
कञ्चनपुर, १० कात्तिकः कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप फुटबल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिताको आयोजक लालझाडी युवा क्लब ११ ले सोमबार पत्रकार सम्मेलन गर्दै दशौँ लालझाडी कप फुटबल प्रतियोगिता आगामी मङ्सिर ३ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने जानकारी गराएको हो ।
क्लबका अध्यक्ष काशीराम बोहराले प्रतियोगितामा पुरुषतर्फ पालिकास्तरीय फुटबल र महिलातर्फ खुला फुटबल प्रतियोगिता सञ्चालन गरिने जानकारी दिनुभयो । “यो क्षेत्र फुटबलको केन्द्र हो यहाँबाट थुप्रै खेलाडीले विभिन्न उमेर समूहमा राष्ट्रिय लिगमा खेलिसकेका छन्”, उहाँले भन्नुभयो । उहाँले क्लबले हरेक प्रतियोगितामा पुरस्कार राशि बढाउँदै गएको बताउनुभयो ।
प्रतियोगितामा पुरुषतर्फ विजेताले रु तीन लाख नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले रु एक लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछ । त्यसैगरी महिलातर्फ विजेताले रु ५० हजार र उपविजेताले रु २५ हजार नगद पुरस्कार र ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीले रु २५ हजार पुरस्कार प्राप्त गर्नेछ । त्यसैगरी प्रतियोगितामा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षकलाई ,उत्कृष्ट मिडफिल्डर, सर्वाधिक गोलकर्ता, उदयीमान खेलाडी र उत्कृष्ट प्रशिक्षकले जनही रु १०÷१० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताले स्थानीय खेलाडीको प्रतिभा पहिचान गर्न र फुटबलको विकासमा योगदान पुर्याउने अपेक्षा आयोजकको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |