
जुम्ला, २० कात्तिकः जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र रिड्स नेपालको सहकार्यमा सञ्चालित नाक कान तथा घाँटी (इएनटी) स्वास्थ्य शिविरबाट एक हजार ३७ जना लाभान्वित भएका छन् ।
शिविरमा जाँच गरेकामध्ये ४३ जना बिरामीको शल्यक्रिया गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक विनम्र विष्टले जानकारी दिनुभयो । प्रतिष्ठानको शल्यचिकित्सा क्षमता अभिवृद्धि गर्नुका साथै आगामी दिनमा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिने प्रतिष्ठानका निर्देशक विष्टको भनाइ छ ।
भौगोलिक विकटताका कारण स्वास्थ्य सेवाबाट वञ्चित हुँदै आएका कर्णालीका नागरिकलाई घरमै विशेषज्ञ शल्यचिकित्सा सेवा उपलब्ध हुनु महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको प्रतिष्ठानका रजिष्ट्रार प्रकाशचन्द खत्रीले बताउनुभयो । यही कात्तिक १२ गतेदखि सञ्चालन भएको सो स्वास्थ्य शिविर बिहीबार सम्पन्न भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |