Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर १३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
पाँचथर

पहाडका सडक बसाइँको माध्यम बन्नुहुँदैनः मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहाडमा निर्माण भएका सडक बसाइँसराइको माध्यम बन्न नहुने बताउनुभएको छ ।
रासस ४७६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर १३, आईतबार (६ घण्टा अघि)
पहाडका सडक बसाइँको माध्यम बन्नुहुँदैनः मुख्यमन्त्री कार्की

पाँचथर, १३ मङ्सिरः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहाडमा निर्माण भएका सडक बसाइँसराइको माध्यम बन्न नहुने बताउनुभएको छ ।

कालोपत्र सडक बनेपछि पनि बसाइँ सर्नेक्रम नरोकिएको वताउँदै मुख्यमन्त्री कार्कीले पहाडको बसाइँसराइलाई न्यूनीकरण गर्ने एजेण्डामा कोशी प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो ।

पाँचथरको तुम्बेवा गाउँपालिकामा निर्माण भएको १४ दशमलव नौ किलोमिटर लामो लखुवा दोभान–मौवा कालोपत्रे सडकको आज तुम्बेवा गाउँपालिका वडा नं ३ मौवा बजारमा उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले तराईमा मानिस केन्द्रित हुने र जनसङ्ख्या असन्तुलन हुने अवस्था अन्त्य गर्न प्रदेश सरकारले प्रयास गर्ने वताउनुभयो ।

मुख्यमन्त्री कार्कीले भन्नुभयो, “यहाँ कालोपत्र सडक बनेको बसाइँ सर्नलाई होइन, यहाँको पर्यटन प्रवर्द्धन, कृषिको विकास र जनजीवन सहज बनाउन निर्माण गरिएको हो ।” उहाँले प्रदेश सरकारले पहाडी क्षेत्रको विकास तथा बसाइँसराइ रोक्न पहाड विकास प्राधिकरण गठन गर्ने कानुन ल्याउन लागेको जानकारी दिनुभयो ।

उहाँले सुक्खाले प्रभावित तुम्बेवा, कुम्मायक र हिलिहाङ गाउँपालिकामा खानेपानीको प्रबन्ध, कृषि र पशुपालन विकासका लागि प्रदेश सरकारले साझेदारी गर्ने बताउनुभयो । उहाँले पूर्वाधार निर्माणसँगै पर्यटन प्रवर्द्धनका लागि तीनै तहका सरकारले साझेदारी गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा भाषा र संस्कृतिको विकासका लागि १३ वटा भाषालाई प्रदेश कामकाजको भाषा बनाइएको र अब कार्यान्वयनमा आउने बताउनुभयो ।

कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्यले पाँचथरसहित कोशी प्रदेशमा सम्पन्न हुन बाँकी रहेका पूर्वाधारका काम सम्पन्न गर्ने नीति लिइएको बताउनुभयो । उहाँले लखुवा मौवा सडक कालोपत्र भइसकेको र अब मौवा दशमी खण्ड पनि कालोपत्र हुने बताउनुभयो ।

कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, तुम्बेवा गाउँपालिकाका अध्यक्ष बावुराम खड्कालगायतले भौतिक पूर्वाधारको विकासमा प्रदेश सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभएको थियो । सो सडकखण्ड कोशी प्रदेश सरकारको रु ४५ करोड ९० लाख ९८ हजार ३२८ को लागतमा खरिढुङ्गा गोल्मेधर जेभी भक्तपुरले निर्माण गरेको हो ।

  • पाँचथर
  • भक्तपुर
  • संसद
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह

    विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह

  • Post Thumbnail

    लगानीमैत्री वातावरणका लागि कानुनी सुधार प्राथमिकतामाः परराष्ट्रमन्त्री

  • Post Thumbnail

    कांग्रेसका बाँकी जिल्ला र प्रदेश अधिवेशनको समय तालिका सार्वजनिक

  • Post Thumbnail

    प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा प्रतिबद्ध छौँ : महामन्त्री आचार्य

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सुन्तला ढुवानीका लागि सडक मर्मतमा जुटे राखुका किसान

    सुन्तला ढुवानीका लागि सडक मर्मतमा जुटे राखुका किसान

    Post Thumbnail

    निर्णय प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागितामा जोड

    साँघुरो गल्लीभित्र लुकेको मार्फाको संस्कृति

    साँघुरो गल्लीभित्र लुकेको मार्फाको संस्कृति

    साक्षरता कार्यक्रमले पठन तथा लेखन सीपमा सुधार

    साक्षरता कार्यक्रमले पठन तथा लेखन सीपमा सुधार

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution