
वीरगन्ज (पर्सा), १५ कात्तिकः सर्वदलीय/सर्वपक्षीय बैठकले आसन्न छठपर्वका अवसरमा बर्तालुको सुविधाका लागि पूजा अवधिभर विभिन्न उद्योगबाट गरिने विभिन्न चिज वस्तु÷पदार्थ एवं फोहर विसर्जनलाई पूर्ण रूपमा रोक्ने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा शनिबार यहाँ बसेको वैठकले बारा र पर्सा जिल्लाको औद्योगिक करिडोर हुँदै बग्ने सिर्सिया नदीमा भएको फोहर व्यवस्थापन सम्बन्धमा शनिबार बसेको सर्वदलीय÷सर्वपक्षीय बैठकले उद्योगहरूसँग रहेको ट्रिटमेन्ट पलान्टबाट सफा पानी नदीमा छोड्न लगाई पानीलाई सफा र स्वच्छ बनाउने निर्णय गरेको छ ।
सिर्सिया नदीमा रसायनयुक्त पानी प्रशोधन नगरी नदीमा मिसाउन पूर्ण प्रतिबन्ध लगाउने र औद्योगिक करिडोरका सबै उद्योगले आफ्नो उद्योगबाट निस्कने रसायनयुक्त पानी प्रशोधन नगरी नदीमा मिसाउन पूर्ण प्रतिबन्ध लगाउने र प्रत्यक उद्योगले अनिवार्य रूपमा आफ्नो बहिर्गमन प्रशोधन केन्द्र २४सै घण्टा पूर्ण रूपमा सञ्चालन गर्नपर्ने निर्णय गरेको हो ।
वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको विशेष उपस्थितिमा भएको बैठकको निर्णयमा भनिएको छ, “व्यक्तिगत रूपमा प्रशोधन केन्द्र राख्न नसक्ने साना तथा मझौला उद्योगका लागि उद्योग वाणिज्य सङ्घको अगुवाइ र सरकारी अनुदानमा साझा प्रशोधन केन्द्र निर्माण गर्न जग्गा पहिचान र सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्ने ।”
बैठकले विगतमा सिर्सिया नदी सम्बन्धमा भएका निर्णय एवं काम कारवाहीबारे समीक्षासमेत गरिएको थियो । त्यसैगरी बैठककले सिर्सिया नदीको दीर्घकालीन पुनर्उत्थानका लागि सङ्घीय र प्रदेश सरकारसँग प्राविधिक सहयोग लिँदै वीरगन्ज महानगरपालिका र आसपासका पालिकाले सहरको मुख्य ढल नदीमा मिसिन नदिन तत्काल वैकल्पिक नाला निर्माण गरी ढल डाइभर्सन गर्ने र तीनै तहको बजेट साझेदारीमा ‘सिर्सिया नदी संरक्षण संयुक्त कोष’ स्थापना गर्ने प्रक्रिया पनि अगाडि बढाउने निर्णय गरेको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |