Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १७, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
चितवन

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट भरतपुर अस्पतालसम्म ल्याउने र परीक्षणपछि व्यवस्थापन गर्न देवघाटसम्म पुर्‍याउने
रासस ६०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १७, शनिबार (५६ मिनेट अघि)
Post Thumbnail

चितवन, १७ असोजः भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट भरतपुर अस्पतालसम्म ल्याउने र परीक्षणपछि व्यवस्थापन गर्न देवघाटसम्म पुर्‍याउने एम्बुलेन्स चालकलाई सम्मान गरिएको छ ।

संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपाल (ट्रेड युनियन सङ्घ) जिल्ला शाखा चितवनले आज यहाँ आयोजना गरेको पाँचौँ साधारणसभा तथा अधिवेशनको अवसरमा चालकलाई सम्मान गरिएको हो । सो अवसरमा ६५ जना चालकलाई सम्मान गरिएको थियो ।

उहाँहरूलाई सम्मान गर्दै प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विपद्मा एम्बुलेन्स चालकले निर्वाह गर्नुभएको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “शव उठाउन हामीले नेतृत्व गर्नुपर्नेमा अघिअघि एम्बुलेन्स चालक र हामी पछिपछि भयौँ ।” विपद्मा गरिने यस्ता कार्यको राज्य पक्षबाट मूल्याङ्कन हुनुपर्ने उहाँले बताउनुभयो ।

सङ्घका केन्द्रीय अध्यक्ष नवराज लामिछानेले चालकहरूले नदीमा शव उठाउने, एम्बुलेन्समा राख्ने र झार्नेसम्मका काम गरेका बताउनुभयो । उहाँले भन्नुभयो, “तीन–चार दिनदेखि गन्हाइरहेका शव कुनै अप्ठ्यारो महसुस नगरी हामीले बोक्यौँ ।” कतिपय शव राख्ने ठाउँको अभावमा लामो समय एम्बुलेन्समा राख्नुपरेको उहाँले बताउनुभयो ।

सो अवसरमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले विपद्मा चालकहरूले निर्वाह गर्नुभएको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । कार्यक्रममा चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटा, भरतपुर अस्पतालका साइदिप घिमिरे, सङ्घका जिल्ला अध्यक्ष कल्याण लामा, सचिव मिलन श्रेष्ठ, नेपाल ब्लड डोनर्स एसोसिएसनका अध्यक्ष अर्जुन अधिकारीलगायतले आआफ्नो धारणा राख्नुभएको थियो ।

यसैबीच अधिवेशनले कल्याण लामाको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । भोटेकोशी बाढीको समयमा चितवनसहित धादिङ, नवलपरासी, तनहुँ, कास्की, नुवाकोटका एम्बुलेन्सले शव व्यवस्थापनमा खटिएका थिए । चितवनमा १३५ वटा एम्बुलेन्स सङ्घमा आबद्ध थिए । भोटेकोशी बाढीका सबैभन्दा बढी ३६९ वटा शव चितवनमा फेला परेका थिए ।

राष्ट्रिय समाचार समिति (रासस)

  • कास्की
  • चितवन
  • तनहुँ
  • धादिङ
  • नवलपरासी
  • नुवाकोट
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति

    बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति

  • Post Thumbnail

    हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

  • Post Thumbnail

    यसरी हुन्छ जलमापन केन्द्रबाट नारायणीको निगरानी

  • Post Thumbnail

    सहकारीका ऋणीलाई ११ करोड असुली

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १७ गते शनिबार

    २०८३ असोज १७ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

    भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

    Post Thumbnail

    लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य

    Post Thumbnail

    कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने

    Post Thumbnail

    भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution