
ललितपुर, १३ मङ्सिर : नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सम्पन्न हुन बाँकी रहेका जिल्ला तथा प्रदेश अधिवेशनको समय तालिका सार्वजनिक गरेको छ ।
केन्द्रीय कार्यसमितिसँगको समन्वयमा अधिवेशनको मिति तय गरिएको समितिका सदस्य–सचिव राजु कटुवालले जानकारी दिनुभयो । निर्धारित कार्य तालिकाअनुसार हिमाली तथा पहाडी जिल्लाको अधिवेशन मङ्सिर २४ देखि २७ गतेसम्म हुनेछ । अन्य जिल्लाको अधिवेशन पुस ४ र ५ गतेका लागि तय गरिएको छ ।
यसैगरी, सातवटै प्रदेशको अधिवेशन पुस १० देखि १८ गतेभित्र सम्पन्न गरिने सदस्य–सचिव कटुवालले जानकारी दिनुभयो । नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) बमोजिम १५औँ केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि चयन गरी महाधिवेशन असोज १८ देखि २३ गतेसम्म काठमाडौँमा सम्पन्न भइसकेको छ ।
बाँकी जिल्ला तथा प्रदेश अधिवेशन सम्पन्न गर्न सम्बन्धित स्थानमा खटिएका निर्वाचन अधिकृतलाई सम्बन्धित तहका सभापतिसँग परामर्श गरी निर्वाचन कार्यतालिका प्रकाशन गर्न केन्द्रीय निर्वाचन समितिले अनुरोध गरेको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |