
वीरगञ्ज (पर्सा), १९ कात्तिकः नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जले अत्याधुनिक प्रयोगशाला उपकरण प्रयोगमा ल्याएको छ ।
बिरामीको स्वास्थ्य परीक्षण सेवालाई थप आधुनिक, प्रभावकारी, छिटो र विश्वसनीय बनाउन सहयोग पु¥याउने उद्देश्यले उक्त प्रयोगशाला उपकरण प्रयोगमा ल्याएको हो ।
अस्पतालका सूचना अधिकारी विराज किशोरका अनुसार प्रविधिमा आधारित उक्त उपकरणले जैविक रासायनिक परीक्षण, शरीरमा रहेका विभिन्न लवण तथा खनिज तत्त्वको परीक्षण र प्रतिरक्षासम्बन्धी परीक्षण गरी तीन महत्त्वपूर्ण परीक्षण प्रणालीलाई एउटै उपकरणमा एकीकृत गरेको छ ।
एकै प्रयोगशालाबाट विभिन्न प्रकारका स्वास्थ्य परीक्षण सहज रूपमा सञ्चालन गर्न सकिने सुविधा प्रदान गरेको छ । यो उपकरण मधेस प्रदेशमै पहिलो पटक जडान गरिएको अस्पतालको भनाइ छ ।
प्रविधिको प्रयोगबाट परीक्षण प्रक्रियालाई थप व्यवस्थित बनाउनुका साथै बिरामीले प्रयोगशालाको प्रतिवेदन प्राप्त गर्न लाग्ने समय कम हुने भएको छ ।
मुख्यगरी जैविक रासायनिक परीक्षण प्रणाली अन्तर्गत कलेजो, मिर्गौला, मधुमेह तथा अन्य विभिन्न प्रक्रियासँग सम्बन्धित परीक्षण गर्नुका साथै विद्युतीय प्रणालीमार्फत सोडियम, पोटासियम तथा क्लोराइडजस्ता शरीरका लवण तथा खनिज तत्त्वको परीक्षण गर्न सकिने वरिष्ठ प्रयोगशाला प्राविधिक शर्माको भनाइ छ ।
यसअघि विभिन्न जटिल तथा विशेष प्रकृतिका परीक्षणका लागि अन्य ठूला सहर वा सुविधासम्पन्न प्रयोगशालामा निर्भर हुनुपर्ने बाध्यता अब कम गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।
वीरगञ्ज महानगरपालिका–१५ मा अवस्थित र विसं २०५८ मा स्थापना भएको सो अस्पताल त्रिभुवन विश्वविद्यालयसँग सम्बद्ध छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |