Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १७, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
त्रिशूली

बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु भएका तथा बेपत्ता भएका राष्ट्रसेवक कर्मचारीका परिवारलाई आज विदुरमा नगद
रासस ८७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १७, शनिबार (१ घण्टा अघि)
बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत

त्रिशूली (नुवाकोट), १७ असोज : भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु भएका तथा बेपत्ता भएका राष्ट्रसेवक कर्मचारीका परिवारलाई आज विदुरमा नगद राहत उपलब्ध गराइएको छ । नुवाकोटलाई जन्मथलो बनाइ राष्ट्रसेवामा कार्यरत कर्मचारीहरूको साझा संस्था राष्ट्र सेवक कर्मचारी समाज नुवाकोटले प्रभावित परिवारलाई राहतस्वरूप जनही रु २५ हजारका दरले नगद सहयोग उपलब्ध गराएको हो ।

समाजका अध्यक्ष उदयबहादुर रानामगरका अनुसार गत भदौ १० गते गएको विनाशकारी भोटेकोसी बाढीका कारण सरकारी तथा सरकारी स्वामित्वका सार्वजनिक सेवा प्रवाहमा कार्यरत नुवाकोटका २० जना राष्ट्रसेवक कर्मचारी मृत्यु तथा बेपत्ता भएको तथ्याङ्कका आधारमा उनीहरूका परिवारलाई राहत उपलब्ध गराइएको हो ।

“राष्ट्र सेवामा समर्पित भएर कार्यक्षेत्रमा खटिएका कर्मचारी आफैँ बाढीमा परी प्रभावित हुनु दुःखद अवस्था हो”, अध्यक्ष रानामगरले भन्नुभयो, “यस दुःखको घडीमा राष्ट्र सेवक कर्मचारी समाजका तर्फबाट नगद सहयोगसहित आगामी दिनमा प्रभावित परिवारलाई आवश्यक सहयोग र सहजीकरण गरिनेछ ।”

समाजका अनुसार नुवाकोटलाई जन्मथलो बनाएर राष्ट्रसेवामा कार्यरत स्थायी तथा अस्थायी कर्मचारीमध्ये बाढीका कारण मृत्यु तथा बेपत्ता भएका २० जनाको परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरिएको हो । बाढीबाट प्रभावित भएकामध्ये ११ जना व्यक्तिको परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ ।

बाँकीलाई पायक पर्ने स्थानमा पुगेर राहत उपलब्ध गराइने समाजका कोषाध्यक्ष कृष्णराज खतिवडाले जानकारी दिनुभयो । राहत उपलब्ध गराउन समाजमा आबद्ध ८३ जना कर्मचारीबाट रु दुई लाख ९० हजार सङ्कलन गरिएको थियो । उक्त रकममा समाजको कोषबाट रु दुई लाख थप गरेर जुटाएर प्रभावित परिवारलाई राहत उपलब्ध गराइएको समाजका सदस्य प्रकाश सिलवालले जानकारी दिनुभयो ।

नुवाकोटलाई जन्मथलो बनाई विभिन्न सरकारी सेवामा कार्यरत तथा सेवा निवृत्त कर्मचारीको साझा संस्थाका रूपमा रहेको राष्ट्र सेवक कर्मचारी समाजले जिल्लाको विकास, समृद्धि र सकारात्मक परिवर्तनमा योगदान पुर्‍याउने उद्देश्यले विभिन्न रचनात्मक गतिविधि सञ्चालन गर्दै आएको छ । समाजले नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर, सरकारी सेवा प्रवाहसम्बन्धी अभिमुखीकरण, क्षमता विकासलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)

  • त्रिशूली
  • नुवाकोट
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

    भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

  • प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

    प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

  • Post Thumbnail

    भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

  • बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति

    बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १७ गते शनिबार

    २०८३ असोज १७ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै

    ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै

    Post Thumbnail

    दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

    भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

    भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

    Post Thumbnail

    चितवनका १०१ पत्रकारको आँखा परीक्षण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution