
बाजुरा, १४ कात्तिकः दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बाजुरामा आजदेखि जिल्लास्तरीय खेलाडी छनोट प्रक्रिया सुरु भएको छ । आगामी मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुने दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्न जिल्लामा विभिन्न खेलका प्रतिस्पर्धा सुरु गरिएको हो ।
जिल्ला खेलकुद समिति अध्यक्ष कोपिला सिंहका अनुसार प्रतियोगितामा सहभागी हुन जिल्लाबाट १८ विधाका खेलमा ३३६ जना खेलाडीले फाराम भरेका छन् । तीमध्ये जिल्ला छनोट प्रतियोगिताबाट २२६ जना खेलाडी छनोट गरिने उहाँले जानकारी दिनुभयो ।
सदरमुकाम मार्तडीमा सुरु भएको छनोट प्रतियोगितामा विभिन्न खेल विधाका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । जिल्लाबाट छनोट भएका खेलाडीले प्रदेशस्तरीय प्रतिस्पर्धामा सहभागी हुने अवसर पाउनेछन् । अध्यक्ष सिंहले जिल्लामा १८ वटै खेलका प्रशिक्षक रहेको जानकारी दिँदै राष्ट्रिय प्रतियोगितामा बाजुराबाट ३४ जना प्रशिक्षकसमेत सहभागी हुने बताउनुभयो ।
जिल्लामा खेलाडी छनोटका लागि आवश्यक तयारी पूरा गरी प्रतियोगिता सञ्चालन गरिएको उहाँको भनाइ छ । राष्ट्रियस्तरको प्रतियोगितामा सहभागिताले जिल्लाका खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर मिल्ने अपेक्षा गरिएको छ । यसले जिल्लामा खेलकुदको विकास र नयाँ प्रतिभा पहिचान गर्नसमेत सहयोग पुग्ने विश्वास गरिएको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |