
बाँके, १४ कात्तिकः नेपालगन्जमा आजदेखि सुरु भएको तेस्रो अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपमा ३८ वटा व्यक्तिगत र दुईवटा रिले इभेन्टमा ललितपुरको सगरमाथा स्वीमिङ क्लबले सबैभन्दा धेरै स्वर्ण जितेर अग्रता लिएको छ ।
नेपाल पौडी सङ्घको प्राविधिक सहयोगमा नेपालगन्ज स्वीमिङ क्लबले आयोजना गरेको प्रतियोगिताको पहिलो दिन ४० वटा इभेन्ट सम्पन्न हुँदा सगरमाथा क्लबले २४ वटा स्वर्ण मेडल जितेर अग्रता लिएको प्रतियोगिताका प्रमुख रेफ्री विष्णु खड्का क्षेत्रीले जानकारी दिनुभयो ।
प्रतियोगितामा नयाँ दिल्ली भारतको इलाइट स्वीमिङ एकेडेमीले १० स्वर्ण जितेर दोस्रो अग्रता लिएको छ । प्रतियोगितामा ललितपुरको रातो बङ्गला र मपिल क्यानेडिन स्कुल काठमाडौँ दुई–दुई स्वर्ण जितेर तेस्रो स्थानमा अग्रता र लखनउ भारतको गल्स कलेज र शिखा एकेडेमीका चौथो स्थानमा अग्रता लिएको खड्काले बताउनुभयो ।
अन्डर ८ देखि अन्डर १७ तथा ओपन अर्थात् १७ वर्षभन्दा बढी उमेरका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । खेलाडीका बीचमा फ्रि स्टाइल, बेष्टस्ट्रोक, ब्याकस्ट्रोक, बटरफ्लाइ, रिले र व्यक्तिगत मेड्ले गरी छ छुट्टाछुट्टै विधाका ८० वटा इभेन्टमा प्रतिस्पर्धा भइरहेको छ । आइतबार थप ४० इभेन्ट रहेका छन् ।
प्रतियोगितामा देशका सबै प्रदेशका साथै भारतको दिल्ली र लखनउबाट १५० जना खेलाडी सहभागी भएका छन् ।
स्वीमिङलाई प्रवर्द्धन गर्ने उद्देश्यले नेपालगन्जका स्वीमिङ खेलप्रेमी उद्योगी, व्यवसायी, डाक्टर, इन्जिनियर, कानुन व्यवसायी, चार्टर एकाउन्टेड, सञ्चारकर्मीलगायत नागरिक समाजका अगुवाहरूको पहलमा गठन गरिएको लुम्बिनी प्रदेशकै पहिलो स्वीमिङ क्लब हो ।
यसअघि नेपालगन्ज उपमहानगरपालिका नगरप्रमुख प्रशान्त विष्टले सो प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । सो अवसरमा नगरप्रमुख विष्टले खेलकुदको विकासका लागि उपमहानगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |