Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ८, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
गण्डकी

पोखरामा नेपाल–जापान सांस्कृतिक महोत्सव

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा आज पोखरामा नेपाल–जापान सांस्कृतिक महोत्सव आयोजना गरिएको छ ।
रासस ६७६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ८, मंगलबार (१५ मिनेट अघि)
पोखरामा नेपाल–जापान सांस्कृतिक महोत्सव

गण्डकी, ८ मङ्सिरः नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा आज पोखरामा नेपाल–जापान सांस्कृतिक महोत्सव आयोजना गरिएको छ ।

पोखराका ११ वटा रोटरी क्लबको आयोजनामा फेवाताल किनारस्थित बाराहीघाटमा भएको महोत्सवमा नेपाल र जापानका कलाकारले आ–आफ्नो देशका मौलिक कला, संस्कृति, सङ्गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

दुई देशबीचको मित्रता, सांस्कृतिक सम्बन्ध र आपसी सद्भाव अभिव्यक्त गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।

कार्यक्रममा सहभागी पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नेपाल र जापानबीचको सम्बन्ध दशकौँदेखिको मित्रता, विश्वास र सहकार्यमा आधारित रहेको बताउनुभयो । उहाँले दुई देशबीचको कूटनीतिक सम्बन्धले ७० वर्ष पूरा गर्नु ऐतिहासिक र गौरवपूर्ण अवसर भएको उल्लेख गर्नुभयो ।

जापान र नेपालबीचको सम्बन्ध सरकारी तथा कूटनीतिक तहमा मात्र सीमित नभई जनस्तरको आत्मीयता, सांस्कृतिक आदानप्रदान, पर्यटन, शिक्षा र विकास सहकार्यसम्म विस्तार भएको उहाँको भनाइ थियो । यस्ता कार्यक्रमले दुई देशका नागरिकबीचको सम्बन्ध थप प्रगाढ बनाउन सहयोग पुग्ने उहाँले बताउनुभयो ।

जापानी पर्यटकका लागि पोखरा आकर्षक गन्तव्य रहेको उल्लेख गर्दै प्रमुख आचार्यले यहाँको प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति र आतिथ्यलाई अन्तरराष्ट्रियस्तरमा चिनाउन सांस्कृतिक कार्यक्रम उपयोगी हुने बताउनुभयो । सात दशक लामो सम्बन्धका क्रममा जापानले नेपालको पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि तथा मानव संसाधन विकासमा सहयोग गर्दै आएको उहाँले उल्लेख गर्नुभयो ।

रोटरी क्लब अफ पोखराका अध्यक्ष मदन शर्माले महोत्सवमा हिमाली सांस्कृतिक परिवारका कलाकारले नेपाली मौलिक नृत्य प्रस्तुत गरेको जानकारी दिनुभयो । जापानी कलाकारले त्यहाँका लोकप्रिय बाजासहित सांस्कृतिक प्रस्तुति दिएका थिए ।

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षका अवसरमा रोटरी क्लबले काठमाडौँपछि पोखरामा महोत्सव आयोजना गरेको अध्यक्ष शर्माले बताउनुभयो । यस्ता कार्यक्रमले दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउनाका साथै जनस्तरमा आपसी सद्भाव र सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने उहाँको विश्वास थियो ।

  • काठमाडौँ
  • गण्डकी
  • बारा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    गुरु नानकको ५५७औँ जयन्ती मनाइयो

  • Post Thumbnail

    हिंसाविरुद्ध प्रतिबद्धता भाषणमा होइन, पीडितले पाउने न्याय र सुरक्षामा देखिनुपर्छः मन्त्री वादी

  • Post Thumbnail

    धान खरिदमा ढिलाइ हँुदा किसान समस्यामा

  • Post Thumbnail

    बाल–नाटक महोत्सवका लागि आलेख आह्वान

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ८ गते मंगलबार

    २०८३ मंसिर ८ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    चन्द्रविनायक र भैरवनाथ जात्रा सुरु

    पोखरामा नेपाल–जापान सांस्कृतिक महोत्सव

    पोखरामा नेपाल–जापान सांस्कृतिक महोत्सव

    दसौँ राष्ट्रिय खेलकुदः पौडीमा तीन राष्ट्रिय कीर्तिमान

    दसौँ राष्ट्रिय खेलकुदः पौडीमा तीन राष्ट्रिय कीर्तिमान

    Post Thumbnail

    गुरु नानकको ५५७औँ जयन्ती मनाइयो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution