ्चालन गर्न महायज्ञ आयोजना

    Post Thumbnail

    निरन्तर वर्षाले खेतमा पाकेको धान ढलेपछि…

    Post Thumbnail

    कञ्चनपुरमा धान उत्पादनमा वृद्धि हुने प्रक्षेपण

    Post Thumbnail

    सिँचाइ गर्न विद्युत् सेवा विस्तार

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution