
काठमाडौँ, १३ मङ्सिरः परराष्ट्रमन्त्री शिशिर खनालले लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी तथा नियामकीय सुधार सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।
काठमाडौँ क्षेत्र नं ६ अन्तर्गत टोखा नगरपालिका–१ बौडेश्वर झोरमा आज आयोजित मतदाता भेटका क्रममा उहाँले केही दिनभित्रै लगानीसँग जोडिएका केही कानुन संशोधन गर्न लागिएको उल्लेख गर्नुभयो ।
कानुनी व्यवस्था सहज नभएसम्म लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न कठिन हुने उहाँको भनाइ थियो । उद्योग व्यवसाय फस्टाउने वातावरण बनेपछि मात्रै रोजगारी सिर्जना र आर्थिक समृद्धिले गति उहाँको भनाइ थियो ।
मन्त्री खनालले काठमाडौँ क्षेत्र नं ६ मा विकाससँग जोडिएका विभिन्न योजनामध्ये साङ्ला खोला करिडोरलाई जोड्ने विषयलाई आफूले प्राथमिकता दिएको उल्लेख गर्नुभयो । काठमाडौँ क्षेत्र नं ६ को विकासका लागि आफू निरन्तर लागिपरेको उहाँको भनाइ थियो ।
फरक एक प्रसङ्गमा मन्त्री खनालले परराष्ट्रमन्त्री प्रधानमन्त्री वालेन्द्र शाहको चीन भ्रमणको मिति तय भई नसकेको बताउनुभयो ।
सञ्चारकर्मीको एक जिज्ञासामा मन्त्री खनालले भन्नुभयो, “छिमेकी मुलुक भारतको भ्रमण सकिएपछि उत्तरी छिमेकी चीनको भ्रमण हुन्छ भन्ने आधारमा विभिन्न सञ्चारमाध्यममा समाचार आए पनि अहिलेसम्म प्रधानमन्त्रीको चीन भ्रमण कहिले हुन्छ भन्ने टुङ्गो लागिसकेको छैन”, उहाँले भन्नुभयो ।
परराष्ट्रमन्त्री खनालले उच्चस्तरीय भ्रमणका लागि परराष्ट्र मन्त्रालयले निरन्तर तयारी गरिरहेको उल्लेख गर्नुभयो । परराष्ट्र मन्त्रालयले आफ्नो तयारीको काम सधैँ अघि बढाउने उहाँको भनाइ थियो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |