Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ८, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
धनगढी

उपभोक्ता अधिकार संरक्षणमा नियमित बजार अनुगमन र समन्वयमा जोड

उपभोक्ता अधिकार संरक्षणका लागि तीनै तहका नियामक निकायबीच समन्वय र सहकार्य गरी नियमित बजार अनुगमन गर्नुपर्नेमा जोड दिइएको छ ।
रासस ९७६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ४, शुक्रबार (४ दिन अघि)
Post Thumbnail

धनगढी, ४ मङ्सिरः उपभोक्ता अधिकार संरक्षणका लागि तीनै तहका नियामक निकायबीच समन्वय र सहकार्य गरी नियमित बजार अनुगमन गर्नुपर्नेमा जोड दिइएको छ ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालको आयोजनामा आज कैलालीको धनगढीमा भएको स्थानीय, प्रदेश तथा सङ्घीय सरकारका नियामक निकायबीचको परामर्श बैठकमा उपभोक्ता अधिकार संरक्षण कुनै एक निकायको मात्र जिम्मेवारी नभएकाले सबै निकाय मिलेर काम गर्नुपर्नेमा जोड दिइएको हो ।

बैठकमा नेपालको संविधानको धारा ४४ ले प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने र गुणस्तरहीन वस्तु तथा सेवाबाट क्षति पुगेमा कानुनबमोजिम क्षतिपूर्ति पाउने हक सुनिश्चित गरेको उल्लेख गर्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि तीनै तहका निकायले आफ्नो क्षेत्राधिकारअनुसार काम गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो ।

जिल्ला बजार अनुगमन समितिका संयोजक एवं कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले वस्तु तथा सेवा खरिद गर्नुअघि गुणस्तर र मूल्यबारे जानकारी लिन उपभोक्ता स्वयं सचेत हुनुपर्ने बताउनुभयो । गुणस्तरहीन वस्तु तथा सेवाबाट ठगी वा शोषण भएको आशङ्का लागेमा त्यस्ता वस्तु तथा सेवाको बहिष्कार गर्नुपर्ने उहाँको भनाइ थियो ।

बैठकमा सहभागी धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनकराज भट्ट, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कानुन अधिकृत राजकुमार झा, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका अधिकृत बालाराम भाट तथा टीकापुर नगरपालिकाका प्रशासकीय अधिकृत रन्जु आचार्यले आआफ्नो निकायबाट भइरहेका कामबारे जानकारी गराउनुभएको थियो ।

उपभोक्ता अधिकारका क्षेत्रमा क्रियाशील सङ्घसंस्थाका प्रतिनिधिले चाडपर्वमा मात्र नभई अन्य समयमा पनि नियमित बजार अनुगमन गरी त्यसको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरेका थिए । सेवा प्रदायक र व्यवसायीलाई उपभोक्ताप्रति जिम्मेवार बनाउन तथा सेवाप्रदायकको गल्तीका कारण उपभोक्ताले व्यहोर्नुपर्ने क्षतिको क्षतिपूर्ति सुनिश्चित गर्नुपर्नेमा पनि उनीहरूले जोड दिएका थिए ।

राष्ट्रिय मानव अधिकार आयोगको सुदूरपश्चिम कार्यालयका मानव अधिकार अधिकृत दैवज्ञराज न्यौपानेले उपभोक्ता अधिकार मानव अधिकारको अभिन्न अङ्ग भएकाले यसको संरक्षणमा सम्बन्धित निकाय गम्भीर हुनुपर्ने बताउनुभयो ।

उपभोक्ता अधिकार मञ्च सुदूरपश्चिमका अध्यक्ष भोजराज जोशीले सुदूरपश्चिममा उपभोक्ता बजारमा देखिएका समस्या समाधान गर्न नियामक निकायबीच नियमित समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

बैठकमा धनगढी उपमहानगरपालिका–२ का वडाध्यक्ष धर्मराज ओझा, गैरसरकारी संस्था महासङ्घ सुदूरपश्चिमका अध्यक्ष देवी खनाल र अधिवक्ता पुष्पविक्रम शाहीले पनि उपभोक्ता अधिकार संरक्षणका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

  • कैलाली
  • धनगढी
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    म्याग्दीमा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय स्थापना

  • Post Thumbnail

    बाढी प्रभावित ९७० परिवारलाई घरभाडा रकम वितरण सुरु

  • Post Thumbnail

    नेपाल श्रीलङ्का चेम्बर अफ कमर्सको अध्यक्षमा नरेन्द्रबल्लभ पन्त

  • पोखरामा नेपाल–जापान सांस्कृतिक महोत्सव

    पोखरामा नेपाल–जापान सांस्कृतिक महोत्सव

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ८ गते मंगलबार

    २०८३ मंसिर ८ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    मेची भन्सारको राजस्व असुली लक्ष्यभन्दा १० प्रतिशत बढी

    कैलालीमा १५ हजार ८५२ क्विन्टल धान खरिद

    कैलालीमा १५ हजार ८५२ क्विन्टल धान खरिद

    Post Thumbnail

    म्याग्दीमा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय स्थापना

    Post Thumbnail

    सिद्धार्थनगरको फोहोर व्यवस्थापन पाँच वर्षका लागि निजी कम्पनीलाई

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution