Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ८, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
ललितपुर

मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

पाटनमा मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न भएको छ । हरेक वर्ष दशैँको फूलपातीको दिन मानमानेश्वरी भवानीलाई आगमघरबाट मूलचोकमा विराजमान गराएपछि सुरु भएको यस जात्रा शनिबार त्रयोदशीका दिन धार्मिक विधि र परम्पराका साथ सम्पन्न भएको मानमानेश्वरी पायो जात्रा व्यवस्थापन समितिका अध्यक्ष साम्राज्यदेव श्रेष्ठले जानकारी दिनुभयो ।
रासस ५२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ९, आईतबार (१ घण्टा अघि)
मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

ललितपुर, ८ कात्तिक : पाटनमा मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न भएको छ । हरेक वर्ष दशैँको फूलपातीको दिन मानमानेश्वरी भवानीलाई आगमघरबाट मूलचोकमा विराजमान गराएपछि सुरु भएको यस जात्रा शनिबार त्रयोदशीका दिन धार्मिक विधि र परम्पराका साथ सम्पन्न भएको मानमानेश्वरी पायो जात्रा व्यवस्थापन समितिका अध्यक्ष साम्राज्यदेव श्रेष्ठले जानकारी दिनुभयो ।

“गौरवशाली इतिहास, मौलिक संस्कृति र जीवन्त परम्पराको प्रतीक मानमानेश्वरी भवानीको पायो जात्रा एक महत्वपूर्ण संस्कृति हो, आस्था, श्रद्धा र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक विरासतको अनुपम उत्सव हरेक वर्ष हर्षोउल्लासका साथ मनाइने प्रचलन छ, ललितपुरको ऐतिहासिक सांस्कृतिक परम्परासँग अभिन्न रूपमा जोडिएको यो जात्राले हाम्रो धार्मिक विश्वास, गुठी परम्परा र सामुदायिक एकतालाई जीवन्त राख्दै आएको छ”, अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

अध्यक्ष श्रेष्ठका अनुसार मानमानेश्वरी भवानीलाई लिच्छविकालीन समयदेखि नै शक्तिपीठ र राजकीय देवीका रूपमा पूजा गरिँदै आएको मानिन्छ । जात्राको मुख्य आकर्षण देवगण वा गुठियारहरूले हातहातमा खड्ग (तरवार) बोकेर परम्परागत पहिरन र मुकुण्डो लगाएर बाजागाजाका साथ सहर वा बस्ती परिक्रमा गर्नु हो ।

पायो (खड्ग) जात्रा ललितपुरको पाटन दरबार क्षेत्रसँग सम्बन्धित लिच्छवि, मल्ल र शाहकालीन संस्कृति बोकेको सबैभन्दा पुरानो परम्परागत जात्रा हो । नवमीका दिन महालक्ष्मीस्थानबाट थसिमलः पायो जात्रा सञ्चालन गरिएको थियो भने दशमीको साँझ मूलचोकबाट मंगलबजार चौबाटोमा श्री भवानी र श्री नवदुर्गाबीचको पावन मिलन गरी त्रयोदशीका दिन मानमानेश्वरी भवानीलाई मूल चोकबाट मुछेँ आगम घरमा पुनः विराजमान गराएपछि पायो जात्रा सम्पन्न भएको हो ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले भन्नुभयो, “यो केवल एउटा जात्रा मात्र होइन, हाम्रो पहिचान हो । हाम्रा पुर्खाको विरासत हो । यो हामीले हाम्रो भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने अमुल्य सांस्कृतिक सम्पत्ति हो । यस वर्ष जात्रा सञ्चालन सफलतापूर्वक सम्पन्न भएको छ, अर्को वर्षका लागि सहज बनाउन हामीले के गर्नु पर्छ, सरोकारवालाहरुको सुझावअनुसार गर्नुपर्ने त्यो सबै काम गर्छौँ ।”

उहाँले आर्थिक अभावका कारण समुदाय र समाजको जीवन्त इतिहास बोकेको ऐतिहासिक, पौराणिक जात्रा पर्वहरु सञ्चालनका लागि आर्थिक अभाव र कठिनाई हुन नदिन ललितपुर महानगरपालिकाले हरतरहले सहयोग उपलब्ध गराउने बताउनुभयो ।

  • ललितपुर
  • प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • पोखरामा पर्यटकीय चहलपहल बढ्यो

    पोखरामा पर्यटकीय चहलपहल बढ्यो

  • Post Thumbnail

    तामाङ सम्पदा र रुविभ्याली पदमार्ग खुला

  • Post Thumbnail

    पोखरामा कोजाग्रत पूर्णिमामा दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव

  • दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत

    दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ३१ गते शनिबार

    २०८३ असोज ३१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

    पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

    मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

    मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

    धान काटिँदै

    धान काटिँदै

    Post Thumbnail

    साहित्यकार तुलाधरलाई अभिनन्दन, महर्जनद्वयलाई विराट सुरत्न सिरपा पुरस्कार प्रदान

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution