Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १०, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
भद्रपुर

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री । फूलको स्याहारमा व्यस्त महिला । झापाको शिवसताक्षी नगरपालिका–१० ट्याक्रमको दृश्य हो यो ।
रासस ९५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ११, मंगलबार (१ घण्टा अघि)
सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

भद्रपुर (झापा), १० कात्तिकः पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री । फूलको स्याहारमा व्यस्त महिला । झापाको शिवसताक्षी नगरपालिका–१० ट्याक्रमको दृश्य हो यो । बारीभरि फुलेका सयपत्रीले तिहार आगमनको मात्र सङ्केत गर्दैनन्, आफ्नै श्रमबाट आम्दानी गर्ने स्थानीय महिलाको सपना पनि उजागर गर्छ ।

एकातिर आफ्नै गाउँमा रोजगारीको अवसर, अर्कोतिर सामूहिक प्रयासबाट आत्मनिर्भर बन्ने आशा । यही उद्देश्यसहित स्थानीय महिलाले छ कठ्ठा जमिनमा १० हजार सयपत्रीका बिरुवा हुर्काएका छन् । फूल राम्रोसँग फुलेपछि उनीहरू यस वर्ष तिहारमा राम्रो आम्दानी हुने अपेक्षामा छन् ।

सयपत्री फूल कृषक आमासमूह गठन गरेर सुरु गरिएको खेतीमा करिब रु २५ हजार लगानी गरिएको छ । समूहकी संयोजक कविता बस्नेतका अनुसार यस वर्ष फूल बिक्रीबाट रु तीन लाखसम्म आम्दानी हुने अनुमान गरिएको छ । “फूलखेतीबाट राम्रो आम्दानी हुने अपेक्षा गरेका छौँ”, बस्नेतले भन्नुभयो ।

तिहार नजिकिँदै गर्दा समूहका सदस्यलाई फूल टिप्ने, माला उन्ने र बिक्रीको तयारी गर्ने चटारो छ । एउटा माला रु १०० देखि रु १५० सम्ममा बिक्री हुने अपेक्षा छ ।

सामूहिक फूलखेतीले महिलालाई घरायसी जिम्मेवारीसँगै आयआर्जनमा जोडिने अवसर दिएको छ । खेतीको स्याहारदेखि माला तयार पार्नेसम्मका काममा समूहका सदस्य जुटेका छन् । तर फूल उत्पादन गर्नुमात्र पर्याप्त हुँदैन । समयमै बिक्री गर्न नसके फूलको गुणस्तर घट्ने र आम्दानीमा असर पर्ने जोखिम रहन्छ । सम्भावित वर्षाबाट फूल जोगाउन समूहले माला उनेर कोल्ड स्टोरमा भण्डारण गर्ने तयारी गरेको संयोजक बस्नेतले बताउनुभयो ।

स्थानीय उत्पादनले बजारको माग धान्ने अपेक्षा

तिहारमा पूजाआजा, घर सजावट र मालाका लागि सयपत्रीको माग बढ्छ । स्थानीयस्तरमै उत्पादन गर्नसके बाहिरबाट फूल ल्याउनुपर्ने बाध्यता कम हुने र स्थानीय किसानलाई राहत पुग्न जान्छ । शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्राले फूलखेतीले स्थानीय महिलाको आयआर्जन बढाउनुका साथै स्थानीय उत्पादनको प्रवर्द्धनमा सहयोग पुग्ने बताउनुभयो । “स्थानीयस्तरमै फूल उत्पादन हुन थालेपछि बाहिरबाट फूल ल्याउनुपर्ने बाध्यता रहँदैन”, नगरप्रमुख थोप्राले भन्नुभयो, “फूलखेतीलाई थप क्षेत्रमा विस्तार गरी व्यावसायिक रूपमा अघि बढाउन नगरपालिकाले आवश्यक सहयोग गर्नेछ ।”

उहाँका अनुसार नगरपालिकाले फूलखेतीलाई प्रोत्साहन गर्न बिरुवा खरिदमा सहयोग गरेको थियो । स्थानीय उत्पादनको बजारीकरण र भण्डारणमा ध्यान दिनसके यसलाई दिगो आयआर्जनको माध्यम बनाउन सकिने उहाँले बताउनुभयो ।

शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले महिलाले फूलखेती गर्ने योजना सुनाएपछि समूह गठन गरी व्यवस्थित रूपमा अघि बढ्न सुझाव दिएको बताउनुभयो । महिलालाई आत्मनिर्भर बनाउन र उनीहरूको प्रयासलाई निरन्तरता दिन सहजीकरण भइरहेको उहाँको भनाइ छ ।

“महिलाले फूलखेती गर्ने योजना सुनाएपछि समूह गठन गरेर व्यवस्थित रूपमा खेती गर्न सुझाव दिएका थियौँ”, उपप्रमुख कार्कीले भन्नुभयो, “महिलालाई आत्मनिर्भर बनाउन र उनीको प्रयासलाई निरन्तरता दिन आवश्यक सहजीकरण गरिरहेका छौँ ।”

  • झापा
  • भद्रपुर
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

  • Post Thumbnail

    बसको ठक्करबाट महिलाको मृत्यु

  • Post Thumbnail

    दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

  • चलचित्र विकास बोर्डलाई आत्मनिर्भर बनाउने अध्यक्ष पण्डितको योजना

    चलचित्र विकास बोर्डलाई आत्मनिर्भर बनाउने अध्यक्ष पण्डितको योजना

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ३१ गते शनिबार

    २०८३ असोज ३१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पर्यटकको पर्खाइमा छ, मण्डनको रमणीय कोटथुम्का

    पर्यटकको पर्खाइमा छ, मण्डनको रमणीय कोटथुम्का

    सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

    सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

    Post Thumbnail

    एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

    Post Thumbnail

    लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution