Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १०, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
गण्डकी

बाराहीघाटमा दसैँको मैझारो

उसै त शरद यामको घमाइलो दिन । त्यहीँमाथि दसैँको उल्लास । कोही लिङ्गे पिङमा मच्चिरहेका थिए त कोही चर्खे पिङमा ।
रासस ६०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १०, सोमबार (१ घण्टा अघि)
Post Thumbnail

गण्डकी, ९ कात्तिक : उसै त शरद यामको घमाइलो दिन । त्यहीँमाथि दसैँको उल्लास । कोही लिङ्गे पिङमा मच्चिरहेका थिए त कोही चर्खे पिङमा । दसैँको अन्तिम दिन आइतबार कोजाग्रत पूर्णिमामा पोखरा, फेवा किनारस्थित बाराहीघाटको दृश्य बेग्लै थियो ।

रातो टीका र जमरामा सजिएका विदेशी पर्यटक नेपाली संस्कृति र खानपानमा रमाइरहेका देखिन्थे । मालश्री धुन र मौलिक बाजाको तालले पर्वमय माहोलको छनक दिन्थ्यो ।

महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) द्वारा आयोजित ‘दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव’ ले बाराहीघाट आइतबार दिनभर जसो उत्सविलो बन्यो । नेपाली संस्कृति र पर्यटनलाई जोड्ने गरी मञ्चले पहिलोपटक आयोजना गरेको उक्त महोत्सवसँगै दसैँको मैझारो भयो । ‘टीका, जमरा र चङ्गा चेट, पोखरामा पर्यटकसँग दसैँ भेट’ भन्ने आदर्श वाक्यसहित आयोजना गरिएको महोत्सवमा विदेशी पर्यटकले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलगायतको हातबाट टीका र जमारा लगाएका थिए ।

पोखरा घुम्न आएका पर्यटकले नेपाली पर्व दसैँको अनुभव बटुले । नेपाली परिकारको स्वाद लिए । एकापसमा रमाए । नेपाली संस्कृतिबारे सुने÷पढेका विदेशी पर्यटक मौलिक सांस्कृतिक पर्वमा प्रत्यक्ष सामेल हुन पाएकामा खुसी थिए । महिला समूहले बनाएका सेल रोटीलगायत परिकार चाख मानेर खाइरहेका थिए ।

महोत्सवमा विभिन्न महिला समूहद्वारा उत्पादित कृषि उपज र खानाका परिकार बिक्रीका लागि राखियो । दसैँको सांस्कृतिक र पारिवारिक माहोललाई पर्यटनसँग जोड्ने उद्देश्यले महोत्सव आयोजना गरिएको महोत्सवका संयोजक उमा भण्डारीले बताउनुभयो । दसैँलाई पारिवारिक पर्वमा मात्र सीमित नराखी विदेशी पर्यटकलाईसमेत नेपाली संस्कृति, परम्परा, खानपान र जीवनशैलीसँग प्रत्यक्ष जोड्ने अवसरका रूपमा यो महोत्सव लिनुपर्ने उहाँको भनाइ छ ।

महोत्सवमा विदेशी पर्यटकलाई नेपाली संस्कृति, परम्परा र खानपान चिनाउनुका साथै विभिन्न जातजाति र समुदायका मौलिक सांस्कृतिक प्रस्तुति देखाइएको थियो । महोत्सवमा विभिन्न पर्यटनसम्बद्ध सङ्घसंस्था, आमा समूह, स्थानीय समुदाय, सांस्कृतिक समूहलगायतको सहभागिता रहेको थियो । महोत्सवमा कबड्डी खेल समेत आयोजना गरियो । महोत्सवस्थलमा नेपाली मौलिक खानाका परिकार, कला–संस्कृति, परम्परागत सामग्री, स्थानीय उत्पादन तथा पर्यटन सम्बद्ध व्यावसायिक गतिविधिलाई समेटिएको थियो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नेपालको मौलिक संस्कृति पनि पर्यटनको महत्वपूर्ण हिस्सा भएको बताउनुभयो । कोजाग्रत पूर्णिमामा विदेशी पर्यटकसँग दसैँ मनाउने चलन बसाल्न महोत्सवलाई निरन्तरता दिनुपर्ने उहाँको भनाइ छ । उहाँले यस्ता मेला, महोत्सव पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने धारणा राख्नुभयो । नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले महोत्सवले पोखराको पर्यटनलाई संस्कृतिसँग जोडेको बताउनुभयो । उहाँले दसैँ गन्तव्यका रुपमा पोखराको पर्यटन तथा सांस्कृतिक महोत्सवलाई स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले दसैँ जस्ता ठूला चाडपर्वलाई पर्यटनसँग जोड्नुपर्ने बताउनुभयो । पोखरा भ्रमण आउने विदेशी पर्यटकलाई यहाँको प्राकृतिक सोन्दर्य मात्र नभएर संस्कृतिको अनुभव पनि दिलाउनुपर्ने उहाँको भनाइ छ ।

दसैँको सांस्कृतिक पक्षलाई विदेशी पर्यटकमाझ चिनाउन र नेपाली चाडपर्वलाई पर्यटनसँग जोड्ने उद्देश्यले महोत्सव आयोजना गरिएको मञ्चका अध्यक्ष ममता न्यौपानेले बताउनुभयो । उहाँले आगामी वर्षमा पनि महोत्सवलाई निरन्तरता दिइने बताउनुभयो ।

  • गण्डकी
  • बारा
  • प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • Post Thumbnail

    ‘पैसेरु’ नाचलाई जोगाउन कुटीचौरवासी सक्रिय

  • अर्घाखाँचीको मौलिक पहिचान सराये नाच

    अर्घाखाँचीको मौलिक पहिचान सराये नाच

  • मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

    मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

  • पोखरामा पर्यटकीय चहलपहल बढ्यो

    पोखरामा पर्यटकीय चहलपहल बढ्यो

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ३१ गते शनिबार

    २०८३ असोज ३१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    अटो दुर्घटनामा छ जना घाइते, एकको अवस्था गम्भीर

    Post Thumbnail

    बागमती प्रदेश समस्याग्रस्त सहकारी समितिको कार्यालयमा जनशक्ति अभाव

    Post Thumbnail

    सांस्कृतिक सङ्ग्रहालय भवनको निर्माण पूरा

    Post Thumbnail

    घोराही–तुलसीपुर सडकमा तिहारपछि ग्राबेल

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution