Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ८, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
धनगढी

कैलालीमा १५ हजार ८५२ क्विन्टल धान खरिद

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद उपकेन्द्रमार्फत किसानबाट १५ हजार ८५२ क्विन्टल धान खरिद गरेको छ ।
रासस ६७६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ९, बुधबार (१४ मिनेट अघि)
कैलालीमा १५ हजार ८५२ क्विन्टल धान खरिद

धनगढी, ९ मङ्सिरः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद उपकेन्द्रमार्फत किसानबाट १५ हजार ८५२ क्विन्टल धान खरिद गरेको छ ।

कार्यालय प्रमुख दीपक थापाका अनुसार मङ्सिर १ गतेदेखि सुरु भएको धान खरिद प्रक्रियाअन्तर्गत हालसम्म १५ हजार ८५२ दशमलव २७ क्विन्टल धान खरिद गरिएको हो ।

सरकारले चालू आर्थिक वर्ष २०८३/८४ का लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार ६६० निर्धारण गरेको छ । सोही मूल्यमा किसानबाट धान खरिद भइरहेको कार्यालय प्रमुख थापाले जानकारी दिनुभयो ।

यस वर्ष कैलालीका लागि ३० हजार क्विन्टल धान खरिद गर्ने कोटा निर्धारण गरिएको छ । गत वर्ष ३५ हजार क्विन्टल कोटा रहेकामा यस वर्ष पाँच हजार क्विन्टल घटाइएको हो ।

कम्पनीले जिल्लाका मोहनपुर, टीकापुर, सत्ती, गौरीगङ्गा, भजनी र जोशीपुर खरिद उपकेन्द्रबाट धान खरिद गरिरहेको छ । विवरणअनुसार हालसम्म मोहनपुर केन्द्रबाट तीन हजार ९७० दशमलव ३७ क्विन्टल, टीकापुरबाट दुई हजार ६७५ दशमलव ४६, सत्तीबाट तीन हजार ६६ दशमलव ३५, गौरीगङ्गाबाट एक हजार ६५२ दशमलव एक, भजनीबाट दुई हजार ३९० दशमलव पाँच र जोशीपुरबाट दुई हजार ९७ दशमलव ४९ क्विन्टल धान खरिद भएको छ ।

सरकारले निर्धारण गरेको समर्थन मूल्यमा धान बिक्री गर्न पाउँदा किसानलाई राहत पुगेको छ । तर, गत वर्षको तुलनामा यस वर्ष खरिद कोटा घटाइएकाले सरकारी खरिद प्रणालीबाट लाभान्वित हुने किसानको सङ्ख्या र खरिद हुने धानको परिमाण प्रभावित हुन सक्ने देखिएको छ ।

यसैबीच, सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा धान खरिदको कोटा बढाउन माग भएपछि खरिद प्रक्रिया अघि बढ्न सकेको छैन । जिल्लामा यस वर्ष आठ हजार क्विन्टल मोटा धान खरिद गर्ने कोटा निर्धारण गरिएकामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको प्राथमिक खरिद समितिले २० हजार क्विन्टल खरिद गर्न माग गरेको छ ।

कार्यालय प्रमुख थापाका अनुसार समितिको गत कात्तिक २० गतेको निर्णयअनुसार कोटा बढाउन केन्द्रमा पहल भइरहेको छ । कोटा थप गर्ने विषयमा निर्णय भएपछि खरिद प्रक्रिया अघि बढ्ने उहाँले बताउनुभयो ।

  • कञ्चनपुर
  • कैलाली
  • धनगढी
  • प्रतिक्रिया दिनुहोस
    आर्थिक/बजार सम्बन्धि थप
  • कोरला नाकामा पुग्छन् दैनिक सय बढी पर्यटक

    कोरला नाकामा पुग्छन् दैनिक सय बढी पर्यटक

  • मनकामना केबलकार दुई करोड १२ लाखले चढे

    मनकामना केबलकार दुई करोड १२ लाखले चढे

  • नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

    नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

  • बाँदरको उप्रदोः हरियो मस्याङ काट्न बाध्य छन् किसान

    बाँदरको उप्रदोः हरियो मस्याङ काट्न बाध्य छन् किसान

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ८ गते मंगलबार

    २०८३ मंसिर ८ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कैलालीमा १५ हजार ८५२ क्विन्टल धान खरिद

    कैलालीमा १५ हजार ८५२ क्विन्टल धान खरिद

    Post Thumbnail

    म्याग्दीमा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय स्थापना

    Post Thumbnail

    सिद्धार्थनगरको फोहोर व्यवस्थापन पाँच वर्षका लागि निजी कम्पनीलाई

    Post Thumbnail

    बाढी प्रभावित ९७० परिवारलाई घरभाडा रकम वितरण सुरु

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution