Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १७, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित सामुदायिक कुकुरलाई खाद्य सामग्री सहयोग गरिएको छ ।
रासस ७५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १७, शनिबार (१ घण्टा अघि)
भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौँ, १७ असोज : रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित सामुदायिक कुकुरलाई खाद्य सामग्री सहयोग गरिएको छ ।

विपद्का कारण बाटो अवरुद्ध भएपछि राहत तथा उद्धार सेवाबाट वञ्चित भएका रहेका कुकुरलाई नेपाल पशु कल्याण तथा वातावरण समाजले खाद्य सामग्री सहयोग गरेको हो । विपद्का कारण सडक र यातायात सम्पर्क विच्छेद हुँदा समस्यामा परेका कुुकुरलाई ‘टेम्पल डग रेस्क्यु’ को आर्थिक सहयोगमा विश्व खाद्य कार्यक्रमको हेलिकप्टरमार्फत रसुवाको स्याफ्रुबेँसी पुगेर खाद्य सामग्री सहयोग गरिएको हो ।

नेपाल पशु कल्याण तथा वातावरण समाजकी अध्यक्ष सुमेदा गौतमले विपद्का कारण भोकै बस्न बाध्य कुकुरका लागि स्यार्फुबेँशीसम्म पुगेर खाद्य सामग्री सहयोग गरिएको बताउनुभयो । मानिसका लागि राहत पुगिरहेका बेला बोल्न नसक्ने निर्दोष जीवहरू भोकै नपरून् भन्ने उद्देश्यले पहल गरिएको उहाँको भनाइ थियो ।

“मानिसका लागि राहत पुगिरहँदा बोल्न नसक्ने यी निर्दोष जीवहरू भोकै नपरून् भन्ने हाम्रो प्रयास हो, उनीहरूका लागि केही खाना पुर्याउन सक्नु ठूलो सन्तोषको विषय हो”, अध्यक्ष गौतमले भन्नुभयो ।

नेपाल पशु कल्याण तथा वातावरण समाजका कार्यकारी निर्देशक हरिप्रसाद जोशीले विपद्का बेला पशुहरू उत्तिकै पीडित हुने भएकाले उनीहरूको जीवन र कल्याणलाई राहत तथा उद्धारको प्राथमिकतामा समेटिनुपर्ने बताउनुभयो ।

“विपद् व्यवस्थापन मानिस केन्द्रित मात्र हुनुहुँदैन, मानिससँगै पशुको जीवन र कल्याणलाई राहत व्यवस्थापनको अभिन्न हिस्सा बनाउनुपर्छ”, उहाँले भन्नुभयो । पशु कल्याण तथा वातावरणको क्षेत्रमा लामो समयदेखि सक्रिय अमि कट्टेलले विपद्का समयमा पशुहरूको अवस्था झनै संवेदनशील बन्ने भएकाले उद्धार तथा राहतका हरेक प्रयासमा उनीहरूलाई प्राथमिकताका साथ समेटिनुपर्ने बताउनुभयो । उक्त समाजले स्यार्फुबेँसी क्षेत्रमा रहेका ६० भन्दा धेरै कुकुरलाई खाद्य सामग्री सहयोग गरेको छ ।

राष्ट्रिय समाचार समिति (रासस)

  • काठमाडौँ
  • रसुवा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत

    बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत

  • प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

    प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

  • Post Thumbnail

    भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

  • बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति

    बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १७ गते शनिबार

    २०८३ असोज १७ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै

    ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै

    Post Thumbnail

    दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

    भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

    भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

    Post Thumbnail

    चितवनका १०१ पत्रकारको आँखा परीक्षण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution