Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर १३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
गण्डकी

निर्णय प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागितामा जोड

नीति निर्माण तथा निर्णय प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा यहाँ आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् ।
रासस १७६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर १४, सोमबार (३२ मिनेट अघि)
Post Thumbnail

गण्डकी, १४ मङ्सिरः नीति निर्माण तथा निर्णय प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा यहाँ आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् ।

बाल सहभागितामा कार्यरत संस्थाहरूको साझा समूह (कन्सोर्टियम–नेपाल) गण्डकी प्रदेश समितिद्वारा शनिबार र आइतबार पोखरामा आयोजित बाल सहभागितासम्बन्धी गण्डकी प्रदेशस्तरीय छलफल कार्यक्रममा बालबालिकासँग सरोकार राख्ने ऐन, कानुन, योजना तथा कार्यक्रम तर्जुमा गर्दा बालबालिकाका विचार, अनुभव र सुझावलाई समेट्नुपर्नेमा जोड दिइएको हो ।

कार्यक्रममा सहभागी छात्रा सफलता परियारले बालबालिका भविष्यका कर्णधारमात्र नभएर आजका हिस्सेदार पनि भएको बताउनुभयो । उहाँले बालबालिकासम्बन्धी कानुनमा धेरै विषय समेटिए पनि तिनको कार्यान्वयन महत्त्वपूर्ण रहेको उहाँको भनाइ छ ।

परियारले हरेक बालबालिकासँग स्वतन्त्र रूपमा विचार व्यक्त गर्ने अधिकार सुरक्षित रहेको बताउनुभयो । गैरसरकारी संस्था महासङ्घ कास्कीका अध्यक्ष इन्दिरा पौडेलले बालबालिकाको हकहितको रक्षाका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत सामाजिक विकास महाशाखाका प्रमुख दीपेन्द्र परियारले बालबालिकाको अधिकारको रक्षाका लागि बनेका नीति तथा कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो ।

उहाँले बालबालिकाका हितका पक्षमा सहकार्य गर्न मन्त्रालय तयार रहेको बताउनुभयो । “घर, समाजदेखि राज्यका निकायसम्म बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्छ”, उहाँले भन्नुभयो, “सूचना, प्रविधिको विकास सँगै बालबालिकालाई डिजिटल साक्षरताको खाँचो पनि बढेको छ ।”

कन्सोर्टियम–नेपालका अध्यक्ष प्रदीपकुमार लामिछानेले बालसहभागिता वृद्धि गर्ने उद्देश्यले छलफल कार्यक्रम आयोजना गरिएको बताउनुभयो । कन्सोर्टियम–नेपाल गण्डकी प्रदेश संयोजक ममिताकुमारी पुनले बालबालिका आज्ञाकारी पात्रमात्र नभई समाजका महत्त्वपूर्ण हिस्सेदार रहेको बताउनुभयो ।

पछिल्लो समय बालसहभागिका बढाउन नीतिगत र संरचनागत सुधारहरू भएको उहाँको भनाइ छ । “बालबालिकालाई हेर्ने परम्परागत सोच बदल्नुपर्छ, बालबालिकामा निर्णय क्षमता बढाउनुपर्छ”, उहाँले भन्नुभयो, “बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी निकायमा स्रोतसाधनको उपलब्धता वृद्धि गर्नु आवश्यक छ ।”

कार्यक्रममा गण्डकी प्रदेशमा बाल सहभागिताको अवस्था, अभ्यास र चुनौतीबारे छलफल गरिएको थियो । कार्यक्रममा बालबालिकाको क्षेत्रवाद काम गर्ने गण्डकी प्रदेशका १३ वटा सदस्य संस्थाका प्रतिनिधिको सहभागिता थियो ।

छलफलमा प्रदेशमा बाल सहभागिताको विद्यमान अवस्था, स्थानीय तह तथा प्रदेशस्तरमा भइरहेका असल अभ्यास, बालबालिकालाई नीति निर्माण तथा निर्णय प्रक्रियामा सहभागी गराउँदा देखिएका चुनौती र अवसरबारे अनुभव तथा सिकाइ आदानप्रदान गरिएको थियो ।

बालबालिकालाई उनीहरूसँग सम्बन्धित विषयमा विचार व्यक्त गर्ने अवसर प्रदान गर्नुका साथै उनीहरूको आवाजलाई नीति, योजना, कार्यक्रम तथा निर्णय प्रक्रियामा अर्थपूर्ण रूपमा समेट्न आवश्यक संस्थागत प्रयास र सहकार्यका विषयमा समेत छलफल गरिएको संयोजक पुनले बताउनुभयो ।

कार्यक्रमले सदस्य संस्थाहरूबीच आपसी समन्वय, सहकार्य र सिकाइलाई थप सुदृढ गर्दै गण्डकी प्रदेशमा बाल सहभागितालाई अर्थपूर्ण, समावेशी र प्रभावकारी बनाउन साझा समझदारी तथा आगामी कार्यदिशा निर्माणमा सहयोग पुर्याएको उहाँको भनाइ छ ।

  • कास्की
  • गण्डकी
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • सुन्तला ढुवानीका लागि सडक मर्मतमा जुटे राखुका किसान

    सुन्तला ढुवानीका लागि सडक मर्मतमा जुटे राखुका किसान

  • Post Thumbnail

    बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र पुन:स्थापनालाई तीव्रता दिँदै प्रदेश सरकार

  • Post Thumbnail

    गोप्य सूचना चुहावट गर्नेलाई कारबाही गरिने

  • रोकायालाई त्रिविको सम्मान

    रोकायालाई त्रिविको सम्मान

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सुन्तला ढुवानीका लागि सडक मर्मतमा जुटे राखुका किसान

    सुन्तला ढुवानीका लागि सडक मर्मतमा जुटे राखुका किसान

    Post Thumbnail

    निर्णय प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागितामा जोड

    साँघुरो गल्लीभित्र लुकेको मार्फाको संस्कृति

    साँघुरो गल्लीभित्र लुकेको मार्फाको संस्कृति

    साक्षरता कार्यक्रमले पठन तथा लेखन सीपमा सुधार

    साक्षरता कार्यक्रमले पठन तथा लेखन सीपमा सुधार

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution