Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १०, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
सर्लाही

कसले सुनिदिने किसानका पीडा ?

उन्नत ढङ्गले कृषि कर्म गर्न सकेमा रोजगारीका लागि विदेश जानुभन्दा आफ्नै माटोमा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ हरिवन नगरपालिका–४, सासापुरका महमद अकबर अन्सारी ।
रासस ८०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १०, सोमबार (१ घण्टा अघि)
Post Thumbnail

सर्लाही, ९ कात्तिकः उन्नत ढङ्गले कृषि कर्म गर्न सकेमा रोजगारीका लागि विदेश जानुभन्दा आफ्नै माटोमा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ हरिवन नगरपालिका–४, सासापुरका महमद अकबर अन्सारी । वैदेशिक रोजगारीका लागि कतार र साउदी अरेबिया पुग्नु भएको अन्सारी अहिले आफ्नै गाउँमा व्यावसायिक गोलभेँडा खेती गरिरहनु भएको छ ।

पछिल्लो आठ वर्षदेखि व्यावसायिक रूपमा गोलभेँडा खेती गर्दै आउनु भएको उहाँले प्रशस्त आम्दानी पनि गरिरहनु भएको छ । उहाँले यस वर्ष पनि सात बिघा क्षेत्रफलमा गोलभेँडा लगाउनुभएको छ । अन्सारीको अनुभव केवल निर्वाहमुखी खेतीको कथा होइन । व्यावसायिक खेतीबाट मनग्य आम्दानी गरेको उहाँको दाबी छ ।

उहाँका अनुसार गते वर्ष १० बिघामा गोलभेँडा खेती गरेर रु ७५ लाखभन्दा बढीको उत्पादन लिनुभयो । त्यसबाट आफूले रु ५० लाखभन्दा बढी मुनाफा आर्जन गरी घरखर्चका साथै घरको तल्ला थप्नेदेखि र जग्गा जोड्न सफल भएको बताउनुभयो । अन्सारीको कथा एउटा महत्वपूर्ण प्रश्नको उत्तर पनि हो । यदि कृषि ज्ञान, बजार, प्रविधि, लगानी र व्यवस्थापनको उचित व्यवस्थापन भयो भने नेपालमै कृषिबाट सम्मानजनक आम्दानी गर्न सक्छन् ।

अर्का किसान बागमती नगरपालिका–११, का नीलकण्ठ देवकोटाले २५ बिगाहा क्षेत्रमा व्यावसायिक उखु खेती गर्नुभएको छ । उहाँले आफूसँग भएको बाहेक झण्डै २० बिगाहा बढी खेत भाडामा लिएर खेती गरिरहनु भएको छ । प्रविधिको प्रयोगबाट सहज रूपमा खेतीपाती गर्न सकिएको उहाँको भनाइ छ । त्यसबाट मनग्य आम्दानी पनि भइरहेको बताउनुभयो तर समयमा रासायनिक मलखाद र बीउबिजनको अभाव हुने गरेको उहाँको अनुभव छ ।

सर्लाहीमा भइरहेको कृषि कर्म र त्यसका अनुभवले नेपालको कृषि समस्यालाई चित्रित गरेको छ । एकातिर हरिवनका अन्सारी तथा बागमतीका देवकोटाको जस्तै सफलता कमै किसानहरूले पाएका छन् । बरहथवा नगरपालिका–५, हात्तीडण्डाका किसान मुकेश महतो अत्यधिक वर्षा र सस्तो बजार मूल्यका कारण हरियो तरकारी खेतीमा लागत समेत उठाउन मुस्किल परेको गुनासो गर्नुहुन्छ । हरियो तरकारी सञ्चिती गरेर राख्न नसकिने भएकाले मूल्य घटेको समयमा पनि लगानी पनि नउठ्ने मूल्यमा बेच्नुपरेको उहाँको भनाइ छ ।

बीउ, मल, विषादी, सिँचाइ, मजदुर, ढुवानी र अन्य खर्चको तुलनामा उत्पादित तरकारीको मूल्य नपाउँदा किसान मर्कामा परेको उहाँको दुःखेसो छ । कहिले तरकारीको मूल्य आकासिँदा उपभोक्ता महँगीको मारमा पर्ने गरेका छन् भने कहिले मूल्य घटेर किसानले उत्पादन गरेको तरकारी खेतबाट टिपेर बजारसम्म पु¥याउन समेत ऋण खोज्नुपर्ने बाध्यता छ ।

लालबन्दीको थोक तरकारी बजार क्षेत्र हरेक दिन–बिहान झिसमिसेदेखि नै किसान र व्यापारीले भरिभराउ देखिन्छ । यहाँबाट दैनिक करोडौँको तरकारी विभिन्न सहरका लागि रमाना हुन्छन् । विवरणअनुसार किसानले गोलभेँडा, बोडी, सिमी, फूलकोबी, बन्दा, लौका, भन्टा, करेला, काँक्रो, खोर्सानीलगायत विभिन्न तरकारी बिक्री गर्दै आएका छन् ।

लालबन्दी, हरिवन, बागमती, ईश्वरपुर, बरहथवा र चन्द्रनगरलगायत क्षेत्रका किसानका लागि तरकारी खेती आम्दानीको महत्वपूर्ण स्रोत बनेको छ । किसानले उत्पादन गरेको लगानीलाई सुनिश्चित गर्दै स्वचालित मूल्य प्रणाली लागू गरिए किसानको उत्पादनले राम्रो मूल्य पाउने किसानहरूको भनाइ छ । छिमेकी देश भारतबाट खुला सीमा हुँदै नेपाल भित्रने फलफूल र तरकारीका कारण स्थानीय उत्पादन सधँै चपेटामा पर्ने गरेको हरिवन नगरपालिका–४, का किसान मुखचन्द्र महतोले बताउनुहुन्छ । किसानले उत्पादन गरेको सामाग्रीले लागतमा भन्दा विचौलियाको तजबिजमा मूल्य पाउनु दुर्भाग्य पूर्ण रहेको उहाँको गुनासो छ ।

किसानले सबैभन्दा ठूलो जोखिम लिएर कृषि उत्पादन गरे पनि बजारमा मूल्य निर्धारण गर्ने शक्ति उसको हातमा हुँदैन । किसानले वर्ष दिन लगाएर उत्पादन गर्छन् तर, त्यसको लागतलाई आधार मानेर मूल्य निर्धारण हुँदैन । सधैँ सस्तोमा उखु बेचेर महङ्गोमा चिनी किनेर उपभोग किसानले गर्नुपर्छ । हरेक वर्ष खेतीको लागत बढिरहेको छ । मलखाद सरकारले दिँदैन, कालोबजारीसँग महङ्गोमा किन्नुपर्छ । त्यसमा वर्षौं उधारोमा बेच्नुपर्दा ठूलो नोक्सानी ब्यहोर्नु परेको यहाँका किसानको अनुभवले देखाउँछ ।

कृषि सुधारको अर्थ उत्पादन वृद्धि मात्र नभई किसानको आम्दानी स्थिर बनाउनु पनि हो । यसका लागि कृषि उपज उत्पादनसँगै चिस्यान भण्डारण, प्रशोधन, बजार सूचना, बीमा, सहकारी र मूल्य नीति विकास पनि गर्नुपर्छ । खाद्य सुरक्षा भनेको गोदाममा अन्न भण्डारण हुनुलाई मात्र मान्न सकिन्न । अन्न उत्पादन गर्ने किसान, उत्पादन गर्ने जमिन र उत्पादनलाई बजारसम्म पु¥याउने प्रणाली सुरक्षित भएमात्र खाद्य सुरक्षा सुरक्षित रहन्छ ।

पछिल्लो समय खेतीलाई कम प्रतिष्ठाको पेशा बनाएका कारण पनि किसानहरू विस्थापित बन्दै गएका छन् । कृषिबाट हुने आम्दानी अनिश्चित भएका कारण यस पेशा कम प्रतिष्ठाको विषय बनेको छ । फसलको उत्पादन लागत धेरै र मुनाफा कम हुँदा यस्तो भएको हुनसक्छ । मल, बीउ र सिँचाइ जस्ता आधारभूत आवश्यक र प्राविधिक साधनको उपलब्धता र मूल्यमा किसानले झेल्नु परेको समस्या पनि महत्वपूर्ण कारण बनेको छ । बजारको अस्थिर मूल्यका कारण ब्यहोर्नु परेको घाटा, कृषि भूमि खण्डीकरण भइरहेको कारण समेत यो पेशाप्रतिको दृष्टिकोण परिवर्तन हुँदै गएको हो ।

युवा पुस्ताले कृषिलाई आधुनिक व्यवसायका रूपमा भन्दा परम्परागत श्रमका रूपमा बढी बुझेका कारण कृषिमा उनीहरूको वितृष्णा बढ्दै गएको स्पष्ट छ । ‘उत्तम खेती, माध्यम ब्यापार र निकृष्ट जागिर’ यो नेपाली समाजमा केही दशक पहिलासम्म निकै चर्चित कथन थियो तर, अहिले यो कथन व्यवहारतः विलुप्त जस्तै भइसकेको छ । पुख्र्यौली पेशा छाडेर विदेशी भूमिमा सोही पेशाको लागि किन प्रोत्साहित गरियो ? आफ्नो देशमा यही पेशा निकृष्ट अनि कृषि क्षेत्रमा काम गर्न कोरिया, जापान, इजरायल जान किन तयार छन् युवा ? विदेशमा पुगेर आफ्ना सन्तानले खेतीपाती गरेको पशु खोरमा काम गरेको देख्दा यहाँ आमाबुबालाई किन कुनै पछुतो छैन् ? भन्ने प्रश्न अहिले पेचिलो बनेको छ । फरक यति हो, यहाँ हलो जोत्नु पर्ला भनेको सन्तानले विदेशमा ट्रयाक्टरले जोत्यो । प्रविधिसँग जोडियो । यहाँ पनि अब विस्तारै कृषि, पशुपालनमा प्रविधिको विकास हुन थालेसँगै युवा विदेश पलायनलाई रोक्न ठोस प्रयासको खाँचो भएको छ ।

सामाजिक धारणा, कृषि क्षेत्रमा लगानी, अनुसन्धान, प्रविधि र बजार व्यवस्थापनबीच पर्याप्त समन्वय हुन नसकेका कारण कृषिप्रतिको दृष्टिकोण ओझेलमा परेको विज्ञहरूको धारणा छ । नेपाली समाजको जीवनशैली, संस्कृति र अर्थतन्त्रको आधारमा कृषि जोडिएको छ तर कृषिप्रधान भनिएको यही देशमा खेतीपाती कम्जोर र दुर्जनले गर्ने पेशाका रूपमा चित्रण हुँदै गयो । कृषि पेशा पुस्तान्तरण गर्न नखोज्दा र परम्परागतबाट व्यावसायिकतातर्फ लैजान नसक्दा कृषि क्षेत्र उपेक्षामा पर्दै गएको जानकारहरू बताउँछन् ।

  • सर्लाही
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • गणतन्त्रपछिका उपलब्धिलाई नयाँ पुस्ताले सम्मान गर्नुपर्छः मुख्यमन्त्री शाही

    गणतन्त्रपछिका उपलब्धिलाई नयाँ पुस्ताले सम्मान गर्नुपर्छः मुख्यमन्त्री शाही

  • आलेखःकुहिरोको घुम्टोमा मानुङकोट

    आलेखःकुहिरोको घुम्टोमा मानुङकोट

  • बबरमहलको आकाशे पुल यसै हप्तादेखि सञ्चालनमा आउने

    बबरमहलको आकाशे पुल यसै हप्तादेखि सञ्चालनमा आउने

  • Post Thumbnail

    कर्णालीवासीको दसैँ : ‘टाढिएका आफन्तसँग भेट्नुको मज्जा अर्कै हुँदोरहेछ’

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ३१ गते शनिबार

    २०८३ असोज ३१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह

    सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह

    Post Thumbnail

    कांग्रेसले गुमेको विश्वास फर्काउन घरदैलोमा जानुपर्छ : सभापति थापा

    Post Thumbnail

    कसले सुनिदिने किसानका पीडा ?

    सभामुख अर्यालसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको भेट

    सभामुख अर्यालसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको भेट

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution