Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १५, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
बाजुरा

बाजुरामा वर्षासँगै उच्च हिमाली भेगमा हिमपात

शुक्रबारदेखि परेको वर्षासँगै हिमाली भेगमा उच्च भारी हिमपात भएपछि जनजीवन प्रभावित बनेको छ । निरन्तर हावाहुरी, वर्षासँगै हिमपात हुँदा यहाँ चिसो बढेको छ ।
रासस ९७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १५, शनिबार (१ घण्टा अघि)
बाजुरामा वर्षासँगै उच्च हिमाली भेगमा हिमपात

बाजुरा, १४ कात्तिकः शुक्रबारदेखि परेको वर्षासँगै हिमाली भेगमा उच्च भारी हिमपात भएपछि जनजीवन प्रभावित बनेको छ । निरन्तर हावाहुरी, वर्षासँगै हिमपात हुँदा यहाँ चिसो बढेको छ ।

बडीमालिका, बूढीनन्दा, गौमुल, खप्तड छेडेदह, हिमालीलगायत स्थानीय तहका उच्च हिमाली भेगमा गएराति नै हिमपात भएको थियो । जिल्लामा लगातार वर्षा भइरहेको छ । चिसो बढेसँगै स्थानीय बासिन्दा, पशुचौपाया तथा दैनिक कामकाज प्रभावित भएका छन् । विशेषगरी वृद्धवृद्धा, बालबालिका र बिरामीलाई चिसोले बढी समस्या पारेको छ ।

वर्षा र हिमपातका कारण ग्रामीण क्षेत्रका सडक तथा पैदलमार्गमा आवतजावत गर्नसमेत कठिनाइ भएको छ । किसानलाई कृषि तथा पशुपालनका काममा असहज भएको छ । यस्तै, निरन्तरको वर्षा र हावाहुरीका कारण जिल्लामा गएरातिदेखि केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा अवरुद्ध भएको छ ।

मौसममा आएको परिवर्तनसँगै चिसो बढेपछि दैनिक जनजीवन बनेको स्थानीय शेरबहादुर बुढाले बताउनुभयो । जिल्लामा करिब धान बाली भित्र्याउने काम अन्तिम चरणमा पुगेर कोदोबाली काट्ने चटारोमा रहेका किसानलाई वर्षाले समस्या पारेको उहाँको भनाइ छ । मौसममा सुधार नआए खेतमा रहेको पराल सुकाउन र पोकेको बाली सुरक्षित रूपमा भित्र्याउन समस्या हुने उहाँले बताउनुभयो ।

यस्तै, धार्मिक तथा पर्यकटीय क्षेत्र बडीमालिकामा पुगेका दुई जना पर्यटक निरन्तरको वर्षासहित भारी हिमपातपछि सम्पर्कविहीन भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार कञ्चरनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षका मनिष बोहरा र कृष्णपुर नगरपालिका-२ बस्ने २१ वर्षका सागर कार्की सम्पर्कविहीन भएका छन् । यही असोज ९ गते सदरमुकाम मार्तडीबाट सम्पर्कविहीन दुईसहित पाँच जनाको टोली बडीमालिका प्रस्थान गरेको थियो । तीमध्ये पूर्वका तीन जना भने बडीमालिका पुगेर सदरमुकाम मार्तडी फर्किसकेका छन् ।

  • बाजुरा
  • प्रतिक्रिया दिनुहोस
    मौसम सम्बन्धि थप
  • Post Thumbnail

    बाली लगाइएका जमिनबाट पानी निकासको व्यवस्था गर्न आह्वान

  • मुगुमा भारी वर्षा, चिसो बढ्दा जनजीवन कष्टकर बन्दै

    मुगुमा भारी वर्षा, चिसो बढ्दा जनजीवन कष्टकर बन्दै

  • Post Thumbnail

    पृथ्वीराजमार्गसहित मुलुकका १२ भन्दा बढी सडक अवरुद्ध

  • अपराह्नपछि क्रमशः मौसममा सुधार हुने

    अपराह्नपछि क्रमशः मौसममा सुधार हुने

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    खाद्य व्यवस्थाले निर्धारण गरेको मूल्यभन्दा सस्तो धान बेच्दै किसान

    Post Thumbnail

    बडीमालिका हिमपात अपडेटः एक जनाकाे उद्धार, एकको खोजी जारी

    विकासको विद्यमान कार्यसंस्कृतिमा परिवर्तन आवश्यक छ : मुख्यमन्त्री भट्ट

    विकासको विद्यमान कार्यसंस्कृतिमा परिवर्तन आवश्यक छ : मुख्यमन्त्री भट्ट

    Post Thumbnail

    स्थानीय पाडीबाच्छी हुर्काउन किसानलाई १० हजारसम्म प्रोत्साहन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution