Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १०, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
हुम्ला

सांस्कृतिक सङ्ग्रहालय भवनको निर्माण पूरा

अदानचुली गाउँपालिकामा सांस्कृतिक सङ्ग्रहालयको भवन निर्माण पूरा भएको छ । झण्डै छ वर्षपछि उक्त भवनको काम पूरा भएको गाउँपालिकाले जनाएको छ ।
रासस ८०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १०, सोमबार (१ घण्टा अघि)
Post Thumbnail

हुम्ला, ९ कात्तिक : अदानचुली गाउँपालिकामा सांस्कृतिक सङ्ग्रहालयको भवन निर्माण पूरा भएको छ । झण्डै छ वर्षपछि उक्त भवनको काम पूरा भएको गाउँपालिकाले जनाएको छ ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले आज उक्त नवनिर्मित भवनको उद्घाटन गर्नुभयो । अदानचुली गाउँपालिकाको करिब रु ३० लाख लगानीमा उक्त भवन निर्माण सम्पन्न भएको हो । स्थानीय कला, संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षण गर्ने उद्देश्यले भवन निर्माण गरिएको हो ।

भवनको उद्घाटनसँगै स्थानीयवासीमा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन हुने अपेक्षा गरिएको सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण समितिका अध्यक्ष राजबहादुर दानीले बताउनुभयो ।

भवन उद्घाटन समारोहमा मुख्यमन्त्री शाहीले अदानचुली गाउँपालिकाको विकासका लागि आवश्यक बजेट व्यवस्थापन गर्न प्रदेश सरकार सकारात्मक रहेको बताउनुभयो ।

कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री शाहीले अदानचुली गाउँपालिकामा जनताको अपेक्षाअनुसार काममा ढिलाइ भइरहेको बताउनुभयो ।

भौगोलिक विकटताका कारण विकास निर्माणमा केही ढिलाइ हुन गएको पालिकाले जनाएको छ । सांस्कृतिक सङ्ग्रहालय भवनको उद्घाटनसँगै यहाँको मौलिक संस्कृति र परम्पराको संरक्षणमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।

  • हुम्ला
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    बागमती प्रदेश समस्याग्रस्त सहकारी समितिको कार्यालयमा जनशक्ति अभाव

  • लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार हो : मन्त्री रावल

    लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार हो : मन्त्री रावल

  • डीएनए परीक्षण कीट र एक करोड सरकारलाई हस्तान्तरण

    डीएनए परीक्षण कीट र एक करोड सरकारलाई हस्तान्तरण

  • सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह

    सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ३१ गते शनिबार

    २०८३ असोज ३१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    भक्तपुरका बाटोबाटोमा धान

    विचार : डिजिटल सञ्जालले बदलिँदै हुम्लीको दैनिकी

    विचार : डिजिटल सञ्जालले बदलिँदै हुम्लीको दैनिकी

    Post Thumbnail

    अटो दुर्घटनामा छ जना घाइते, एकको अवस्था गम्भीर

    Post Thumbnail

    बागमती प्रदेश समस्याग्रस्त सहकारी समितिको कार्यालयमा जनशक्ति अभाव

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution