Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १०, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
दाङ

घोराही–तुलसीपुर सडकमा तिहारपछि ग्राबेल

घोराही–तुलसीपुर चार लेन सडकमा तिहार लगतै ग्राबेल गर्ने तयारी गरिएको छ । निर्माण कम्पनी श्री दिवा–बन्दना भगवती जेभिका इञ्जिनियर सुनिल ढुङ्गानाका अनुसार अहिले वाल र नाली निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।
रासस ७०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १०, सोमबार (१ घण्टा अघि)
Post Thumbnail

दाङ, ९ कात्तिक : घोराही–तुलसीपुर चार लेन सडकमा तिहार लगतै ग्राबेल गर्ने तयारी गरिएको छ । निर्माण कम्पनी श्री दिवा–बन्दना भगवती जेभिका इञ्जिनियर सुनिल ढुङ्गानाका अनुसार अहिले वाल र नाली निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

हाल सोही सडकमा १६ प्रतिशत भौतिक प्रगति भएको छ, भने १५ प्रतिशत आर्थिक प्रगति भएको प्राविधिक ढुङ्गानाले बताउनुभयो । रु ४० करोड बराबरको काम पूरा भएको उहाँको भनाइ छ । “अहिले स्टकचरको काम भइरहेको छ”, उहाँले भन्नुभयो, “त्यो तिहारसम्म सकिन्छ, अनि ग्राबेलको काम हुन्छ ।” करिब १८ किलोमिटर पर्खालको काम पूरा भइसकेको छ, भने नालीको काम अन्तिम चरणमा पुगिसकेको छ । त्योसँगै ग्राबेलको काम सुरु हुने प्राविधिक ढुङ्गानाको भनाइ छ ।

लामो समयदेखि अलपत्र रहेको उक्त सडक पुनः ठेक्का लगाएर हाल काम सुरु भएको हो । विसं २०८२ असारमा सम्झौता भइ निर्माण कम्पनीले काम गरिरहेको छ । त्योभन्दा अघि पाँच वर्षसम्म त्यो सडक अलपत्र अवस्थामा थियो ।

जसका कारण नागरिकमा गुनासो थियो । अहिले पनि काम रोकिना साथ नागरिकमा शङ्का उत्पन्न हुने गर्छ । अहिले काम नरोकिएको सडक डिभिजन कार्यालय दाङका प्रमुख दीपेन्द्र विष्टले बताउनुभयो ।

उहाँले दशैमा सबै कामदार घर अबको एक÷दुई दिनमा नै काम सुरु हुनेछ । सबै मजदुर कामका लागि आउन थालिसकेका छन् । घोराहीको डिके पेट्रोलपम्पदेखि तुलसीपुरको हातीखौवासम्म २१ किलोमिटर ५८ मिटर सडक चारलेन हुनेछ । जुन सडकको बीचबीचमा मेडिएन र दुवैतर्फ दुई÷दुई लेनको हुने उहाँले बताउनुभयो । जसमा बजार क्षेत्रमा फुटपाथसहितको चार लेन हुनेछ भने अन्य स्थानमा चार लेन मात्रै हुनेछ । सडक सुधार आयोजनाअन्तर्गत मदन भण्डारी सडकमार्ग परियोजनाले ठेक्का सम्झौता गरेर कामअघि बढाएको हो ।

जुन सडक निर्माण अनुगमनको जिम्मा सडक डिभिजन कार्यालय दाङले पाएको छ । सोही सडकको चौडाई ३० मिटर हुनेछ । सडक अस्फाल्ड प्रविधिबाट कालोपत्रे हुनेछ । जसमा ढुङ्गा, गिट्टी र बिटुमिन तार मिसाएर कालोपत्रे गरिनेछ ।

सम्झौता भएको मितिले ३६ महिनामा काम सक्ने गरी सम्झौता भएको छ । विसं २०८२ असार २४ मा भ्याटबाहेक रु दुई अर्ब २४ करोड ५६ लाखमा सडक चार लेनको काम भएको हो । सडक २०८५ असारभित्रै सक्नुपर्नेछ । सोहीअनुसार काम पूरा हुने निर्माण कम्पनीका प्राविधिक ढुङ्गानाले बताउनुभयो ।

सडक चार लेन बनाउनका लागि यसअघिको निर्माण कम्पनीले काम नगरेपछि ठेक्का रद्द गरिएको थियो । ठेक्का रद्द भएपछि २०८१ साउनदेखि नै प्रक्रिया सुरु गरिएको हो । तत्कालीन अवस्थामा अर्थ मन्त्रालयको स्रोत सहमति तथा राष्ट्रिय योजना आयोगको निर्णयानुसार रु तीन करोड ९९ लाख ४९ हजारको बहुवर्षीय ठेक्का गर्ने सहमति भएको थियो ।

सोहीअनुसार मदन भण्डारी राजमार्ग निर्देशनालयबाट लागत अनुमानका काम भएर फागुन १ गते बोलपत्र आह्वान भएको थियो । उक्त सडकबीचमा पर्ने सेवार खोला, हापुर खोला, ग्वारखोला र कालाखोलामा चार लेनको पुल निर्माणका लागि प्रक्रियाअघि बढिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    भक्तपुरका बाटोबाटोमा धान

  • विचार : डिजिटल सञ्जालले बदलिँदै हुम्लीको दैनिकी

    विचार : डिजिटल सञ्जालले बदलिँदै हुम्लीको दैनिकी

  • Post Thumbnail

    कसले सुनिदिने किसानका पीडा ?

  • गणतन्त्रपछिका उपलब्धिलाई नयाँ पुस्ताले सम्मान गर्नुपर्छः मुख्यमन्त्री शाही

    गणतन्त्रपछिका उपलब्धिलाई नयाँ पुस्ताले सम्मान गर्नुपर्छः मुख्यमन्त्री शाही

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ३१ गते शनिबार

    २०८३ असोज ३१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    भक्तपुरका बाटोबाटोमा धान

    विचार : डिजिटल सञ्जालले बदलिँदै हुम्लीको दैनिकी

    विचार : डिजिटल सञ्जालले बदलिँदै हुम्लीको दैनिकी

    Post Thumbnail

    अटो दुर्घटनामा छ जना घाइते, एकको अवस्था गम्भीर

    Post Thumbnail

    बागमती प्रदेश समस्याग्रस्त सहकारी समितिको कार्यालयमा जनशक्ति अभाव

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution