Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १४, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
ललितपुर

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) अवस्थाको विश्लेषण गरी तयार पारेको सूचकाङ्क सहितको तथ्याङ्क प्रतिवेदन सार्वजनिक गरेको छ ।
रासस ९२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १५, शनिबार (१ घण्टा अघि)
Post Thumbnail

ललितपुर, १४ कात्तिकः राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) अवस्थाको विश्लेषण गरी तयार पारेको सूचकाङ्क सहितको तथ्याङ्क प्रतिवेदन सार्वजनिक गरेको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा नेपालमा खानेपानी तथा सरसफाइको अवस्था विषयक प्रतिवेदन सार्वजनिक गर्नुहुँदै राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी लक्ष्मी बस्नेतले खानेपानी तथा सरसफाइका क्षेत्रमा प्राथमिकताका साथ गर्नुपर्ने विकास र पूर्वाधार निर्माणका काम सञ्चालनका लागि तथ्याङ्कले सहयोग पुर्याउने बताउनुभयो ।

“प्रतिवेदनमा प्रदेशगत तथा ७५३ वटै स्थानीय तहको खानेपानी र सरसफाइको अवस्था तुलनात्मक रूपमा विश्लेषण गरी असमानता र सेवाबीचको अन्तर पहिचान गरिएको छ, ती अन्तर कम गर्न सम्बन्धित मन्त्रालय तथा निकायले नीति र योजना निर्माण गर्दा कमजोर अवस्था भएका क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ । साथै, खानेपानीको उपलब्धतासँगै गुणस्तर र सुरक्षा सुनिश्चित गर्नु आवश्यक रहेको प्रतिवेदनमा औँल्याइएको छ,” उहाँले भन्नुभयो ।

पूर्वाधार विकास मन्त्रालयका सहसचिव माधवप्रसाद अधिकारीले प्रतिवेदनले खानेपानी र सरसफाइको सुरक्षित पहुँचमा असमानता, कमजोर स्थानीय तहमा लगानी बढाउनुपर्ने देखाएको बताउनुभयो । कार्यक्रममा प्रस्तुत तथ्याङ्कअनुसार घरपरिवारमा सुधारिएको खानेपानीको पहुँच र सुरक्षित व्यवस्थापनको अवस्था ६२.५ प्रतिशत रहेको भन्नुहुँदै उहाँले पूर्वाधार विस्तार भए पनि सुरक्षित र दिगो खानेपानी सेवा सुनिश्चित हुन नसकेको विषय औँल्याइएको छ, भन्नुभयो । जनस्वास्थ्यका दृष्टिले हिमाल, पहाड र तराई तथा विभिन्न प्रदेशमा खानेपानी र सरसफाइको अवस्था फरक रहेको उल्लेख गर्दै आगामी विकास योजना निर्माणमा तथ्याङ्कलाई आधार बनाउनुपर्नेमा जोड दिँदै उहाँले ७५३ वटै स्थानीय तहमा खानेपानी तथा सरसफाइको पहुँच र सेवाको अवस्थामा असमानता देखिएकाले कमजोर सूचकाङ्क भएका क्षेत्रमा प्राथमिकताका साथ लगानी बढाउनुपर्ने आवश्यकता प्रतिवेदनले औँल्याएको धारणा राख्नुभयो ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका जनसंख्या शाखा निर्देशक विनोद शरण आचार्यका अनुसार राष्ट्रिय जनगणना २०२१ र नेपाल बहुक्षेत्रीय सर्वेक्षण २०२४÷२५ का तथ्याङ्कका आधारमा स्थानीय तहगत सूचकाङ्क तयार गरिएको हो । प्रतिवेदनमा भौगोलिक, आर्थिक, सामाजिक तथा जनसाङ्ख्यिक असमानताको विश्लेषण गर्दै खानेपानी, सरसफाइ र स्वच्छताको अवस्था सुधार गर्नुपर्ने क्षेत्र तथा लगानीका प्राथमिकता पहिचान गरिएको छ ।

संयुक्त राष्ट्र सङ्घको शहरी विकाससम्बन्धी नेपालस्थित नियोगका कार्यक्रम प्रबन्धक प्रज्ञा प्रधानले पूर्वाधार, सेवा, वातावरण र अर्थतन्त्रलगायतका तथ्याङ्कलाई एकीकृत गरी विकास तथा सेवा प्रवाहसँग जोड्ने दोस्रो विषयगत प्रतिवेदन सार्वजनिक भएको बताउनुभयो । जनगणनाका तथ्याङ्क स्थानीय तहले सहजै प्रयोग गर्न सक्ने गरी वैज्ञानिक तथा सूचकाङ्कमा आधारित नवीन विधिबाट खानेपानी तथा सरसफाइसम्बन्धी तेस्रो प्रतिवेदन तयार गरिएको जानकारी गराउँदै उहाँले खानेपानी र सरसफाइ नागरिकको मौलिक हक तथा आधारभूत आवश्यकता भएकाले सेवाको विस्तारसँगै गुणस्तर, सुरक्षा र समान वितरण सुनिश्चित गर्न तथ्याङ्कको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले योजना तर्जुमा र कार्यान्वयनका सन्दर्भमा प्राथमिकीकरण गर्नेगरी अगाडि बढ्न मार्ग निर्देश गर्ने खालको तथ्याङ्क तयार भएको धारणा राख्नुभयो ।

कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी ढुण्डीराज लामिछानेले सीमित सर्वेक्षण तथा जनगणनाका तथ्याङ्कलाई वैज्ञानिक विधिबाट एकीकृत गरी स्थानीय तहसम्म तथ्याङ्क उपलब्ध गराउने उद्देश्यले यो अभ्यास गरिएको बताउनुभयो । उहाँका अनुसार तयार तथ्याङ्कको विश्वसनीयता जाँच्न २० वटा स्थानीय तहमा स्थलगत प्रमाणीकरण गरिएको थियो ।

स्थलगत छलफलका क्रममा विशेषगरी तराई तथा मधेस क्षेत्रमा भूमिगत पानीको सतह घट्दै गएको विषय देखिएको उल्लेख गर्दै उहाँले स्थानीय तहको वास्तविक अवस्था र सुझावलाई प्रतिवेदनमा समेटिएको जानकारी दिनुभयो ।

  • ललितपुर
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    सामाजिक समस्यासँग जुधिरहनुभएकी पार्वतीले नागरिकता पाएपछि …

  • Post Thumbnail

    जलवायु सङ्कटसँग जुध्न विद्यार्थीलाई जागरुक बनाउँदै सभामुख यादव

  • पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन

    पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन

  • दुर्घटना न्यूनीकरणमा सक्रिय हुन निर्देशन

    दुर्घटना न्यूनीकरणमा सक्रिय हुन निर्देशन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

    Post Thumbnail

    सामाजिक समस्यासँग जुधिरहनुभएकी पार्वतीले नागरिकता पाएपछि …

    Post Thumbnail

    नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव

    Post Thumbnail

    खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution