Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १७, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
मुस्ताङ

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ इन्धनको अभाव हुन थालेको छ । जसका कारण राष्ट्रिय
रासस ६७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १७, शनिबार (१ घण्टा अघि)
Post Thumbnail

मुस्ताङ, १७ असोज : राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ इन्धनको अभाव हुन थालेको छ । जसका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक तथा सङ्घीय, प्रादेशिक र स्थानीय तहका विकास निर्माण योजनाका काम प्रभावित भएको छ ।

मुस्ताङमा असोज ८ गतेखि ११ गतेसम्मको भारी वर्षा र त्यसबाट उत्पन्न बाढीपहिरो र नदी कटानका कारण कोरला नाकालाई जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम) सडकमार्ग ६ दिनदेखि पूर्ण रूपमा अवरुद्ध छ । सडक अवरुद्धका मुस्ताङमा इन्धन ढुवानीमा बाधा पुगेसँगै सङ्घीय, प्रादेशिक तथा स्थानीय तहका विकास आयोजना प्रभावित बन्न थालेका हुन् ।

म्याग्दी–मुस्ताङको सिमाना थासाङ गाउँपालिका–४ घाँसामा एक डिजेल पेट्रोल पम्प सञ्चालनमा छ । त्यहाँ इन्धन सञ्चित मात्रा सकिदै जान थालेको छ । बाढीपहिरो र नदी कटानले अवरुद्ध बेनी–जोमसोम सडकमार्ग मर्मतका लागि घाँसास्थित पेट्रोल पम्ममा जम्मा ७०० लिटर मात्रै डिजेल प्राप्त हुन सकेको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो ।

म्याग्दीको गलेश्वर र तातोपानीबाट दुईतर्फी रूपमा सडक मर्मत गर्ने प्रयास भइरहेको भए पनि पर्याप्त इन्धनको व्यवस्था हुन नसक्दा समस्या पर्ने गरेको आयोजना प्रमुख शर्माले बताउँनुभयो ।

एक साता बढीको बेनी–जोमसोम सडक अवरुद्धका कारण निर्माण व्यवसायीले सञ्चित गरेको डिजेल सकिँदै गइरहेकाले विकास निर्माणका काम अघि बढाउन समस्या परेको हो । पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख रविन चोख्यालका अनुसार लामो समय सडक अवरुद्ध निर्माण सामग्री तथा इन्धनको आपूर्ति हुन नसकेकाले विकास निर्माण कार्यमा बाधा पुगेको छ । निर्माण व्यवसायीले आवश्यकताअनुसार निर्माण सामग्री तथा इन्धनको जोहो गर्ने गरिएकोमा व्यवस्थापन गरिएको ईन्धन सकिँदै जान थालेकाले विकास योजना प्रभावित बन्न थालेको प्रमुख चोख्यालको भनाइ छ ।

थासाङ गाउँपालिकास्थित गुरुसाङ्वो निर्माण कन्ट्रक्सनका निर्माण व्यवसायी नविन शेरचनले एक साताअघि देखिको सडक अवरुद्ध तथा भारी वर्षाका कारण इन्धनको ढुवानी हुन नपाएकाले मुस्ताङमा विकास निर्माणका काम अलपत्र परेको बताउनुभयो । थासाङमा आफूलगायत दर्जनौँ निर्माण व्यवसायीको उपकरण इन्धन अभावले गर्दा सञ्चालनमा ल्याउन नसक्ने अवस्था रहेको निर्माण व्यवसायी शेरचनको भनाइ छ ।

मुस्ताङमा बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै पेट्रोलको समेत अभाव हुन थालेको छ । मुस्ताङमा पोखराबाट ब्यारेलमा ढुवानी गरी मिनरल वाटरको बोतलमा बिक्री गर्ने प्रचलन रहेको भए पनि ब्यारेलमा पेट्रोल ढुवानी गरी बिक्री गर्ने पसलमा पेट्रोल पाइप छोडेको छ । सडक अवरुद्धले इन्धन ढुवानीमा रोकिएपछि मुस्ताङमा पेट्रोलियम पदार्थको कालोबजारीसमेत सुरु हुन थालेको छ । सामान्य अवस्थामा रु २२५ मा प्रतिलिटर पर्ने पेट्रोल व्यापारीले इन्धन अभावको मौका छोपी बढी मूल्यमा बिक्री गर्न थालेको पाइएको छ ।

यसैगरी इन्धनको अभावसँगै मुस्ताङमा दैनिक उपभोग्य वस्तुहरूको मूल्यसमेत वृद्धि हुँदा सर्वसाधारण नागरिक समस्यामा पर्दै आएका छन् ।

राष्ट्रिय समाचार समिति (रासस)

  • मुस्ताङ
  • म्याग्दी
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

    भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

  • Post Thumbnail

    कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने

  • कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

    कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

  • Post Thumbnail

    शीतगृहले किसानलाई राहत

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १७ गते शनिबार

    २०८३ असोज १७ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    बेगनास तालमा डुबेर युवकको मृत्यु

    पोखराको पर्यटकीय गन्तव्य पुम्दीभुम्दीको प्रवर्द्धनका लागि पर्वतीय दौड

    पोखराको पर्यटकीय गन्तव्य पुम्दीभुम्दीको प्रवर्द्धनका लागि पर्वतीय दौड

    Post Thumbnail

    लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

    Post Thumbnail

    प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution