Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २१, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
सङ्खुवासभा

प्रदेश सरकारले जिल्ला अस्पताल सङ्खुवासभालाई एक सय शय्यामा स्तरोन्नति गर्ने

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जिल्ला अस्पताल सङ्खुवासभालाई एक सय शय्यामा स्तरोन्नति गर्ने बताउनुभएको छ । आज जिल्ला अस्पताल सङ्खुवासभाको नवनिर्मित भवन उद्घाटन गर्दै उहाँले ५० बाट १०० शय्यामा अस्पतालाई स्तरोन्नति गर्न प्रदेश सरकार तयारी रहेको बताउनुभयो ।
रासस ५०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २१, शुक्रबार (१ घण्टा अघि)
Post Thumbnail

सङ्खुवासभा, २० कात्तिक: कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जिल्ला अस्पताल सङ्खुवासभालाई एक सय शय्यामा स्तरोन्नति गर्ने बताउनुभएको छ । आज जिल्ला अस्पताल सङ्खुवासभाको नवनिर्मित भवन उद्घाटन गर्दै उहाँले ५० बाट १०० शय्यामा अस्पतालाई स्तरोन्नति गर्न प्रदेश सरकार तयारी रहेको बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले आज एक कार्यक्रमबीच नवनिर्मित भवनको उद्घाटन गर्नुभएको हो । उहाँले आगामी आर्थिक वर्षमा प्रदेश सरकारले जिल्ला अस्पताल सङ्खुवासभासहित प्रदेशका अन्य चार अस्पताललाई ५० बाट स्तरोन्नति गरी १०० शय्याको बताउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अस्पतालको भौतिक संरचनासँगै स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न आवश्यक जनशक्ति र कर्मचारी दरबन्दीसमेत थप गरिने मुख्यमन्त्री कार्कीले बताउनुभयो । अस्पतालको क्षमता विस्तारसँगै विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने प्रदेश सरकारको योजना रहेको उल्लेख गर्दै उहाँले जिल्लावासीले सामान्य उपचारका लागि अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य गर्न अस्पताललाई थप व्यवस्थित र सुविधा सम्पन्न बनाइने बताउनुभयो ।

उहाँले अस्पताललाई छिमेकी जिल्ला भोजपुर तथा आसपासका स्थानीय तह र धनकुटाका केही क्षेत्रका नागरिकलाई सेवा दिने रिफरल अस्पतालका रूपमा विकास गर्ने योजना रहेको बताउनुभयो । सडक सञ्जाल विस्तार भइसकेकाले यस क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पताललाई रिफरल अस्पतालका रूपमा विकास गर्न चाहेको मुख्यमन्त्री कार्कीले बताउनुभयो ।

उत्तर दक्षिण कोशी राजमार्गको ट्याक खुलिसकेको र सडक स्तरोन्नतिको क्रममा रहेकाले आगामी दिनमा यातायात पहुँच अझ सहज हुने अपेक्षा गरिएको बताउँदै मुख्यमन्त्री कार्कीले सडकलाई थप स्तरोन्नति गर्दै यात्रा दूरी छोट्याउने तथा आवश्यक सुरुमार्ग निर्माण गर्नुपर्ने विषयमा प्रदेश सरकारले योजना बनाइरहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा कोशी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रमणि पराजुलीले हिमाली तथा दुर्गम क्षेत्रबाट आउने बिरामीलाई उपचार सेवा प्रदान गर्ने हिसाबले यो अस्पताल महत्त्वपूर्ण स्थानमा रहेको बताउनुभयो । “गुणस्तरीय उपचार सेवा दिन अस्पताललाई थप व्यवस्थित र स्तरीय बनाउनु हाम्रो जिम्मेवारी हो”, उहाँले भन्नुभयो ।

जिल्ला समन्वय समिति सङ्खुवासभाका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यले जिल्ला अस्पतालले सङ्खुवासभासहित छिमेकी भोजपुरको उत्तरी क्षेत्रका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताउनुभयो । अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन भौतिक पूर्वाधार, उपकरण र जनशक्तिको विस्तार आवश्यक रहेको उहाँको भनाइ छ ।

कार्यक्रममा कोशी प्रदेशका आर्थिक मामिलामन्त्री विदुर लिङ्थेप, प्रदेशसभा सदस्य राजेन्द्र कार्कीलगायतको उपस्थिति थियो । उक्त भवन सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटामार्फत रु २७ करोड २७ लाख ८० हजारको लागतमा निर्माण गरिएको हो ।

विसं २०७५ असार २२ गते निर्माणको जिम्मा लिएको विकोई/स्वामीनारायण/आशीर्वाद निर्माण कम्पनीले लामो समयपछि भवन निर्माण सम्पन्न गरेको हो । निर्माण सम्झौताअनुसार २०७८ असार २२ गतेभित्र सम्पन्न हुनुपर्नेमा निर्धारित समयभन्दा करिब चार वर्षपछि मात्रै काम पूरा भएको हो ।

प्राविधिक कारणले करिब दुई वर्ष काम रोकिँदा आयोजना सम्पन्न हुन ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ । कुल एक हजार ६४१ वर्गमिटर क्षेत्रफलमा निर्माण गरिएको नयाँ भवनमा तीन वटा ब्लक छन् । जिल्ला अस्पताल सङ्खुवासभा विसं २०३३ मा स्थापना भएको हो ।

  • धनकुटा
  • भोजपुर
  • सङ्खुवासभा
  • प्रतिक्रिया दिनुहोस
    स्वास्थ्य सम्बन्धि थप
  • Post Thumbnail

    जुम्लामा ‘इएनटी’ स्वास्थ्य शिविर, एक हजार लाभान्वित

  • जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ

    जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ

  • Post Thumbnail

    सेवाग्राहीलाई समान व्यवहार गरी स्वास्थ्य सेवा दिनुपर्छ: बिजुक्छेँ

  • Post Thumbnail

    शिक्षण अस्पतालमा अत्याधुनिक उपकरण प्रयोगमा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    ‘डम्फु सेलो शतक यात्रा’ पुस्तक लोकार्पण

    चाडपर्वको समयमा अवाञ्छित गतिविधि हुन नदिन थप क्रियाशील हुनुपर्छ: प्रहरी महानिरीक्षक केसी

    चाडपर्वको समयमा अवाञ्छित गतिविधि हुन नदिन थप क्रियाशील हुनुपर्छ: प्रहरी महानिरीक्षक केसी

    Post Thumbnail

    कृषि यान्त्रीकरण प्रवर्द्धन गर्न अन्तरराष्ट्रिय प्रदर्शनी आयोजना हुँदै

    Post Thumbnail

    कोप-३१ मा सबै वर्ग र समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नेछौँ: मन्त्री चौधरी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution