Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १५, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कञ्चनपुर

भम्केनी धाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण हुँदै

धार्मिक पर्यटनले पूर्व-पश्चिम जोड्ने उद्देश्यका साथ कञ्चनपुरको भीमदत्त नगरपालिका-८ चुरेफेदस्थित भम्केनी धाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण भइरहेको छ ।
रासस १०२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १५, शनिबार (५१ मिनेट अघि)
Post Thumbnail

कञ्चनपुर, १४ कात्तिकः धार्मिक पर्यटनले पूर्व-पश्चिम जोड्ने उद्देश्यका साथ कञ्चनपुरको भीमदत्त नगरपालिका-८ चुरेफेदस्थित भम्केनी धाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण भइरहेको छ । ऐतिहासिक धामलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नका लागि साविकका ७५ वटा जिल्ला चिनाउने ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण हुन लागेको हो ।

नेपालको पूर्व र पश्चिमलाई धार्मिक पर्यटनले जोड्ने उद्देश्यका साथ २०७५ सालदेखि काम थालिएको मूर्ति निर्माण समितिका अध्यक्ष जनक जोशीले जानकारी दिनुभयो । “जगत्गुरु मोहनशरण देवाचार्यको अभियानमा मूर्ति निर्माण सुरु भएको हो”, उहाँले भन्नुभयो, “मूर्तिको ३९ फिट ढलान भइसकेको छ, बजेट अभावले केही समय निर्माण प्रभावित भएको थियो यसपटक प्रदेश सरकारबाट बजेट आएको छ ।” उहाँले मूर्ति निर्माणका लागि २५ टन तामा आवश्यक रहेको बताउनुभयो ।

अध्यक्ष जोशीका अनुसार हाल समितिसँग १५ टन पित्तल मौज्दात छ । जगत्गुरु मोहनशरण देवाचार्यले २०७२ वैशाखदेखि २०७४ माघसम्म नेपाललाई दाहिने पारेर परिक्रमा गर्ने क्रममा २२ टन तामा, पित्तललगायत धातु सङ्कलन गर्नुभएको उहाँले बताउनुभयो । सोबाहेक यहाँका स्थानीयको धातु सहयोगबाट मूर्ति निर्माण भइरहेको उहाँको भनाइ छ । मूर्ति निर्माणका लागि २०७४ सालमा निर्माण कम्पनी भ्याली कन्स्ट्रक्सनसँग १० करोड ८० लाखमा सम्झौता भएको थियो ।

भम्केनी धाम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पुरन खत्रीले भम्केनी धामका लागि सुदूरपश्चिम प्रदेश सरकारबाट चालु आर्थिक वर्षमा रु तीन करोड २७ लाख बजेट विनियोजन भएको जानकारी दिनुभयो । “हाम्रो प्राथमिकता मूर्ति निर्माण हो । यसबाहेक पर्यटकको सहजताका लागि अन्य संरचना पनि निर्माण गर्नेछौँ”, उहाँले भन्नुभयो, “जगत्गुरु देवाचार्यले यहाँ धार्मिक कार्य गर्न थालेपछि धाममा चहलपहल हुन थालेको हो ।”

अध्यक्ष खत्रीका अनुसार धाममा सुदूरपश्चिमका नौ वटै जिल्लाका अलग अलग कुण्डहरू निर्माण गरिएका छन् । पछिल्लो समय यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या पनि बढ्दै गएको उहाँको भनाइ छ । “नेपालका विभिन्न जिल्लाबाट धामको दर्शनका लागि भक्तजन आउने गरेका छन्”, उहाँले भन्नुभयो, “नेपाल आमाको मूर्ति निर्माणपछि धाम धार्मिक पर्यटनको केन्द्र बन्ने अपेक्षा छ ।”

धाममा सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाको फरक फरक कुण्ड निर्माण गरिएकाले यसले सुदूरपश्चिमका नौ वटै जिल्लाका धार्मिक पर्यटक पनि यहाँ पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

  • कञ्चनपुर
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    मधेसका आठ जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्नुपर्नेमा जोड

  • Post Thumbnail

    व्यक्तिगत घटना दर्ता प्रणालीबाट मतदाता नामावली अद्यावधिक गरिने

  • Post Thumbnail

    तुलसीपुर बजारका सडकमा दाताहरूले ‘डिभाइडर’ दिएपछि…

  • Post Thumbnail

    कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बाजुरामा वर्षासँगै उच्च हिमाली भेगमा हिमपात

    बाजुरामा वर्षासँगै उच्च हिमाली भेगमा हिमपात

    Post Thumbnail

    मधेसका आठ जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्नुपर्नेमा जोड

    Post Thumbnail

    व्यक्तिगत घटना दर्ता प्रणालीबाट मतदाता नामावली अद्यावधिक गरिने

    Post Thumbnail

    भम्केनी धाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण हुँदै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution