Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १०, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
म्याग्दी

विपद् सङ्कटग्रस्त म्याग्दीका स्थानीय तहलाई अनुदान

नेपाल सरकारले विपद् सङ्कटग्रस्त म्याग्दीका छ वटा स्थानीय तहलाई पहिलो चरणमा रु दुई करोड ४० लाख अनुदान उपलब्ध गराएको छ ।
रासस ६५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १०, सोमबार (१ घण्टा अघि)
Post Thumbnail

म्याग्दी, ९ कात्तिक : नेपाल सरकारले विपद् सङ्कटग्रस्त म्याग्दीका छ वटा स्थानीय तहलाई पहिलो चरणमा रु दुई करोड ४० लाख अनुदान उपलब्ध गराएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले म्याग्दीका छ वटा स्थानीय तहलाई रु ४०/४० लाखका दरले अनुदान पठाएको हो । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहुनभएका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले विपद् ब्यवस्थापनको अत्यावश्यक काम गर्नका लागि सङ्घीय सरकारले प्राधिकरणमार्फत स्थानीय तहलाई अनुदान पठाएको जानकारी दिनुभयो ।

सरकारले गत असोज २२ गते बेनी नगरपालिका, अन्नपूर्ण, रघुगङ्गा, मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो । “विपद् सङ्कटग्रस्त पालिकालाई आधारभूत काम गर्नका लागि सरकारले अनुदान पठाउन थालेको छ”, प्रजिअ गैरेले भन्नुभयो, “पुनःनिर्माणका लागि स्थानीय तहले माग गरेका योजनाका लागि सरकारले कार्यविधिअनुसार बजेट उपलब्ध गराउनेछ ।”

गत असोज ८ देखि ११ गतेसम्मको निरन्तर वर्षापछि आएको बाढीपहिरोले म्याग्दीमा सात जनाको मृत्यु, दुई जना बेपत्ता हुनुका साथै सडक, निजी आवास, सिँचाइ, नदी नियन्त्रण, खानेपानी, विद्युत्, जलविद्युत्, सञ्चार, पदमार्गलगायत भौतिक पूर्वाधारको क्षेत्रमा ठूलो क्षति पुगेको छ ।

विपद्बाट घरवास गुमाएकाको लाभग्राही कायम गरी सरकारले उपलब्ध गराउने तीन महिने राहत प्याकेज वितरणको प्रक्रिया थालिएको प्रजिअ गैरेले बताउनुभयो । सरकारले तीन महिनासम्मका लागि अस्थायी बसोबासको व्यवस्थासहित रु १५ हजारका दरले राहत प्याकेज उपलब्ध गराउने उहाँले बताउनुभयो ।

पहिरोको जोखिममा रहेका बस्तीको अध्ययनका लागि भूवर्गविद्हरूको टोली यसै हप्ता म्याग्दीमा आउने पनि प्रशासनले जनाएको छ । जिल्लाभर १११ घर पूर्णरूपमा क्षति भई परिवार विस्थापित भएका छन् । ९३ घरमा आंशिक क्षति पुगेको छ भने तीन सय ४२ घर पहिरोको उच्च जोखिममा रहेका सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताउनुभयो ।

  • म्याग्दी
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    भक्तपुरका बाटोबाटोमा धान

  • विचार : डिजिटल सञ्जालले बदलिँदै हुम्लीको दैनिकी

    विचार : डिजिटल सञ्जालले बदलिँदै हुम्लीको दैनिकी

  • Post Thumbnail

    घोराही–तुलसीपुर सडकमा तिहारपछि ग्राबेल

  • Post Thumbnail

    कसले सुनिदिने किसानका पीडा ?

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ३१ गते शनिबार

    २०८३ असोज ३१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    सुनकोशीमा बेपत्ता तीनमध्ये दुई जनाको शव फेला

    Post Thumbnail

    विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

    Post Thumbnail

    बसको ठक्करबाट महिलाको मृत्यु

    Post Thumbnail

    विपद् सङ्कटग्रस्त म्याग्दीका स्थानीय तहलाई अनुदान

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution