Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १७, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
ललितपुर

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्ने बताउनुभएको छ ।
रासस ४५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १७, शनिबार (२ घण्टा अघि)
प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर, १७ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्ने बताउनुभएको छ ।

ललितपुरको जावलाखेलस्थित सेन्ट जेभियर्स माध्यमिक विद्यालयको ७५औँ वार्षिकोत्सव कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले भन्नुभयो, “ज्ञान र सीपसँगै नैतिकता, अनुशासन, सिर्जनशीलता, सहकार्य, करुणा र सामाजिक उत्तरदायित्व भएका नागरिक निर्माण गर्नु आजको शिक्षाको प्रमुख दायित्व हो ।” उहाँले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनका निम्ति स्वदेशमै उत्पादनशील रोजगारीको अवस्था सिर्जना गरी हरेक नागरिकमा देशभक्तिको भावना अभिवृद्धि गर्ने शिक्षा प्रदानमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

“शिक्षा व्यक्तिको ज्ञान, विवेक, चरित्र र जिम्मेवारी बोधको विकास गर्ने सशक्त माध्यम हो, त्यसैले शिक्षाले व्यक्तिलाई आफ्नो समाज, संस्कृति, इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बनाउन सघाउने हुनुपर्छ, नेपाल विभिन्न भाषा, संस्कृति, परम्परा र जीवन पद्धतिले समृद्ध देश हो, हामीले दिने शिक्षाले देशको यो भिन्नतालाई सम्मान गर्दै विद्यार्थीमा राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहअस्तित्वको भावना विकास गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु सम्भव छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

कुनै पनि शैक्षिक संस्थाका लागि निरन्तरता, प्रतिबद्धता, सेवा र योगदानको इतिहास भएको बताउँदै राष्ट्रपति पौडेलले ज्ञानको उज्यालो ज्योति छर्ने जेभियर्स स्कुलको जीवन्तयात्रा, अनुशासन, संस्कार, सेवा, जिम्मेवारी र मानवीय मूल्यलाई शिक्षाको एक अभिन्न अङ्गका रूपमा अघि बढाएको एउटा गौरवमय इतिहास हो भन्नुभयो । नेपालको शैक्षिक विकासमा यस विद्यालयले पुर्‍याएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै उहाँले यहाँबाट शिक्षित विद्यार्थीहरूले देश तथा विदेशका विभिन्न क्षेत्रमा पुर्‍याउँदै आएको योगदान उत्तिकै अनुकरणीय रहेको बताउनुभयो ।

शिक्षाको वास्तविक उद्देश्य केवल परीक्षामा राम्रो परिणाम प्राप्त गर्नु वा प्रमाणपत्र हासिल गर्नुमा सीमित हुँदैन भन्नुहुँदै राष्ट्रपति पौडेलले परिवर्तनशील समयसँगै हाम्रा आधारभूत मानवीय मूल्यहरू अझ सुदृढ हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । “सूचना प्रविधिको द्रुत विकास भएको आधुनिक युगमा हामी कस्तो राष्ट्र नेपाल निर्माण गर्न चाहन्छौँ र भोलिका लागि कस्तो जनशक्ति आवश्यक पर्छ भन्ने प्रश्नको उत्तर पनि हाम्रो शैक्षिक प्रणालीले पहिल्याउनुपर्छ”, उहाँले भन्नुभयो ।

आगामी दिनमा यस स्कुलले शिक्षाका माध्यमबाट नागरिकको सर्वाङ्गीण विकास र राष्ट्र निर्माणमा अझ प्रभावकारी ढङ्गले योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रिय समाचार समिति (रासस)

  • ललितपुर
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

    भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

  • बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत

    बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत

  • Post Thumbnail

    भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

  • बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति

    बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १७ गते शनिबार

    २०८३ असोज १७ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान

    Post Thumbnail

    इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

    ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै

    ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै

    Post Thumbnail

    दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution