
काठमाडौँ, ९ मङ्सिरः नेपाल श्रीलङ्का चेम्बर अफ कमर्सको अध्यक्षमा नरेन्द्रबल्लभ पन्त निर्वाचित हुनुभएको छ ।
चेम्बरको आज यहाँ आयोजित २०औँ वार्षिक साधारणसभा तथा निर्वाचनबाट पन्तको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा प्रदीपलाल श्रेष्ठ, उपाध्यक्षद्वयमा चङ्की क्षेत्री र सुदेश उपाध्याय, महासचिवमा शिवाङ्गी शाह, कोषाध्यक्षमा अभिषेक अग्रवाल, सहकोषाध्यक्षमा मनीष राजभण्डारी र सचिवमा सुनिता सिंह निर्वाचित हुनुभएको छ ।
त्यसैगरी, कार्यसमिति सदस्यमा राजेश शाक्य, धीरज कार्की, सुमन श्रेष्ठ, रञ्जन खड्का, रश्मि जोशी, सुधीर अग्रवाल, विवेक झा, सुमेध शाक्य, रिकेन महर्जन र नवराज बजगाईं निर्वाचित हुनुभएको छ ।
निर्वाचनबाट चेम्बरका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठलाई मानार्थ सदस्य, विजयबहादुर श्रेष्ठलाई निवर्तमान अध्यक्ष र जय देवानलाई सल्लाहकार समितिको जिम्मेवारी दिइएको छ ।
चेम्बरको २०औँ वार्षिक साधारणसभाको श्रीलङ्काका लागि नेपालका राजदूत रुवान्थी डेल्पिटियाले उद्घाटन गर्नुभएको थियो ।
सो अवसरमा उहाँले नेपाल र श्रीलङ्काबीच व्यापारिक सम्बन्ध विस्तार गर्न व्यावसायिक प्रतिनिधिमण्डलको आदानप्रदान, व्यापार मेला, प्रदर्शनी, व्यावसायिक भेटघाट तथा क्षेत्रगत सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभएको थियो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |