Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २०, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खोटाङ

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ

सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय ओखलढुङ्गाले जिल्ला अस्पताल खोटाङलाई ५० शय्याको अस्पताल भवन हस्तान्तरण गरेको छ ।
रासस ७७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २१, शुक्रबार (१ घण्टा अघि)
जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ

खोटाङ, २० कात्तिकः सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय ओखलढुङ्गाले जिल्ला अस्पताल खोटाङलाई ५० शय्याको अस्पताल भवन हस्तान्तरण गरेको छ । नेपाल सरकारको रु २२ करोड ९० लाख ४७ हजार ९२ लागतमा निर्माण गरिएको सुविधासम्पन्न अस्पताल भवनको प्रमाणपत्र बिहीबार सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय ओखलढुङ्गाका प्रमुख इन्जिनियर सुरज पौडेलले जिल्ला अस्पताल खोटाङका निमित्त प्रमुख डा पुस्कल राईलाई हस्तान्तरण गर्नुभएको हो ।

विसं २०७८ असार २४ गते सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गासँग सम्झौता गरिएको अस्पताल भवन ३० महिनामा सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण सुरु गरिएको थियो । निर्माण कम्पनी श्यामसुन्दर–रामसागर–नेपाल फूलबारी जेभीले निर्माणको जिम्मा लिएको लिफ्ट प्रविधिसहितको चारतले आरसिसी ढलानसहितको अस्पताल भवन समयमा सम्पन्न नभएपछि निर्माण व्यवसायी सुनिल राईले जिम्मा लिएर निर्माण गरेपछि सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गालाई हस्तान्तरण गरेको थियो ।

सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गाले औपचारिक रूपमा ५० शय्याको अस्पताल भवन हस्तान्तरण गरेसँगै तिहारपछि सेवा शुभारम्भ गर्ने तयारी गरिएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख राईले जानकारी दिनुभएको छ ।

“सुविधासम्पन्न अस्पताल भवनका लागि आवश्यक सामग्री जडान गर्न बाँकी छ । तिहारपछि सबै सामग्री जडान गरेर ५० शय्याको सेवा शुभारम्भ गर्ने योजनामा छौँ”, उहाँले भन्नुभयो, “सेवा सञ्चालनपछि उपचारका लागि कोही पनि बाहिर जानुपर्दैन । अस्पतालमा विशेषज्ञ डाक्टरसहितको सबै सेवा उपलब्ध हुन्छ । विगतमा जस्तो सामान्य बिरामीको उपचारकै लागि जिल्लावासीले हेलिकप्टर चार्टरका लागि सिरानीमा पैसा राखेर बस्नु पर्दैन ।”

पटकपटक ताकेता गर्दा निर्माण कम्पनीले अटेर गरेपछि कारबाहीको प्रक्रिया सुरु भएपछि निर्माण कम्पनीले जिल्लाकै निर्माण व्यवसायी सुनिल राईलाई जिम्मा दिएको थियो । तुवाचुङ कन्ट्रक्सन प्रालिका प्रबन्ध÷निर्देशकसमेत रहनुभएका निर्माण व्यवसायी राईले निर्माणको जिम्मा लिनुभएपछि लामो समयसम्म अलपत्र बनेको सुविधा सम्पन्न अस्पताल भवनको काम सम्पन्न भएको हो ।

लामो समयसम्म अलपत्र अवस्थामा रहेको अस्पताल भवन निर्माणका लागि सबै पक्षले गरेको सहयोगप्रति सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गाका प्रमुख इन्जिनियर पौडेलले धन्यवाद व्यक्त गर्नुभयो । आफू निर्माण व्यवसायी भएर आफ्नै जिल्लाको अस्पताल भवन निर्माण गर्न पाउँदा खुसी लागेको निर्माण कम्पनीका प्रतिनिधि राईले बताउनुभएको छ ।

विसं २०४९ वैशाख १ गते १५ शय्याको सेवा उपलब्ध गराउनेगरी स्थापना गरिएको जिल्ला अस्पताललाई २०८२ साल असार २२ गते ५० शय्याको सेवा शुभारम्भ गरिएको थियो । अस्पताल भवन निर्माण सम्पन्न नहुँदै सबै प्रकारका बिरामीको उपचार सेवा जिल्लामै उपलब्ध गराउने भन्दै कोशी प्रदेश सरकारका तत्कालीन स्वास्थ्य एवं भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले सेवा शुभारम्भ गर्नुभएको हो ।

पन्ध्र शय्या क्षमतामा स्थापना भएको ३३ वर्षपछि ५० शय्यामा स्तरोन्नति गरिएको जिल्ला अस्पतालमा आवश्यक भवन निर्माणको काम सम्पन्न नहुँदा सेवा प्रभावित भएको थियो । निर्माणाधीन जिल्ला अस्पताल भवनको काम सम्पन्न नभइ कोशी प्रदेशका मन्त्रीको उपस्थितिमा तामझामका साथ ५० शय्याको सेवा शुभारम्भ गरिएको विषयमा सामाजिक सञ्जालमा असन्तुस्टि जनाएका थिए ।

अस्पताल भवनको पहिलो तलामा ओपीडीकक्ष, इमरजेन्सीकक्ष, शल्यक्रियाकक्ष, एक्स–रे कक्ष, फार्मेसी, सेक्युरिटी रूम (कोठा) लगायतका भौतिक संरचना निर्माण गरिएको छ । अस्पताल भवनको दोस्रो तलामा प्रसूतिसम्बन्धी सेवा तथा प्रसूतिसम्बन्धी शल्यक्रिया, तेस्रो तलामा आइसीयूकक्ष, आइसोलेसनकक्ष, क्याविन तथा चौथो तलामा प्रशासन, लेखा, सेमिनार हललगायतका भौतिक संरचना निर्माण गरिएको छ ।

  • ओखलढुङ्गा
  • खोटाङ
  • प्रतिक्रिया दिनुहोस
    स्वास्थ्य सम्बन्धि थप
  • Post Thumbnail

    सेवाग्राहीलाई समान व्यवहार गरी स्वास्थ्य सेवा दिनुपर्छ: बिजुक्छेँ

  • Post Thumbnail

    शिक्षण अस्पतालमा अत्याधुनिक उपकरण प्रयोगमा

  • Post Thumbnail

    सात लाख बराबरका विष्फोटक पदार्थ नष्ट

  • Post Thumbnail

    एघार जना फरार प्रतिवादी पक्राउ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    हराउँदै ‘फेरी’को भाका, परम्परा धान्दै अर्जुन

    हराउँदै ‘फेरी’को भाका, परम्परा धान्दै अर्जुन

    जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ

    जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ

    Post Thumbnail

    हुकाहुकी पर्वका लागि सीमित बन्दै जुटखेती

    तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

    तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution