Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ८, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
गण्डकी

पोखरामा पर्यटकीय चहलपहल बढ्यो

दसैँबिदाका कारण केही दिनयता पर्यटकीय राजधानी पोखरामा पर्यटकको आगमन बढेको छ । यतिबेला मुख्य पर्यटकीय याम पनि चलिरहेकाले पोखरामा पर्यटकको चहलपहल बढेको हो ।
रासस ९५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ८, शनिबार (१ घण्टा अघि)
पोखरामा पर्यटकीय चहलपहल बढ्यो

गण्डकी, ७ कात्तिकः दसैँबिदाका कारण केही दिनयता पर्यटकीय राजधानी पोखरामा पर्यटकको आगमन बढेको छ । यतिबेला मुख्य पर्यटकीय याम पनि चलिरहेकाले पोखरामा पर्यटकको चहलपहल बढेको हो ।

आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेपछि पोखराका होटलको ‘अकुपेन्सी’ ७५ प्रतिशतसम्म पुगेको होटल सङ्घ पोखराका अध्यक्ष अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो ।

“दसैँको भोलिपल्टदेखि नै पोखरामा पर्यटकको चहलपहल सुरू भएको छ, लामो बिदा परेकाले पर्यटक आगमन बढेको हो”, उहाँले भन्नुभयो, “पोखरा र आसपासका गन्तव्यस्थल घुम्नका लागि अहिलेको मौसम पनि अनुकूल छ ।”

अन्नपूर्ण क्षेत्रको पदयात्रामा जाने विदेशी पर्यटकले पनि केही दिन पोखरामा बिताउने हुँदा यस याममा विशेषगरी लेकसाइड क्षेत्रमा पर्यटकको आवतजावत बढी देखिन्छ ।

असोज र कात्तिकको समयलाई पदयात्राका लागि उपयुक्त मानिन्छ । पोखरा आउने विदेशी पर्यटकमध्ये करिब ४० प्रतिशत अन्नपूर्ण क्षेत्रको पदयात्रामा जाने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रविन कडरियाले बताउनुभयो ।

उहाँले दसैँ बिदालगत्तै पदयात्रामा जाने आन्तरिक पर्यटकको सङ्ख्या बढेको बताउनुभयो । “पदयात्राका लागि यो याम उत्तम मानिन्छ, दसैँ बिदा पनि परेकाले यो बेला धेरैले घुमफिरको योजना बनाइरहेका हुन्छन्”, उहाँले भन्नुभयो ।

अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायत गन्तव्यस्थल पर्छन् । कास्कीसहित पाँच जिल्लामा समेटिएको अन्नपूर्ण संरक्षण क्षेत्र पर्यटकको रोजाइमा पर्दै आएको छ ।

अन्नपूर्ण क्षेत्रका विभिन्न गन्तव्यस्थलमा पुग्ने अधिकांश पर्यटक पोखरा हुँदै जाने गरेका छन् । यो याममा पोखरालाई मात्र गन्तव्य बनाएर घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या पनि उल्लेख हुने गर्छ ।

  • कास्की
  • गण्डकी
  • मनाङ
  • मुस्ताङ
  • म्याग्दी
  • प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • Post Thumbnail

    तामाङ सम्पदा र रुविभ्याली पदमार्ग खुला

  • Post Thumbnail

    पोखरामा कोजाग्रत पूर्णिमामा दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव

  • दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत

    दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत

  • Post Thumbnail

    थापालाई विशिष्ट प्रतिभा सम्मान, रानाहँछालाई प्रतिभा पुरस्कार

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ३१ गते शनिबार

    २०८३ असोज ३१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    साहित्यकार तुलाधरलाई अभिनन्दन, महर्जनद्वयलाई विराट सुरत्न सिरपा पुरस्कार प्रदान

    Post Thumbnail

    बडा दसैँको अन्तिम दिनः धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

    पोखरामा पर्यटकीय चहलपहल बढ्यो

    पोखरामा पर्यटकीय चहलपहल बढ्यो

    Post Thumbnail

    तामाङ सम्पदा र रुविभ्याली पदमार्ग खुला

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution