Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २१, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

कृषि यान्त्रीकरण प्रवर्द्धन गर्न अन्तरराष्ट्रिय प्रदर्शनी आयोजना हुँदै

नेपालमा कृषि यान्त्रीकरण तथा आधुनिक कृषि प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यले आठौँ अन्तरराष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी-२०८३ आयोजना हुने भएको छ ।
रासस ५५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २१, शुक्रबार (१ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, २० कात्तिकः नेपालमा कृषि यान्त्रीकरण तथा आधुनिक कृषि प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यले आठौँ अन्तरराष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी-२०८३ आयोजना हुने भएको छ ।

आगामी मङ्सिर ४ देखि ६ गतेसम्म काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुने प्रदर्शनीमा २० देशका दुई हजारभन्दा बढी प्रकारका कृषि औजार, उपकरण, यन्त्र तथा प्रविधि प्रदर्शन गरिने भएको छ ।

नेपाल कृषि मेशिनरी व्यवसायी सङ्घका अनुसार तीनदिने प्रदर्शनीमा १५० भन्दा बढी स्टल रहनेछन् । प्रदर्शनीमा प्रवेश निःशुल्क हुनेछ ।

स्वदेशी कृषि यन्त्र, उपकरण तथा प्रविधि उत्पादकलाई प्रोत्साहन गर्ने उद्देश्यले करिब ३० वटा स्टल स्वदेशी उत्पादक कम्पनी तथा संस्थालाई निःशुल्क उपलब्ध गराइनेछ । यस्तै, ‘मेक इन नेपाल’ तथा ‘मेड इन नेपाल’ कम्पनीलाई स्टल भाडामा ६० प्रतिशत, सङ्घका सदस्यलाई ५० प्रतिशत र अन्य नेपाली कम्पनीलाई २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

प्रदर्शनीमा आधुनिक कृषि, पशुपन्छीपालन, मत्स्यपालन, पुष्पखेती, व्यावसायिक तरकारीखेती, सिँचाइ, बाली भित्र्याएपछिको व्यवस्थापन, प्रशोधन तथा बजारीकरणसम्बन्धी आधुनिक यन्त्र, उपकरण र प्रविधि प्रदर्शन गरिनेछ । साथै, बीउबिजन तथा कृषि र पशुपन्छीसम्बन्धी सेवा प्रदान गर्ने राष्ट्रिय तथा अन्तरराष्ट्रिय उत्पादक र विक्रेताको सहभागिता रहनेछ ।

प्रदर्शनीको आयोजकमा कृषि विभागअन्तर्गतको राष्ट्रिय कृषि इञ्जिनियरिङ तथा यान्त्रिकीकरण प्रवद्र्धन केन्द्र, हरिहरभवन र नेपाल कृषि मेशिनरी व्यवसायी सङ्घ रहेका छन् । बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन सहआयोजकका रूपमा रहेका छन् ।

नेपालको कृषि तथा पशुपन्छीपालन क्षेत्रलाई यान्त्रिकीकरण, औद्योगिकीकरण, आधुनिकीकरण र व्यावसायिकीकरण गर्न सहयोग पुर्‍याउने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको हो । एउटै स्थानमा आधुनिक कृषि तथा पशुपन्छीपालनका उपकरण, मत्स्यपालन, सिँचाइ, शीतभण्डार, बाली भित्र्याएपछिको व्यवस्थापन तथा प्रशोधन प्रविधि, तरकारीखेती, पुष्पखेती, नर्सरी र बीउबिजनसम्बन्धी जानकारी उपलब्ध गराउनु प्रदर्शनीको उद्देश्य रहेको आयोजकले जनाएको छ ।

प्रदर्शनीमार्फत उपभोक्ता तथा नीतिनिर्मातालाई कृषि यान्त्रीकरणका नवीनतम प्रविधिबारे जानकारी गराउनुका साथै कृषि यन्त्र तथा उपकरणको प्रचारप्रसार गरी कृषि यान्त्रीकरणको विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • चाडपर्वको समयमा अवाञ्छित गतिविधि हुन नदिन थप क्रियाशील हुनुपर्छ: प्रहरी महानिरीक्षक केसी

    चाडपर्वको समयमा अवाञ्छित गतिविधि हुन नदिन थप क्रियाशील हुनुपर्छ: प्रहरी महानिरीक्षक केसी

  • Post Thumbnail

    कोप-३१ मा सबै वर्ग र समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नेछौँ: मन्त्री चौधरी

  • बूढानीलकण्ठमा कृषक सम्मेलन सुरु

    बूढानीलकण्ठमा कृषक सम्मेलन सुरु

  • कर्णालीका खराब सूचक सुधारमा ध्यान दिन मुख्यमन्त्री शाहीको सुझाव

    कर्णालीका खराब सूचक सुधारमा ध्यान दिन मुख्यमन्त्री शाहीको सुझाव

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    यस्ता छन् कर्णाली मन्त्रिपरिषद् बैठकका निर्णय

    Post Thumbnail

    डिजिटल वित्तीय प्रणाली सुरक्षित गर्न एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र स्थापना

    Post Thumbnail

    ‘डम्फु सेलो शतक यात्रा’ पुस्तक लोकार्पण

    चाडपर्वको समयमा अवाञ्छित गतिविधि हुन नदिन थप क्रियाशील हुनुपर्छ: प्रहरी महानिरीक्षक केसी

    चाडपर्वको समयमा अवाञ्छित गतिविधि हुन नदिन थप क्रियाशील हुनुपर्छ: प्रहरी महानिरीक्षक केसी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution