Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ८, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
रूपन्देही

लुम्बिनीमा साइकल पर्यटनबाट गाउँ र अर्थतन्त्र जोड्ने प्रयास

बुद्ध जन्मस्थल लुम्बिनीमा आउने पर्यटकलाई आसपासका गाउँबस्ती, ऐतिहासिक सम्पदा, स्थानीय संस्कृति र जनजीवनसँग जोड्ने उद्देश्यले साइकल पर्यटन सुरु गरिएको छ ।
रासस ७२६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ९, बुधबार (१ घण्टा अघि)
Post Thumbnail

रूपन्देही, ९ मङ्सिरः बुद्ध जन्मस्थल लुम्बिनीमा आउने पर्यटकलाई आसपासका गाउँबस्ती, ऐतिहासिक सम्पदा, स्थानीय संस्कृति र जनजीवनसँग जोड्ने उद्देश्यले साइकल पर्यटन सुरु गरिएको छ । यसबाट लुम्बिनीको पर्यटन विविधीकरण हुनाका साथै ग्रामीण समुदायको आयआर्जन र रोजगारीका अवसर विस्तार हुने अपेक्षा गरिएको छ ।

लुम्बिनीको पर्यटनलाई स्थानीय समुदायको आर्थिक समृद्धिसँग जोड्ने उद्देश्यले दिगो पर्यटन परियोजनाअन्तर्गत मङ्गलबारदेखि लुम्बिनी साइकल यात्रा सञ्चालनमा ल्याइएको हो । लुम्बिनी होटल सङ्घ नेपालको पहलमा पर्यटन क्षेत्रका सरोकारवालासँगको सहकार्यमा सुरु गरिएको अभियानअन्तर्गत आठ, १६ र २४ किलोमिटरका तीनवटा साइकल मार्ग तयार गरिएका छन् ।

साइकल मार्गमार्फत पर्यटकलाई मायादेवी मन्दिर र पवित्र उद्यानको भ्रमणमा मात्र सीमित नराखी आसपासका ग्रामीण बस्ती, पुरातात्विक सम्पदा, प्राकृतिक स्थल र स्थानीय जीवनशैलीको अनुभव गराउने लक्ष्य राखिएको छ ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ व्यवस्थापक खड्गविक्रम शाहले पर्यटन विकास गर्दा पर्यटकको सङ्ख्या बढाउने विषयमा मात्र केन्द्रित नभई वातावरण संरक्षण, स्थानीय जीविकोपार्जन र समुदायको प्रत्यक्ष लाभलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । लुम्बिनी र बृहत्तर लुम्बिनी क्षेत्रलाई साइकलका माध्यमबाट जोडेर ग्रामीण समुदाय, सम्पदा र स्थानीय जनजीवनलाई अन्तरराष्ट्रिय पर्यटकसमक्ष पुर्‍याउने प्रयास महत्वपूर्ण रहेको उहाँको भनाइ छ ।

साइकल पर्यटनले पर्यटकको बसाइ अवधि लम्ब्याउन, स्थानीय उत्पादनको बजार विस्तार गर्न र ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने उहाँले बताउनुभयो । अभियानलाई दीर्घकालीन बनाउन लुम्बिनी विकास कोष, स्थानीय सरकार, होटल व्यवसायी र पर्यटन क्षेत्रका अन्य सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष आनीछोइङ डोल्माले लुम्बिनीको तीर्थाटनलाई साइकल यात्रा र शान्त वातावरणसँग जोड्नुपर्ने बताउनुभयो । बुद्धको जन्मस्थलमा आउने तीर्थयात्री तथा पर्यटकले यहाँको शान्ति, प्रकृति र आध्यात्मिक वातावरणको अनुभूति गर्न सक्ने वातावरण बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

गाडीको अत्यधिक प्रयोग, होहल्ला र भीडभाडले लुम्बिनीको मौलिक शान्त वातावरण प्रभावित हुन सक्ने उल्लेख गर्दै उहाँले साइकलको प्रयोगले वातावरण संरक्षणमा योगदान पुर्‍याउनाका साथै स्वास्थ्यलाई पनि लाभ हुने बताउनुभयो ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख कल्पना हरिजनले धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण, सरसफाइ र पर्यटन प्रवद्र्धनमा साइकल यात्रा अभियानले योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । लुम्बिनीलाई धार्मिक गन्तव्यका साथै स्वच्छ र हराभरा पर्यटकीय नगरका रूपमा विकास गर्न स्थानीय सरकार, लुम्बिनी विकास कोष र पर्यटन क्षेत्रबीच सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–१० बाट सुरु हुने तीनवटा साइकल मार्गले पर्यटकलाई फरकफरक अनुभव प्रदान गर्नेछन् । आठ किलोमिटर लामो ‘मैत्री मार्ग’ पूरा गर्न दुईदेखि तीन घण्टा लाग्नेछ । यस मार्गमा मन्दिर, पोखरी, खेतीयोग्य जमिन, ग्रामीण बस्ती र स्थानीय हस्तकला केन्द्रको अवलोकन गर्न सकिनेछ ।

त्यस्तै, १६ किलोमिटर लामो ‘प्रज्ञा मार्ग’ पूरा गर्न चारदेखि पाँच घण्टा लाग्नेछ । यस मार्गमा खेतबारी, नदी किनारका गाउँ, चराचुरुङ्गी, वन्यजन्तु, कुम्हार बस्ती, स्थानीय बजार र झोलुङ्गे पुलको अवलोकन गर्न सकिनेछ । २४ किलोमिटर लामो ‘करुणा मार्ग’ पूरा गर्न सातदेखि आठ घण्टा लाग्नेछ । यसले पर्यटकलाई नदीपारिका बस्ती, पुराना गाउँ, आश्रम, खेतीपाती र ऐतिहासिक स्थलसम्म पुर्‍याउनेछ ।

साइकल मार्ग सञ्चालनले पर्यटकलाई लुम्बिनीको मूल क्षेत्रबाहिरको ग्रामीण जीवन र संस्कृतिसँग प्रत्यक्ष जोड्ने अपेक्षा गरिएको छ । पर्यटक गाउँसम्म पुग्दा स्थानीय कृषि उत्पादन, हस्तकला, परम्परागत परिकार र घरेलु उत्पादनको बजार विस्तारमा सहयोग पुग्नेछ । गाउँमा घरबास, चिया, कफी तथा स्थानीय परिकारको व्यवसाय बढ्न सक्नेछ । यसबाट स्थानीय युवाका लागि रोजगारी र स्वरोजगारीका अवसर सिर्जना हुनाका साथै पर्यटनबाट प्राप्त आम्दानी गाउँसम्म पुग्ने अपेक्षा गरिएको छ ।

लुम्बिनीलाई केन्द्र बनाएर कपिलवस्तुको तिलौराकोट, देवदह र रामग्रामलगायत बुद्धकालीन तथा प्राचीन सभ्यतासँग सम्बन्धित स्थलको पर्यटन प्रवद्र्धन गर्न सके बृहत्तर लुम्बिनी क्षेत्रलाई अन्तरराष्ट्रिय बौद्ध पर्यटनको सञ्जालका रूपमा विकास गर्न सकिने सम्भावना छ ।

लुम्बिनी सन् १९९७ मा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को विश्व सम्पदा सूचीमा सूचीकृत भएको हो । सम्राट् अशोकले इसापूर्व २४९ मा स्थापना गरेको अशोक स्तम्भको अभिलेखले लुम्बिनीलाई गौतम बुद्धको जन्मस्थलका रूपमा प्रमाणित गरेको छ । मायादेवी मन्दिर, प्राचीन विहार, स्तूप र पुरातात्विक अवशेषले यसको ऐतिहासिक तथा धार्मिक महत्व झल्काउँछन् ।

पर्यटकको बसाइ अवधि लम्ब्याउने, प्रतिपर्यटक खर्च बढाउने र स्थानीय उत्पादन तथा सेवाको उपभोग विस्तार गर्ने पर्यटन क्षेत्रका प्रमुख आधार हुन् । साइकल पर्यटनले यी अवसर सिर्जना गर्दै लुम्बिनीको धार्मिक पहिचानलाई ग्रामीण पर्यटनसँग जोड्न र त्यसबाट प्राप्त हुने आर्थिक लाभ स्थानीय समुदायसम्म पुर्‍याउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

  • कपिलवस्तु
  • रूपन्देही
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    म्याग्दीमा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय स्थापना

  • Post Thumbnail

    बाढी प्रभावित ९७० परिवारलाई घरभाडा रकम वितरण सुरु

  • Post Thumbnail

    नेपाल श्रीलङ्का चेम्बर अफ कमर्सको अध्यक्षमा नरेन्द्रबल्लभ पन्त

  • पोखरामा नेपाल–जापान सांस्कृतिक महोत्सव

    पोखरामा नेपाल–जापान सांस्कृतिक महोत्सव

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ८ गते मंगलबार

    २०८३ मंसिर ८ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    भोजपुरका किसान कृत्रिम गर्भाधानतर्फ आकर्षित

    Post Thumbnail

    लुम्बिनीमा साइकल पर्यटनबाट गाउँ र अर्थतन्त्र जोड्ने प्रयास

    Post Thumbnail

    मेची भन्सारको राजस्व असुली लक्ष्यभन्दा १० प्रतिशत बढी

    कैलालीमा १५ हजार ८५२ क्विन्टल धान खरिद

    कैलालीमा १५ हजार ८५२ क्विन्टल धान खरिद

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution