Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १४, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
बाँके

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव

नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र संरक्षणको अभाव देखिएको छ ।
रासस ४७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १५, शनिबार (५३ मिनेट अघि)
Post Thumbnail

बाँके, १४ कात्तिकः नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र संरक्षणको अभाव देखिएको छ ।

खेलकुद पूर्वाधारलाई खेलाडी उत्पादनको श्रोत मानिएपनि यसबाट खेलाडी उत्पादन हुन नसक्दा खेलाडी अभावमा पूर्वाधारको संरक्षण हुन नसकेको हो ।

पौडी खेलका एसिएन अफिसियल दामोदर अर्यालले नेपालगन्जमा रहेको खेलकुद पूर्वाधारले गिज्जाइरहेको उल्लेख गर्दै अपनत्वका कारण आर्थिक अभावले पूर्वाधारको संरक्षण हुन नसकेको बताउनुभयो ।

उहाँले नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधारको विकास आठौं राष्ट्रिय खेलकुदमा भएको जानकारी दिँदै पूर्वाधारले खेलाडी खोजीरहेको उल्लेख गर्नुभयो ।

अर्यालले भन्नुभयो, “आर्थिक अभावका कारण त्यहाँ रहेको पौडी पोखरी तीन वर्षअघिदेखि स्विमिङ क्लवको पहलले इज्जत जोगारहेको छ”

सो रङ्गशालामा रहेको एक मात्र पौडी पोखरीको सरसफाइमा मात्रै करिव दुई लाखदेखि तीन लाखसम्म अतिरिक्त खर्च भएको छ । नेपालगन्ज स्वीमिङ क्लबका अध्यक्ष केशव न्यौपानेले नियमित खेल हुने पौडी पोखरीमा नियमित सरसफाइ नभएकाले पोखरी सफा गर्न सो रकम खर्च भएको जानकारी दिनुभयो ।

नेपालगन्ज स्वीमिङ क्लबको आयोजनामा कात्तिक १४ र १५ गते नेपालगन्ज रङ्गशालामा हुने तेस्रो नेपालगन्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसिपका लागि पोखरी सफाइ तथा आन्तरिक व्यवस्थापनको काम पूरा भएको उहाँले बताउनुभयो ।

मध्यपश्चिम खेलकुद विकास समितिका प्रमुख महेश चन्दले रङ्गशालाको आन्तरिक स्रोत परिचालनबाट सक्दो काम भइरहेको उल्लेख गर्दै सङ्घीयता लागुभएपछि बजेट आउन कठिनाई भएको बताउनुभयो ।

स्वीमिङ क्लबका महासचिव कृष्ण अधिकारीले पौडी प्रतियोगिताका लागि सबै तयारी पुरा भएको उल्लेख गर्दै भारत, नेपालका गरी २०० खेलाडीले नाम दर्ता गरेको जानकारी दिनुभयो ।

प्रतियोगितामा यसपटक स्वदेशी खेलाडीसँगै भारतीय खेलाडीको सहभागिताले प्रतिस्पर्धालाई थप रोचक बनाउने अपेक्षा गरिएको छ । प्रतियोगितामा विभिन्न उमेर समूहका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । यसले नयाँ प्रतिभादेखि अनुभवी खेलाडीसम्मलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर दिने आयोजकको जनाएका छन् ।

क्लबका अनुसार अण्डर आठदेखि अण्डर १७ तथा ओपन अर्थात १७ वर्षभन्दा बढी उमेरका खेलाडीले फ्रि स्टाइल, बेष्टस्ट्रोक, ब्याकस्ट्रोक, बटरफ्लाइ, रिले र व्यक्तिगत मेड्ले गरि ६ छुट्टाछुट्टै बिधाका ८० वटा इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् ।

क्लबले पहिलो र दोस्रो संस्करण सम्पन्न गरिसकेको छ । प्रतियोगिता सम्पन्न गर्न रु ३५ लाख खर्च हुने अनुमान गरिएको छ ।

  • बाँके
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • Post Thumbnail

    नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

  • Post Thumbnail

    एनएफएलमा तीन नयाँ क्लब थपिने

  • दमौलीमा प्रथम व्यास मेयर फुटबल प्रतियोगिता सुरु

    दमौलीमा प्रथम व्यास मेयर फुटबल प्रतियोगिता सुरु

  • Post Thumbnail

    भद्रपुरमा हुने अन्तरराष्ट्रियस्तरको हक्की प्रतियोगिताको तयारी पूरा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

    Post Thumbnail

    सामाजिक समस्यासँग जुधिरहनुभएकी पार्वतीले नागरिकता पाएपछि …

    Post Thumbnail

    नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव

    Post Thumbnail

    खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution