Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ८, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
त्रिशूली

बाढी प्रभावित ९७० परिवारलाई घरभाडा रकम वितरण सुरु

भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको छ ।
रासस ६५१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ९, बुधबार (१७ मिनेट अघि)
Post Thumbnail

त्रिशूली (नुवाकोट), ९ मङ्सिरः भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको छ ।

सङ्घीय सरकारले बाढी प्रभावित परिवारलाई घरभाडाबापत नगद सहयोग उपलब्ध गराउने घोषणा गरेअनुसार विदुर नगरपालिकाका ९७० परिवारको बैङ्क खातामा रकम पठाउन थालिएको हो । नगरप्रमुख राजन श्रेष्ठका अनुसार बाढीबाट प्रभावित भई लाभग्राही कायम भएका र घरभाडामा बस्दै आएका परिवारलाई उक्त रकम उपलब्ध गराउन थालिएको हो ।

“लाभग्राही कायम भएका वडा नं १० वेत्रावतीसहित आसपासका बासिन्दालाई रकम उपलब्ध गराउन सुरु गरिएकामा अहिले प्रभावित सबै वडामा पुगेका छौँ,” नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “विवरण अद्यावधिक गर्ने क्रम जारी रहेकाले लाभग्राही कायम भएका सबैलाई जतिसक्दो चाँडो रकम उपलब्ध गराउने प्रयास भइरहेको छ ।”

विदुर नगर कार्यपालिकाको गत भदौ २० गते बसेको १३४औँ बैठकले बाढी प्रभावितलाई आश्रयस्थल छाडेर घरभाडामा बस्न चाहेमा मासिक रु १० हजार उपलब्ध गराउने निर्णय गरेको थियो । त्यसलगत्तै सङ्घीय सरकारले बाढी प्रभावित परिवारलाई सुरक्षित स्थानमा घरभाडामा बस्न आग्रह गर्दै त्यसबापतको खर्च छ महिनासम्म उपलब्ध गराउने घोषणा गरेको थियो । सोही घोषणाअनुसार दोहोरो भुक्तानी नहुने गरी विदुर नगरपालिकाले घरभाडाबापतको रकम उपलब्ध गराउन थालेको हो ।

नगरपालिकाले सामाजिक सङ्घसंस्थासँगको सहकार्यमा घरभाडामा बस्दा आवश्यक पर्ने बन्दोबस्तीका सामग्री, लत्ताकपडा, भाँडाकुँडा तथा सरसफाइका सामग्री यसअघि नै राहतस्वरूप उपलब्ध गराउँदै आएको छ । लाभग्राही पहिचानका लागि आवश्यक विवरण सङ्कलन तथा प्रमाणीकरणमा समय लागेकाले घरभाडाबापतको रकम वितरण गर्न ढिलाइ भएको नगर उपप्रमुख प्रभा बोगटीले बताउनुभयो ।

उहाँका अनुसार विदुर नगरपालिकामा बाढी प्रभावित एक हजार ७८६ परिवार लाभग्राही कायम भएका छन् । केही परिवार छुटेको गुनासो आइरहेकाले लाभग्राहीको सङ्ख्या थपघट हुनसक्ने उपप्रमुख बोगटीले जानकारी दिनुभयो ।

सरकारले बाढी प्रभावित परिवारलाई कम्तीमा छ महिनासम्म मासिक घरभाडा उपलब्ध गराउने घोषणा गरेको छ । घोषणाअनुसार चार जनासम्म सदस्य भएको परिवारलाई प्रतिमहिना रु १५ हजार उपलब्ध गराउन थालिएको हो । चार जनाभन्दा बढी सदस्य भएको परिवारमा प्रत्येक थप सदस्यका लागि प्रतिमहिना रु दुई हजारका दरले थप रकम उपलब्ध गराउने व्यवस्था छ ।

बाढीबाट प्रभावित नुवाकोटको बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिकामा पनि घरभाडाबापतको रकम वितरणका लागि लाभग्राही पहिचानको काम अन्तिम चरणमा पुगेको छ । ती स्थानीय तहले लाभग्राही यकिन भएपछि रकम वितरण सुरु गर्ने जनाएका छन् ।

  • त्रिशूली
  • नुवाकोट
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    नेपाल श्रीलङ्का चेम्बर अफ कमर्सको अध्यक्षमा नरेन्द्रबल्लभ पन्त

  • पोखरामा नेपाल–जापान सांस्कृतिक महोत्सव

    पोखरामा नेपाल–जापान सांस्कृतिक महोत्सव

  • Post Thumbnail

    गुरु नानकको ५५७औँ जयन्ती मनाइयो

  • Post Thumbnail

    हिंसाविरुद्ध प्रतिबद्धता भाषणमा होइन, पीडितले पाउने न्याय र सुरक्षामा देखिनुपर्छः मन्त्री वादी

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ८ गते मंगलबार

    २०८३ मंसिर ८ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    बाढी प्रभावित ९७० परिवारलाई घरभाडा रकम वितरण सुरु

    विपद् प्रतिकार्य र प्राविधिक सहयोगबारे प्रहरी महानिरीक्षक र अमेरिकी कार्यवाहक राजदूतबीच छलफल

    विपद् प्रतिकार्य र प्राविधिक सहयोगबारे प्रहरी महानिरीक्षक र अमेरिकी कार्यवाहक राजदूतबीच छलफल

    Post Thumbnail

    दसौँ राष्ट्रिय खेलकुदमा गण्डकीका ७५० खेलाडी, ३१ खेलमा प्रतिस्पर्धा

    Post Thumbnail

    नेपाल श्रीलङ्का चेम्बर अफ कमर्सको अध्यक्षमा नरेन्द्रबल्लभ पन्त

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution