
काठमाडौँ, १४ कात्तिकः तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज हुने भनिएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल स्थगित गरिएको छ । लगातारको झरीले मैदान खेलाउन योग्य नभएपछि लुम्बिनी र चितवनबीचको खेल रद्द गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार बिहीबार रातिदेखि परेको वर्षाका कारण कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदान पूरै भिजेको छ । खेल रद्द भएसँगै चितवन र लुम्बिनीले एक-एक अङ्क बाँडेका छन् ।
क्यानका अनुसार आज हुने दोस्रो खेलमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्स खेल्ने तालिका छ । उक्त खेल अपरान्ह ५ः०० बजेदेखि सुरु हुने पूर्वनिर्धारित तालिका रहेको उक्त खेल पनि वर्षाले प्रभावित हुने सम्भावना छ । यही कात्तिक ९ गतेदेखि सुरु भएको एनपिएल आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |